धरानको वामपन्थी गढ तोड्न २०१५ सालमा सफल चन्द्रप्रसाद श्रेष्ठ

वि.सं. २०३३ साल सम्मको अवधिमा चन्द्रप्रसाद श्रेष्ठले प्रजातन्त्रवादी शिक्षकहरुलाई गोलबद्ध बनाउने काम गर्नुभयो । प्रशासनले उहाँलाई अनेकौ धम्की र त्रास देखायो तर त्यसको कुनै वास्ता गर्नुभएन । वि.सं. २०३५÷०३६ सालमा शिक्षकहरुले पेशागत सुरक्षा र सुविधाको माग राखी हेटौडाबाट आन्दोल शुरु गरे । आन्दोलनमा प्रजातन्त्रवादी र वामपन्थी शिक्षकहरुको सहभागिता रहेको थियो ।
शिक्षकहरुको आनेलनले देशव्यापी रुप लियो । आन्दोलनले देशव्यापी रुप लिनुमा विद्यार्थी आन्दोलन पनि एउटा प्रमुख कारण थियो । २०३५ सालमा पाकिस्तानमा प्रजातन्त्रवादी नेता भुट्टोलाई फाँसी दिएपछि विद्यार्थीहरुले त्यसको विरोधमा पाकिस्तानी राजदुतावास घेराउ गर्न जाँदा प्रहरीले निर्मतापूर्वक लाठी चार्ज गरेपछि विद्यार्थीको आन्दोलन समेत देशव्यापी बन्न पुगेको थियो । एकातिर शिक्षक आान्दोलन अर्का्तिर विद्यार्थी आन्दोलन त्यसबेला मुलुक राजनीति अस्तव्यस्त बन्न पुगेको थियो । शिक्षक आन्दोलनमा अधिराज्य व्यापी रुपमा शिक्षकहरुको धपकड, निर्मम यातना जस्ता कारणले वि.सं. २०३६ सालमा जनमत संग्रहको घोषणा भएको थियो ।
वि.सं. २०३५÷०३६ को शिक्षक आन्दोलनले राष्ट्रव्यापी रुप लिँदै जाँदा झापाको भद्रपुर, मोरङ्गको विराटनगर, धनुषाको जनकपुर, पाल्पा र काठमाण्डौमा भएको राष्ट्रियशिक्षक संगठनको भेलामा सुनसरी जिल्लाबाट चन्द्रप्रसाद श्रेष्ठलाई ती ठाउँमा प्रतिनिधित्व गर्न पठाइएको थियो । त्यसबेला मुलुकभरिका शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध थिए । जसको नेतृतव बद्रीप्रसाद खतिवडाले गर्नुभएको थियो । खतिवडा वामपन्थी विचारबाट प्रभावित हुनुहुन्थ्यो । उहालाई प्रहरीले गिराÏतार गरी वीरगञ्ज जेलमा पठायो । शिक्षक आन्दोलनका अग्रणी तथा नेपाल राष्ट्रिय शिषक संगठनको अध्यक्ष समेत रहेका खतिवडाले वीरगञ्ज जेलमा बस्दा एउटा लेख लेखी राजधानीबाट प्रकाशित एक साप्ताहिकमा छाप्नुभयो । जुन लेख बीपी कोइरालाका विरुद्धमा लक्षित थियो । उक्त लेख चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) ले समेत पढ्नु भयो । बीपी कोइरालाप्रति आक्षेप लगाएर लेखिएको उक्त लेख पढेपछि श्रेष्र्ठ आक्रोसित बन्नुभयोे ।
लगत्तै जनकपुर शिक्षक अधिवेशनमा जिल्ला जिल्लाको शिक्षक आन्दोलनको रिपोटिङ्गमा मोरङ्गपछि उहाँको बाल्ने पालो आयो । उहाँले अध्यक्ष खतिवडाले लेखेको उक्त लेखको कटाक्ष गर्दै भन्नुभयो अध्यक्ष खतिवडाले साप्ताहिक पत्रिकामा लेखेको उक्त लेखको उद्देश्य के हो ? यस्ता लेखले शिक्षक आन्दोलनलाई बल पुग्छ कि तोड्छ ? उहाँले तीन चार वटा प्रश्न गर्नासाथ अधिवेशन हलबाटै तत्काल अध्यक्ष खतिवडाले राजीनामा दिनुपर्ने आवाज उठ्यो । अन्तमा अध्यक्ष खतिवडाले माफी माग्दै आइन्दा आफूबाट त्यस्तो गल्ति नहुने बचन बद्धता गर्नुपरेको थियो । यता जनकपुर अधिवेशन चलिरहेको थियो सोही समयमा गिरिजाप्रसाद कोइराला सिन्धुलीको भ्रमण गरी जनकपुर पुग्नुभएको थियो । कोइरालालाई भेट्न प्रजातन्त्रवादी शिक्षकहरु उहाँकोमा पुगे । कोइरालाले आफूसँग भेट्न आएका शिक्षकहरुलाई पार्टीको विचार मिल्ने गरी छुट्टै संगठन बनाउन सल्लाह दिनुभएको चन्द्रप्रसाद श्रेष्ठको स्मरणमा ताजै छ । लगत्तै विराटनगरमा भएको पूर्वाञ्चलका शिक्षकहरुको भेलामा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले आन्दोलन दबाउन निर्देशन दिएपछि प्रहरीले लाठी, गोली बर्सायो । दर्जनै शिक्षकहरुलाई जेल चलान गरी आतंकित बनाइयो । त्यस्तो अवस्थामा समेत सुनसरीका शिक्षकहरुको आन्दोलनले उग्ररुप लियो । उक्त आन्दोलनको नेतृत्व चन्द्रसरले नै गर्नुभएको थियो । जस्तोसुकै धाक, धम्की, त्रास देखाएपनि आन्दोलन नरोकिएपछि प्रशासनले चन्द्र सरलाई नै गिराÏतार गर्ने प्रयास ग¥यो ।
तर प्रशासनको उक्त प्रसास सफल हुन सकेन । उहाँलाई प्रशासनको गिराÏतारीबाट जोगाउन धरान वडा नं. १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विद्यार्थीहरु अगाडि उभिए । आज उहाँलाई गिराÏतार हुनबाट जोगाउने विद्यार्थीहरु देशका महत्वपूर्ण जिम्मेबारी पदमा रहनु भएको छ । आन्दोलनको दौैरानको क्रममा केही शिक्षकहरुले आन्दोलनको विरुद्धमा अर्थात प्रशासनसँग मिलेर काम गरेका थिए उनीहरुले पछि आफ्नो गल्ति महसुस गरी घरमै आई माटो उठाई अब उप्रान्त त्यो नगर्ने कसम खाएका थिए । चाहे जनमत संग्रह होस चाहे २०४२ सालको सत्याग्रह होस् या २०४६ सालको जन आन्दोलन होस् चन्द्रप्रसाद श्रेष्ठको सदैव नेतृत्वदायी भूमिका रहयो ।
वि.सं. २०४६ सालको सफल जन आन्दोलन पश्चात नेपाली काँग्रेसको सुनसरी जिल्ला सभापति रामबहादुर बस्नेतको घरमा चन्द्र सरले सनुसरीका प्रजातन्त्रवादी शिक्षकहरुको वृहत भेला डाक्नुभयो । भेलाको उद्देश्य थियो नेपाली काँग्रेससँग आवद्ध शिक्षकहरुको छुट्टै संगठन बनाउने । तत्कालीन नेपाली काँग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रवादी शिक्षकहरुको छुट्टै भेला गरी सगठन बनाउन निर्देशन दिए बमोजिम उहाँले त्यसरी छुट्टै भेला बोलाउनु भएको थियो । उहाँकै पहलमा उक्त भेलाले नेपाल शिक्षक संघको विधिवत गठन ग¥यो । नेपाल शिक्षक संघ सुनसरी गठन गर्ने निर्णय पश्चात त्यसको नेतृत्वको सवाल उठ्यो । भेला भएका सम्पूर्ण शिक्षकहले चन्द्र सरलाई नै संघको अध्यक्ष बन्न आग्रह गरे । पद र प्रतिष्ठा भन्दा सदैव पर रही आÏनो कर्तव्यमात्र निर्वाह गर्ने श्रेष्ठले आफू स्वयम् अध्यक्षमा बस्न रुचाउनु भएन । उहाँले शिक्षक सिसाम्बर झालाई अगाडि सार्नुभयो । चन्द्र सरले अगाडि सारेका सिसाम्बर झलाई भेलामा सहभागी शिक्षकहरु अस्विकार गर्ने कुरै थिएन । तर चन्द्र सरलाई अधिकांश शिक्षकले भने तपाई गणेशमान हुनुभयो । तर उहाँलाई त्यस भनाईले कुनै असर गरेन ।
वि.स. २०४२ साल मंसिर २९ गते भएको भेलामा प्रहरीले अत्यन्तै क्रुरता प्रदर्शन ग¥यो । त्यस आन्दोलनकै क्रममा एकजना सर्वसाधारण नागरिक गान्डीव श्रेष्ठलाई गोली लाग्यो र उनको मृत्यु भयो । छाताचौकमा प्रहरीले चन्द्र सरलाई समेत सांघातिक आक्रमण ग¥यो । प्रहरीको आक्रमणबाट जोगिएर चन्द्र र स्व. गणेशमान श्रेष्ठको घर आँगनमा लुकेर बस्नु भयो । तर प्रहरी त्यही पुग्यो । १०÷१२ जना प्रहरीले घेरा हाली लाठी प्रहार गरी रक्ताम्य पारी लडायो । मर्ने अवस्थामा पुगेको अनुमान गरेपछि प्रहरीले आफै गाडीमा हाली विराटनगर पु¥यायो त्यसबेला धराने जनताले अब चन्द सर म¥यो सम्म भने । त्यसपछि अर्थात त्यो घटना पश्चात पट्नाबाट प्रकाशित हुने नव भारत टाइम्स भन्ने पत्रिकाले चन्द्र श्रेष्ठ सरकोे अवस्था अत्यन्तै नाजुग छ भनेर लेखेछ । त्यो पत्रिका अहिलेपनि सुरक्षित रहेको छ चन्द्रसरसँग । त्यसबेलाको शिक्षक आन्दोलन शिक्षकहरुको हकहित, सुरक्षाको विषयलाई लिएर भएपनि त्सको भित्री उद्देश्य राजनति नै थियो। त्यही आन्दोलनले पञ्चायती व्यवस्थालाई धरासायी बनाउन सघाएको थियो । पञ्चायत व्यवस्था कमजोर हुदै गएपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहाुर थापाले राजीनामा समेत गर्नुपरेको थियो । सूर्यबहादुर थापालाई जनता भन्थे नेपालमा दोसो जंगबहादुर आयो । थापा त्यतिसम्म डिक्टेटर भइसकेका थिए ।
वि.सं. २०३६को जनमत संग्रहले जनतालाई धेरै सचेत गराएको थियो । राजनैतिक दाउपपेच बुझ्ने अवस्थामा जनता पुगिसकेका थिए । यद्यपि जनमत संग्रहमा बहुदलको हार भएपनि त्यो नियोजित हार थियो । जित त बहुदलकै भएको थियो त्यसैको बलमा २०४६ सालको आन्दोलन सफल भएको थियो भन्दा दुईमत हुन सक्दैन । २०४६ साल भन्दा अगाडि उहाँहरु सुद्ध देश र जनताप्रति समर्पित भएर आन्दोलन गर्नुभएको थियो । घरको खाएर गोजीको पैसा खर्च गरेर पार्टी संगठनमा लागेका थिए । तर २०४६ साल पछिको अवस्था हेर्दा बडो दुःख लागेर आउने गरेको चन्द्र सरको कथन छ । उहाँ भन्नुहुन्छ त्यसपछिको राजनीति विकृत हुँदैगयो। २०५१÷०५२ सालमा आइपुग्दा त्यो विकृति प्रष्ट देखियो । छँदाखाँदाको बहुमतको सरकार गिराउने अवस्था देखा प¥यो । त्यसको परिणाम माओवादी जन्म भयो । साह«ा नेपालीले घोर दुःख पाए । त्यसको परिणाम आज हामीले भोगिरहेको चन्द्र सरको अनुभव छ ।
नेपाली काँगे्रसको जुन पवित्र उद्देश्य थियो, राजनीति थियो त्यो विकृत भयो । बीपीको भनाईलाई मान्ने हो भने नेपालको समस्या ठूलो र जटिल छैन । हरेक समस्याको समाधान एउटै छ । कुनै समस्या पर्दा एकमुठ्ठी माटो लिएर सोच्यौ भने एकै छिनमा समाधान हुन्छ । तर यहाँ नेपाली काँग्रेस बलियो पुरानो पार्टी भन्छौ तर जुन रुपमा नेपाली काँग्रेसले नेतृत्व गर्नुपर्ने थियो त्यो भएको छैन । यसमा चन्द्र सर बढो दुःखी देखिनु हुन्छ । उहाँ भन्नुहुन्छ, जुन समर्पित कार्यकर्ता थिए ती सबै पाखा लागेका छन् , पाखा लगाइएका छन् । पार्टीको लागि, पार्टीको विचार र देशका लागि समर्पित आज पार्टीमा छैनन् । जसको परिणाम आज देशले भोगिरहेको छ चन्द सरको कथन छ । बीपीले देखाएको बाटोमा हिडेमा अझै पनि हामीले हरेस खाने अवस्था
छैन । तर बीपीले देखाएको बाटो हामीले बिर्सियौ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको योगदानलाई आज कसैले स्मरणसम्म नगरेको चन्द्र सरको अनुभव छ ।
आज नेपाली काँग्रसभित्र जे जति कार्यकर्ता छन्, उनीहरु कोही पनि पार्टीको विचार सिद्धान्तमा हिड्न नसकेको र लोभीपापी भएर हिडेको कारण त्यसको परिणाम देश र जनताले भोग्नु परेको छ । देश कता जान्छ, के हुन्छ भनेर चन्द्र सर चिन्तित हुनुुहुन्छ । चन्द्रप्रसाद श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि आजीवन पु¥याउनु भएको अथक योगदान स्वरुप उहाँलाई प्रजातन्त्रसँग आवद्ध धेरै संगठनहरुले सम्मान समेत गरेका छन् । उदाहरणका लागि बीपी चिन्तन प्रतिष्ठान सुनसरी धरानले उहाँलाई २०६५ सालमा सम्मान गरेको छ । उहाँलाई प्रदान गरिएको अभिनन्दन पत्रमा भनिएको छ, तपाई श्री चन्द्रप्रसाद श्रेष्ठ धरान–१२ले मुलुकमा प्रजातन्त्रको बहाली तथा यसको रक्षाका लागि एक प्रजातन्त्र सेनानीको हैसियतले जुन योगदान दिनुभयो त्यसबाट यो राष्ट्रको शीर उच्च हुनुका साथै समस्त युवा पीडिलाई प्रेरणा प्रदान गरेको छ । निश्चय पनि तपाईले विगतमा शैक्षिक क्षेत्र र शिक्षक आन्दोलनका मध्यमबाट गर्नुभएको त्याग तपस्या अतुलनीय छ । तपाईको सहयोगले उक्त प्रजातन्त्रको उज्यालो भविष्य, सहीदहरुको सपना पूरा हुनेछ भन्ने हामीले विश्वास गरेका छौं ।
जब उहाँलाई पञ्चायती व्यवस्थाले दाग लगायो त्यसपछि उहाँ सामाजिक क्षेत्रमा लाग्नु भयो । २०२४ सालमा उहाँ बालिका विद्यालयमा अध्यापनको क्षेत्रमा लाग्नुभयो आधा जीवन नै उहाँको शिक्षक पेशामा बित्यो शिक्षण पेशामा लाग्दा उहाँलाई कहिल्यै हिनताबोध
भएन । शिक्षक पेशालाई जीवनको सबैभन्दा ठूलो उपलब्धी मान्नुहुन्छ चन्द्रसर । हरेक नागरिकले देशका लागि केही न केही गर्नपर्छ भन्ने भन्नुहुने चन्द्र सरले आफ्नो ज्ञान, सीप हजारौ विद्यार्थीलाई बाँड्नुभयो । शिक्षण पेशाबाट उहाँ पूर्ण सन्तुष्टि हुनुहुन्छ । उहाँले ३० बर्ष शिक्षण पेशा अँगाल्नु भयो । सामाजिक क्षेत्र वा शिक्षण पेशाबाट आफूलाई आत्मसन्तुष्टि दिएको चन्द्र सरको कथन छ । २०२५ सालमा आफूले पढाएका विद्यार्थीहरु यदा कदा उहाँलाई भेट्न जान्छन् । उहाँलाई सम्मान गर्छन् । उहाँले पढाएका विद्यार्थीहरु जो आज चिकित्सक,लेक्चर भएका छन् उनीहरुले घरैमा गएर सम्मान गर्छन । त्यसबेला उहाँ बडो भावविभोर हुने गर्नुभएको छ । उहाँले निस्वार्थ भावले गरेको सेवाकै परिणाम हो भन्ने उहाले बुझ्नुभएको छ ।
धार्मिक र सामाजिक संघ संस्थामा पनि चन्द्र सरको त्यतिकै ठूलो योगदान छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीको २०२८ सालमा संस्थापक सदस्य भएर काम गर्नुभयो । उहाँकै समयमा रेडक्रस सोसाइटीको भवन पनि बन्यो, एम्बुलेन्स सेवा समेत सञ्चालन भयो । रेडक्रस सोसाइटीले गत बर्ष आपतकालीन कोष खडा गर्दा उहाँले त्यो सबैभन्दा पवित्र संस्था हो, यसले कुनै जातधर्म, लिंगको भेदभाव गर्दैन भन्ने बुझेर १ करोडको अक्षय कोषमा १ लाख रुपैया प्रदान गर्नुभयो । धेरै साथीहरुले धन्यवाद दिए । उहाँलाई विशिष्ट सम्मनीय सदस्यको अफर पनि उहाँलाई गरियो । यसैगरी धरान–३ स्थित रहेको सरस्वती बाल अनाथाश्रमलाई, विराटचौक स्थित रहेको जीत अपांग आश्रम, मुलघाटस्थित विश्रान्ती आश्रम, पब्लिक हाइस्कुलले व्यवसायिक शिक्षा प्रदान गर्ने उद्देश्यले भवन निर्माणार्थ लगाएको
पुराणमा तुलादान, नारायण प्रसाद पोख्रेलको स्मृतिमा गठन गरिएको प्रतिष्ठानको आजीवन सदस्य बन्नुभयो । । काठमण्डौमा भएको प्रतिष्ठानको भेलामा चारधाम बनाउने (रामकोट भन्ने ठाउँ) मा ५१ हजार सहयोग प्रदान गर्नुभयो ।
हालसालै चतरामा गौशाला बनाउने कामका लागि, हनुमानजीको विशाल मूर्ति, अखण्ड किर्तन, धरानमा १८ पुराण लगाउने योजनामा पनि सहयोग पु¥याउनु भएको छ । त्यसको अलावा पूर्वाञ्चलमा भएका मठ मन्दिरहरुको प्रचारप्रसार र प्रवद्र्धनको लागि बनेको कमिटीलाई सहयोग प्रदान गर्नुभएको छ । राजनीतिबाट केही पृथक रही धार्मिक तथा सामाजिक कार्यमा उहाँ बढी सक्रिय रहनु भएको छ । यसको प्रमुख कारण उमेर पनि हो । प्रजातन्त्रमा अघात आस्था र विश्वास भएपनि अब राजनीतिमा देखिएको विकृतिका कारण उहाँ सामाजिक र धार्मिक क्षेत्रमा बढी सक्रिय हुनु थाल्नु भएको छ । (पुन प्रकाशित)

तपाईको प्रतिक्रिया