लिम्बुहरुको महान चाड उद्यौली पर्व चारदिन सम्म विविध कार्यक्रमको आयोजना गरी मंगलबार सम्पन्न भएको छ ।
चासोक को पहिलो दिन धरान–१४ स्थित विजयपुरमा रहेको हाङ्युक्ना दरबार परिक्रमा र पूजा गर्दै चासोक तङनामको विधिवत सुरुवात गरिएको थियो । उनीहरुले सोही धरान ८ स्थित रहेका े त्योअङ्सी सिरिजङ्गाको धरान ८ तिनकुनेमा रहेको शालिकमा माल्यापर्ण कार्यक्रम समेत सम्पन्न गरे ।
धरान १५ चुम्लुङ हिममा उनीहरुले चारदिन सम्म विविध कार्यक्रमको आयोजना गरेका हुन् । प्रकृति पुजक मानिएको लिम्बु जातिहरुको परम्पारगत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति सँगै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।.
लिम्बुहरुको पहिचानलाई जीवन्त राख्न आफ्नो संस्कृतिको जगेर्ना गर्दै मंसिर पूर्णिमा उद्यौली र वैसाख पूर्णिमा उभौलीका नामले चासोक तङनाम मनाउने गरिएको किरात याक्थुङ चुम्लुङ धरान उपमहानगरका अध्यक्ष सुवास हुक्पा चोङवाङले बताउनुभयो ।

