क्यान्सर उपचारका लागि विनय तारा र बीपी बीच सम्झौता

नेपालमा क्यान्सरका विरामीहरुले सहज रुपमा उपचार गर्न नसकिरहेको बेला अब भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा सहज हुने भएको छ ।
नेपालमै काठमाण्डौ र चितवनको भरतपुरमा मात्र सुविधा सम्पन्न क्यान्सर अस्पताल हुदा प्रदेश नं. १ का विरामीले धेरै सास्ती भोग्नु परिरहेको बेला सर्लसुलभ उपचारका लागि अमेरिकाको विनय तारा फाउन्डेशन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच सम्झौता (एमएयु) भएको छ । विगतमा बीपीमै अध्ययन गरेका दोस्रो व्याचका विद्यार्थी एवम् अमेरिकाको फिस हेल्थमा कार्यरत क्यान्सर विशेषज्ञ डा. विनय साह र श्रीमति तारा साहले मिलेर खोलेको विनय तारा फाउन्डेशन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचारमा सहजता ल्याउन आइतबार सम्झौता भएको हो ।
सम्झौतापश्चात विगतमा क्यान्सर्को शल्यक्रियाको सेवामात्र उपलब्ध हुदै आएको बीपीमा अब भने क्यान्सरका सम्पूर्ण उपचार सम्भव हुने भएको छ ।
सम्झौता पश्चात बोल्दै क्यान्सर विशेषज्ञ डा. विनय शाहले नेपालमा क्यान्सर विरामीहरुले सहज रुपमा उपचार गर्न नसकेको बताउनुभयो । उहाले यसैलाई मध्यनजर गरी जनकपुरमा फाउन्डेशनले २५ बेडको विनयतारा क्यान्सर अस्पताल खोलेको र केमोथेरापीको काम समेत शुरु भइसकेकोे बताउनु भयो । उहाले भविष्यमा नेपालमा ७ वटै प्रदेशमा एक÷एक वटा क्यान्सार उपचार केन्द्र खोल्ने समेत बताउनुभयो ।
सम्झौता पश्चात बोल्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले बीपीमै अध्ययनरत विद्यार्थीले अमेरिकामा बसेर बीपीको लागि सहयोग गरेको प्रति खुशी व्यक्त गर्नुभयो । उहाले विगतमा बीपीमा सामान्य उपचार हुने गरे पनि फाउन्डेशनसंग सम्झौता भएपछि बीपीमा क्यान्सरको सम्पूर्ण उपचार हुने विश्वास व्यक्त गर्नुभयोे ।
यस्तै प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले बीपीकै विद्यार्थीले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाले यो सम्झौताले बीपी क्यान्सरको उपचारका लागि प्रदेश नं. १ कै उपचार केन्द्र बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
अहिले विपीमा क्यान्सरको शल्यक्रिया भने हुदै आएको छ । अब सम्झौतापश्चात केमोथेरापी पनि बीपीमै हुने भएको हो । यी सम्पूर्ण सेवा एक बर्षभित्रमा पूरा गर्ने जनाइए पनि रेडियो थेरापीका सेवा भने दुई बर्ष लाग्ने जनाइएको छ । रेडिया थेरापी उपकरण खरिदमा ३० देखि ४० करोड लाग्ने भएकोले पनि समय लाग्ने बताइएको छ । भविष्यमा बीपीलाई बोनमेरो प्रत्यारोपण केन्द्रसम्म बनाउने उद्देश्य बीपीले लिएको छ ।

 

तपाईको प्रतिक्रिया