नेपाल सरकारद्वारा एयर स्पेशको स्वीकृति

धरान÷ प्रदेश नं.१ लाई साहसिक खेल पर्यटकीय स्थलको रुपमा परिचित गराउन यहाँका पर्यटन व्यवसायी लागी परेका समयमा नेपाल सरकारले प्याराग्लाईडिङ उडानका लागि हवाई खेलमैदान (एयर स्पेश) का लागि स्वीकृति दिएपछि पूर्वमा साहसिक खेल पर्यटन प्रवद्र्धनको सम्भावना अझै बढ्दै गएको छ । जसले गर्दा प्रदेश नम्बर १ को पर्यटन विकाशमा टेवा पुग्ने देखिएको छ ।
खेलकुद मन्त्रालय र नागरिक उड्यान प्राधिकरणले धरानसहित मोरङको उत्तरी पहाडी क्षेत्रलाई समेटेर प्याराग्लाइडिङको टेनिङ सेन्टर सञ्चालनको लागि हवाई खेलमैदान (एयर स्पेश)को स्वीकृति दिएको छ । प्याराग्लाइडिङको बिगिनर्स (सोलो पाइलट) कोर्षको प्रशिक्षण सहित धरान र आसपासको उपयुक्त डाँडाबाट व्यावसायिक(टेण्डम) पाइलटको कोर्ष पनि शुरु गर्न सकिने प्याग्लाइडर रामप्रसाद राई बताउनुहुन्छ ।
राष्टिूय खेलकुद परिषद अन्र्तगतको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ(नेफा)को पहलमा मन्त्रालय र प्राधिकरणबाट हवाई खेल मैदानको स्वीकृति मिलेको हो । मन्त्रालय र प्राधिकारणबाट पाएको एयर स्पेशले धरानको चिण्डे डाँडा आसपासदेखि मोरङको जेफालेसम्म छ । धरानबाट व्यावसायिक पाइलट तयार गर्न सकिने र पूर्वमा धेरै ठाउँमा
प्याराग्लाइडिङलाई व्यावसायिकरुपमा विस्तार गर्न मद्दत पुग्ने प्याराग्लाईडिङ प्रशिक्षक देशमणि जिमी बताउनुहुन्छ ।
प्याराग्लाईडिङका लागि एयर स्पेशको स्वीकृति पाएसँगै प्रदेश नम्बर १ कै आर्थिक समृद्धिका लागि टेवा पुग्ने विश्वास गरिएको छ । साहसिक खेलमा रमाउन चाहने पर्यटकहरुलाई प्रदेशमा भित्रयाउन प्रदेश सरकारको थप भूमिकाको आवश्यक रहेको छ ।

तपाईको प्रतिक्रिया