धरान÷ राज्यबाट मगर जति अझै उपेक्षत भएको मगर अगुवाहरुले बताएका छन्
नेपाल मगर संघ प्रदेश न. १ को ऐतिहासिक प्रथम भेलालाइ सम्बोधन गर्ने मगर अगुवाहरुले यस्तो बताएका हुन् ।
उनीहरुले राज्यको हरेक परिवर्तनमा मगरहरुको मह्त्वपूण भूमिका भएपनि राज्यले राज्यका हरेक निकायमा मगर जातिलाई स्थान नदिएको बताएका हुन् ।
धरान ८ लांगाली सामुदायिक भवनमा भएको प्रथम अधिवेशनका क्रममा मगर संघका केन्द्रीय कविराज मगरले नेपाली एकीकरणदेखि लिएर २००७ सालको तानाशाही राणाशासन, ०४६ सालको प्रजातन्त्र स्थापना तथा २०६२÷०६३ को जन आन्दोलना
मगरहरुको महत्वपूर्ण योगदान भएको भएपनि अहिले भने राज्यबाट उपेक्षित हुनुपरेको बताउनुभयो ।
यस्तै मगर अगुवा ढकबहादुर मगरले एकत्रित भएका मगरहरुलाई राजनीतिक दलको आवरणमा राज्यबाट फुटाउने काम गरेको आरोप लगाउनुभयो । उहाले पार्टीको आवरण भिराएर मगरलाई यो पार्टी र त्या पार्टीमा संलग्न गराई मगरका अस्तित्व नै समाप्त पार्ने खेलमा राज्य लागेका आरोप लगाउनुभयो ।
यस्तै लोकतान्त्रिक मगर संघका केन्द्रीय अध्यक्ष गणेश पिठाकोटी मगरले जुनसुकै पार्टीमा आवद्ध भए पनि मगरहरु अब मगरहरु एक जुट भएर जान आवश्यक भएको बताउनुभयो । उहाँले पछिल्लो समय मगर समुदायको अस्तित्व
राजनीतिक गुटबन्दीका कारण पनि समाप्त बन्दै गएको बताउनुभयो । उहाले अब मगरहरु यस्ता राजनीतिक
आवरणलाई छाडेर एक भए अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा ६ प्रतिशत मगर रहेको सो अवसरमा बताइएको थियो । उनीहरुले १८ लाख मगरको संख्यामध्ये ११ लाख युवाहरुले वैदेशिक रोजगार, आधुनिक रहनसकनका कारण आफ्नो भाषा र संस्कृति विर्सदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । उनीहरुले विगतदेखि नै मगरात क्षेत्र हुनुपर्ने माग गर्दै आएको गण्डकी, धौलागिरी, राप्ती र लुम्बिनी अञ्चलका क्षेत्रहरु मगरात घोषणा गर्न राज्यलाई दबाब दिन नछाड्ने बताएका थिए ।
नेपाल मगर संघकी केन्द्रीय सदस्य शारदा थापा मगरको सयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष कविराज मगरले भेलाको उद्घाटन गर्नुभएको थियो भने सञ्चालन तेजबहादुर् आले मगरले गर्नुभएको थियो । कार्यक्रममा मगर जातिका सांस्कृतिक नाच समेत प्रर्दशन गरिएको थियो ।
