छैन होला विचाराको
नेप्लिज जन्ताले सांसद र मन्त्री भनेसी फुट्या आँखाले नि देख्न छाडे वा † चुनाउका बेला रुन, रक्सी, मासु पैसा खाएर जिताई पठाए । अहिले चाहिँ फुट्या आँखाले देख्न नसकेर त भएन नि † अब हेरम न काठमाण्डौमा गोडा दुईएक तीनेक घर भा’का सांसदहरुले नि राज्यको ढुकुीबाट घर छैन भनेर खरखर्ती घर बहाल बुझ्दा रै’छन् । राज्यको ढुकुटीबाट लिएका हुन कसैको चोरी गरेर लिएका हैनन् क्यारे । फेरि ती गोडा दुइएक तीनेक घर तिन्कै हुन भन्ने के ग्यारेन्टी ? विचाराहरुले सम्पत्ति लुकाउन कम्ता मेहनत गर्नुप¥या छ ? जन्ताले देख्लान् अख्तियारले आँखा लगाउला, जोरीपारीले पोल खोल्देलान् भनेर रातको निन्द्रा र दिनको भोक नै माया मारेर माइतीले श्रीमतिलाई पेवा दिएको भन्दै श्रीमतिको नाममा राख्या छन् साला साली र ससुराली खलकका नाममा राख्या छन् । विचरा सासद र मन्त्रीको आÏनो नाममा घर सम्पत्ति कहाँ छ र ? आफ्नो नाममा घरै नभएसी घर वहालवापत रुपैये लिँदा किन डाहा गर्नु ?
झलु आक्रोसित
झालेमालेका नेता माने अकबरे ओठधारी झल्लाझलु हिजो आज अलि बढी नै ल्याङ ल्याङ गर्न थाल्या छन् । मनको वह कसैलाई नकह भन्छन् । झलु विचरालाई पर्धानमन्तरी खप्रओले वास्ता नै नगरेसी उनी आक्रोसित भएका रे । खप्रओ वाले क–कस्को वास्ता गर्नु ? वास्ता गर्नेलाई गरेकै छन् । झिनामसिनालाई वास्ता गरेर नि साध्ये नहुने । पर्धानमन्तरी जस्तो मान्छेले झिना मसिनाको वास्ता गरेर पनि साध्ये नहुने । मलाई वास्तै गरेन भनेर झलुले पार्टी फुटाएर हिड्ने् सम्मको घुर्की लगाका रै’छन् । अब यो पिण्ड खाने बेलामा विचराले त्यसो गर्नै सक्दैनन् भन्ने कुरा खप्रओलाई भँलिभाँति थाहा छ । फेरि झलुमा त्यत्रो ह्याउ पनि छैन । उही प्यार्रर्र प्यार्रर्र भुकिरहने मात्र हुन् । त्यसरी भुकेर खप्रओको कन्चट तताउनु भन्दा यसो फाइदाको वात गरे, खप्रओको प्रशंसा गरे केही झर्ला । नत्र केही खालो सर्ला जस्तो छैन है झलु बाजे ।
स्यालबहादुरको साहस
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुरले पार्टीका युवा नेता गनगने थापा र बृद्ध नेता रामचन्द्र बाजेको केन्द्रीय सदस्यबाट राजीनामा मागेछन् । स्यालबहादुरले गर्ने नै यही हो । पार्टीलाई आर्यघाटमा पु¥याएका स्यालबहादुरले ती दुईको राजीनामा नमागी त हुँदै भएन । जे गरे पनि खोचेँ थाप्या छ, यो भएन र त्यो भएन भनेर हुर्मत ल्या’छ । कसै गर्दा नि भकुण्डो उफ्रिए झै उफ्रिया छ उफ्रिया छ । बरु भकुण्डोको हावै खोल्देसी टन्टै साफ । नरहे बाँस न जे बाँसुरी । गएको महाधिवेशनमा रामचन्द्रे बाजे सभापतिमा र गनगने थापा महामन्त्रीमा लड्या थे । तर दुवै उत्तानो परेर बल्ड्याङ खाएर झोक्रेर बस्या बेला स्यालबहादुरले नै केन्द्रीय सदस्येमा मनोनित गर्दैका थे । जस्को खानु उसैको जुँगा मोल्नु त भएन पनि । अस्तिका दिन स्यालबहादुरलाई कहीँ नभएकको रिस उठेछ र दुवैको राजीनामा मागेछन् । हरेम अब गनगने र रामचन्द्रे बाजेले के गर्छन् ?
बुद्धि विग्रेको किस्ने
झापाली कृष्नेको बुद्धि बिग्रेको हो कि अझ सप्रेको हो हँ ? घण्टाघर बडो दोधारमा प¥या छ । पार्टीले हिन्दु धर्मको एजेन्डा लिएर हिड्नुपर्छ भनेर बहस भै’राबेला झापाली कृष्नेले अवरोध गर्न थाल्या छन् । कृष्नेले भन्या हिन्दु धर्मको एजेण्डा बोकेर हिड्ने कमल थापाको पार्टी दुब्लाएर किन मुसो जस्तो भा’ भनेर उल्टै पो प्रश्न गरेछन् । हिन्दु धर्मकै एजेण्डा बोकेर हिड्ने राजेन्द्र लिंगदेनसँग किस्नेले हा¥या हैन ? पहिला पनि किस्नेले काँग्रेस हराउन मुख्ये भूमिका खेलेकै हुन अब पनि काँग्रेसका लागि किस्ने भाइरस हुन पो भन्न थाले छ मान्छेहरु । पञ्चयतमा डकार्न सम्म डकारेर लाँग्रेस भएका किस्नेलेलाई काँग्रेस भाडमै गए पनि लुता न कन्याई । हिजोका दिनमा कहिले
भट्टराई गुट, कहिले गिर्जाउ गुटमा छिरेर राम्रै आर्जन ग¥या किस्ने यतिबेला आÏनै गुट चलाउन सक्ने भा’छन् । दुई चार जना लाउकेहरु जम्मा ग¥या छन्, रमाएका छन् । किस्ने प्रवृत्ति रहुन्ज्याल लाँग्रेस तंग्रेलाजस्तो छैन । कि कसो हौ ?
फेल भैसक्या रे †
खप्रओको सरकार पूर्ण रुपले फेल भैसक्यो रे । राप्रपका मुसे अध्येक्षे कमलाउले भन्या । सांसदमा बल्लतल्ल एक सिट जित्न सफल भएको कमलाउले त्यत्रो दुई तिहाइको पर्धानमन्तरीलाई
कसरी फेल भयो भनेर भन्न सक्या होला ? भन्न पाए भन्दैमा थुनुतोमा आए जति सबै भन्नु त भएन नि । यसो दायाँबायाँ ख्याल गरेर बोल्नुपर्छ । खप्रओले त्यत्रा त्यत्रा काम गर्नु भनेकै छन् । चइना र भारतबाट रेल ल्याउने, पानी जहाज चढेर कलकत्ता पुग्ने भनेकै छन् । कमलाउ पनि कामै नलाग्ने बेकामे हुन कि क्या हो ? निर्मलाका हत्यारा पत्ता लागेन, सिण्डिकेट खारेज गर्न सकेन भनेर सरकार फेल भयो भन्नु त सोह«ैआना गलत हो । पर्धानमन्तीले भर्खरै एक लाख डलरको पुरस्कार र देशमा शान्ति, सुव्यवस्था ग¥या भनेर पा’ हुन् । नग¥या भे किन दिन्थे ? कमलाउले खै कुरो बुझ्या ?
आधामात्र ल्या छन् रे
काठमाण्डौमा घर भएका, मन्त्री क्वार्टरमा पल्टि०एका मन्त्री, सांसदहरुले कम्मल ओढेर घर बहाल पावतको रकम बुझेको जन्ताले थाहा पाएसपी’ यतिबेला मन्त्री र सांसदहरु थुतुनो छोपेर मात्र हिड्या छैनन्, सफाइदिन नि निर्वस्त्र भएर लाग्या छन् । अस्तिका दिन अपाmूलार्य बडो आदर्शवादी हुँ भन्ने सुचने माने सुभाष चन्द्र नेम्बाङ्गले भने मैले त आधामात्र लिया छु, हाफ लिउन कि फूल लिउन लिन त लिया रै’छन् । काठमाण्डौको वाल्वाटाराँ घर भएका नेम्बाङ्गले आधा घर बालचाहिँ लिएका होलान् ? विधानमा राजधानीमा घर हुनेलाई घरवाहाल आधा दिने त भन्या छैन होला ? अफै धिान बनाउने अनि आफै विधानको धज्जी उडाउने सुचनेलाई बधाई त दिनैपर्छ । जेहोस् कमनिष्ठा भएकाहलई नै कम्निष्ट भन्थे हो रै’छ । वल्ला पत्याइयो ।
अध्यक्ष दिम रे
खाली खोपडी सैतानका वास भन्थे हो रै’छ । अब हेरम न बर्दियाबाट बामेको लहर चल्या बेला चुनाउमा उत्तानोचित्त भएर गुल्टिएका तिनका दिमागमा नानाथरिका कुरा खेल्न थालेछन् । कहिले चुनाउ लड्छु भनेर बुरुक्क उफन्छन्, कहिले पर्धानमन्री खप्रओले काम गर्न सकेनन् भनेर प mलाक्छन्, कहिले के भन्छन् कहिले के भन्छन् । विचारालई अफौले बोलेको नि पत्तो हुन छाड्यो कि क्या हो ? अस्तिका दिन त अब नेक्पाको एकलौटी अध्येक्षे प्रचण्डाउलाई दि नुपर्छ भनेर १५ बुँदे ज्ञापनपत्र बुझाएछन् । कहाँ राजाराम कहाँ गंगुतेली पूर्व झालेमालेको त्यस्तो सँगठन कहाँ प्रचण्डाउको लुट्ने र तर्साउने संगठन । प्रचण्डाउलाई फूल अध्येक्षे देसी पार्टी पनि गोलखाडी सरकार पनि गोलखाडी । आखिरिी बाउदेउले राम्रो काम त कहिले पो ग¥या छन् र ? कि कसो हौ ?
अन्तेमा
सकरालाई यतिबेला जताततै निर्मला पन्त देख्दा भयंकर टाउको दुखार्य भएको छ । जताततै निर्मिला देख्दा सरकार आत्तिएको छ । विजुलीका पोल, मानिसका घरका पर्खाल, सवारी साधन जताततै निर्मलामात्र छन् । यतिमात्र होइन हिजो आज सबै अपाmूलाई निर्मला भन्छन् । सरकारलाई अचम्म लाग्या छ यत्तिका धेरै निर्मलाहरु कसरी जन्मए हँ ? परिवार नियोजन अभियान असफल भएको निष्कर्षमा यतिबेला रकार पुग्य छ रे । होला पनि परिरिवार नियोजन प्रभघावकारी भैदिया भए रातारात यत्तिका निर्मलाहरु जन्मने नै थिएनन् । अब परिवार नियोजनलाई प्रभावकरी बनाउन सरकारले कहिले मानसिक अवस्था ठीक नभएकाहरु, कुखुरा चोरेको अभियागमो कष्टडीमा बसेकाहरु, भित्तीहरुलाई अँठ्याउने अभिया नै चलाको छ रे । मर्ता क्या नही करता । आखिरी निर्मलाको जन्मदर त घटाउनै प¥यो । कि कसो हौ ?

