केपी ओलीको कार्यकाल काण्डैकाण्ड

राष्ट्रवादको वैसाखी टेकेर सत्तामा पुगेका केपी शर्मा ओलीको ९ महिने कार्यकाल काण्डैकाण्डको चाङ्गको रुपमा देखिएको छ ।
पञ्चायत र सशस्त्र दश बर्षे द्वन्द्वकालमा समेत नेपाली जनताले वर्तमान अवस्थाको अराजक परिस्थितिको अनुभव गरेका थिएनन् ।
राज्य जनता, जनताका आधारभूत आवश्यकता, शान्ति सुरक्षा, बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि खडा हुनुपर्ने हो ।
तर राज्य सत्ता पछिल्ला ९ महिना या जनताका लागि पीडादायी बनेको छ । राज्यसँग न्याय माग्दा नागरिकले मानसिकता नै गुमाउनु परेको छ । आज भन्दा चार महिना अगाडि कञ्चनपुरकी १३ बर्षीया अवेध बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई
कारबाहीका माग गर्दा उनका बाबु यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाउन पुगेका छन् । मुलुकभरि निर्मला पन्तको न्यायको आवाज उठिरहेको छ । विरोध र धर्नाका कार्यक्रमहरु भइरहेका छन् । तर
सरकार हत्यारा र बलात्कारी खोजीमा भन्दा पनि न्यायका लागि सडकमा उठेका आवाज दबाउनमै केन्द्रित र उद्यत देखिन्छ । राज्यसँग न्याय माग्दा पागल हुनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको छ ।
केपी ओली कार्यकालमा अपराधका घट्नाहरु ज्यामितीय ढंगले बढेको छ । यहाँ कोही सुरक्षित छैनन्, कसैको धनजनको सुरक्षा छैन । बालक अपहरण र हत्या, बृद्ध महिलाको वलात्कार, भष्टाचार घुसखोरी, ठगी आदि घट्नाले आम सर्वसाधारण आक्रान्त भएका छन् । भर्खरैमात्र प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापाको शिवसतासी वड नं. ७ मा अकल्पनीय घट्ना घट्यो । एकै परिवारका चार जनाको मृत्युले स्थानीय मात्र नभएर सुन्ने जोकोहीको पनि आङ सिरिङ्ग हुन्छ । एकै परिवारको चारजनाको मृत्युलाई स्भाविक मान्न कुनैपनि कोणबाट सकिदैन । त्यो सुनियोजित थियो । आगलागीमा परेर एउटै परिवारका लक्ष्मण खनाल उनकी २९ बर्षीया श्रीमति राधिका खनाल, ४ बर्षीया छोरी चन्दा र ५ महिनाका छोरो टिकारामको जलेर मृत्यु भएको थियो ।
स्थानीय बासिन्दा, आफन्त, राजनैतिक दलका नेता कार्यकर्ताले समेत घट्ना सुनियोजित भएको भन्दै छानविन र अनुसन्धान गरी अपराधीलाई कारबाहीको कठघरामा ल्याउन दबाब दिइरहेका छन् । प्रहरी प्रशासन घट्ना सुनियोजित नभएको, विद्युत सर्ट भएर आगलागी भएको बताइरहेका छ । राति १० बजे घरमा आगलागी हुँदा
चारैतिबारट एकै पटक कसरी आगलागी भयो भन्ने स्थानीयको प्रश्न छ । आगो लाग्दा कुनै एक छेउबाट लाग्छ । भाग्ने प्रसस्त सम्भाना
रहन्छ । एक छेउबाट आगलागी हुँदा अको छेउबाट मानिस आउन सक्छन् । तर त्यस आगलाीको प्रकृति एकदमै भिन्न र फरक स्वरुपको रहेको स्थानीयको भनाई छ । पं्रहरीले अनुसन्धानलाई हालसम्म गम्भीरता पूर्वक अगाडि बढाएकै छैन । अर्को शंकास्पद कुरा के भने जलेर मृत्यु भएका चारैजनाको शव एउटै खाटमाथि पाइनुले पनि घट्ना सुनियोजित भएको पुष्टि गर्छ । त्यत्रो आगलागी हुँदा उनीहरु बाँच्ने र कसैले बचाउने आशामा एक छेउदेखि अर्को छेउसम्म दौडिएको हुनुपर्छ उनीहरुका जलेका शवहरु यत्रतत्र रहेको हुनुपथ्र्यो । तर घट्नामा त्यस्तो देखिएन ।
ओली राजको ९ महिनामा कुनै पनि सन्तोषजनक गर्न लायकको देखिएन । दिनदिनै प्रधानमन्त्री होली हास्यका पात्र बन्दै गएका छन् । अझ पछिल्लो दिन त उनले राजधानीका विद्युतीय खम्बाहरुमा आफ्नो यमानका बोर्डहरु झुण्ड्याउने, उपलब्धीविहीन रुपमा अखबारका अग्र भागमा ठूल्ठूला तस्विर छाप्न लगाउने कार्य गरे । त्यसले आम सर्वसाधारणमा मात्र नभएर उनकै पार्टीभित्र पनि आलोचना भएको छ । भित्ता र विद्युतीय पोलमा फोटो झुण्ड्याएर लोकप्रियता आर्जन गर्न खोज्नु मानसिक दिवालियापन मात्र हो ।

तपाईको प्रतिक्रिया