किरात ढुवानी सेवामा आगलागी

धरान/ धरान १६ गणेशमानसिंह चौकमा रहेको किरात ढुवानी सेवामा आगलागी हुादा १० लाख बराबरको क्षति भएको छ ।
सिमल राईले सञ्चालन गर्दै आएको किरात ढुवानी सेवाको भवनमा आगलागागी हुदा काठको भवन पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै त्यहा रहेका कम्प्युटर, फ्रिज र पसल समेत जलेर नष्ट हुदा सो बराबरको क्षति भएको हो ।
विहान १० बजे आगलागी भएपछि स्थानीय बासिन्दाले दमकल र प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा, धरान नगरपालिकाको दमकल र प्रहरीले आधा घण्टापश्चात आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागी के कारणले भएको भन्ने कुरा अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया