कत्था उद्योगमा भएको आगलागीमा १७ करोडको क्षति

धरान÷धरान वडा नं. ८ स्थित औद्योगिक क्षेत्रमा रहेको सूर्य कत्था उद्योगमा आगलागी हुँदा १७ करोड मूल्य बराबरको क्षति भएको छ ।
गत शुक्रबार उद्योगको गोदाम घरमा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थामा राखिएको कत्था र कच समेत जलेर नष्ट हुँदा १७ करोड बराबरको क्षति भएको उद्योग सञ्चालक रोशन सोनीले जानकारी दिनुभयो । विगत १० बर्षदेखि सूर्य कत्था उद्योग सञ्चालन गर्दे आउनु भएका सञ्चालक सोनीले दिनु भएको जानकारी अनुसार असोज १ गते शुक्रबार विद्युत सर्ट भएर ६ः३० बजेदेखि आगलाी भएको थियो । गोदाम घरबाट धुँवा आएको देखेपछि नजिकै रहेको प्रहरी पोष्टका प्रहरीहरुले देखेर खबर गरेको पनि उहाँले बताउनुभयो ।
उद्योग सञ्चालक सोनी आगलागी हुँदा इटहरी काम विशेषले गएको र आगलागीको खबर सुन्नासाथ धरान आउँदा जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा सगै
धरान, इटहरी, सुन्दर हरैचा, इनरुवा नगरपालिकाका वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । सञ्चालक सोनीका अनुसार उद्योगको गोदामा २५ सय कार्टुन विस्कुट आकारको तयारी कत्था, ३ हजार पेटी कच रहेको थियो । दशैंको विदा भएका कारण त्यसबेला उद्योगमा गार्डमात्र रहेका थिए । ६ः३० देखि लागेको आगो ११ः३० मा नियन्त्रणमा आएका थियो इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार त्यसबेला धरान, इटहरी, सुन्दर हरैचा, इनरुवाका दमकलले ६० ट्याकर पानी प्रयोग गरेका थिए । आगलागी विद्युत सर्ट भएर लागेको देखियो उहाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया