धरान चतरा जोड्ने सर्दु खोलामा निर्माण भएको पुलले तिब्रता पायो

धरान÷ लामो प्रतिक्षा पछि धरान–चतरा सडक खण्डको सर्दु खोलामा पक्की पुल निर्माणले तिब्रता पाएको छ । वर्षाको समयमा आवागमनमा वर्षौ देखि सास्ती भोग्दै आएका स्थानीयहरु हर्षित बनेका छन् ।
वर्षौ देखि वर्षामा धरानसँग सम्बन्ध विच्छेद नै गराउने सर्दु खोलामा २ सय ५० मिटर लम्बाईको पुलको निर्माण कार्यले तिब्रता पाए संगै स्थानीयहरु हर्षित बनेका छन् । ११ मिटर चौडाईको पुल आउँदो माघ महिना सम्ममा सम्पन्न हुने गरि निर्माण कार्य अघि बढेको छ । पुल निर्माण हुने भएपछि धरान,
बराहक्षेत्र, उदयपुर, रामधुनी नगरपालिकावासीलाई राहत हुने स्थानीय धनबहादुर विश्वकर्मा बताउनुहुन्छ ।
भौतिक तथा योजना मन्त्रालयको चुरेफेदी मार्ग अन्र्तगत सिन्धुलीको भिमान देखि धरान सम्मका खोलाहरुमा ४३ वटा पुल निर्माणको ठेक्का रसुवा कन्ट्रक्सनलाई दिएको छ । जसमध्ये सर्दु खोलाको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्न मन्त्रालयले निर्देशन दिए पछि पुल निर्माणको कार्यले तिब्रता पाएको धरान १७ का वडा अध्यक्ष सूर्यकुमार भट्टराई बताउनुहुन्छ ।
नेपालमा केही वर्ष अघि भित्रिएको बक्स गर्डर डिजाईनबाट निर्माण
गरिएको छ । ईन्जिनियरका अनुसार प्रि स्ट्रेस केबलहरुको प्रयोगबाट पुलको निर्माण गरिएकाले ७० वर्ष सम्म यसको आयु रहेको रसुवा कन्टूक्सनका इन्जिनियर रविन्द ्रराज रिजाल बताउनुहुन्छ ।
दुई वर्षमा सक्ने भनिएको पुल १ वर्ष पनि नपुग्दै निर्माण सम्पन्न उन्मुख रहेको छ । स्थानीय जनप्रतिनिधीहरुको सहयोगले कुनै अवरोध बिना करौडोको निर्माण कार्य पनि समयअघि नै सम्पन्न गर्न सकिने उदाहरण बनेको छ ।

तपाईको प्रतिक्रिया