साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ खेमलाल
(हरिकला लामिछाने प्रतिष्ठानले वितरण गर्ने पद्मश्री पुरस्कार(२०७४ विजेता छनोट भएको छ । प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो ।
यस्तै, प्रतिष्ठानले दिने पद्मश्री साधना सम्मानबाट साहित्यकार डा. तारानाथ शर्मा पुरस्कृत हुने भएका छन् । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ रहेको छ ।
दुबै पुरस्कार कोगाज्रत पूर्णिमाको दिन वितरण गरिने प्रतिष्ठानले जनाएको छ । साहित्यकार पाण्डेको संस्मरण कृति ‘यार’ २०७४ पुसमा सार्वजनिक भएको थियो । संस्मरण कृति पद्मश्री पुरस्कार छनोटमा परेको ‘यार’ पहिलो हो ।
पद्मश्री पुरस्कार बिजेता ‘यार’का लेखक साहित्यकार पाण्डेले संस्मरण कृति उत्कृष्ट छनोटमा परेकोमा आफूलाई गर्व लागेको बताए ।
उनले भने, ‘प्रतिष्ठानले संस्मरण कृतिलाई पनि मान्यता दिएको छ, यसले किताबको सम्मान भन्दा पनि यो विधामा लेख्ने लेखकमाथि सम्मान गरेको छ, संस्मरण लेख्नेहरूलाई उत्प्रेरणा र प्रोत्साहित गरेको छ ।’
प्रतिष्ठानले हरेक वर्ष मनोनयनमा परेका कृतिहरू सार्वजनिक गर्ने गरेको थियो । तर, यसपालि मनोनयन सूची सार्वजनिक गरेको छैन ।
यसअघि यो पुरस्कारबाट
राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र वरिष्ठ साहित्यकार बैरागी काइँला पुरस्कृत भइसकेका छन् ।
