घण्टाघरबाट हेर्दा

खप्रओको आर्शीवाद
यसपाला मुलुकाँ अचम्मै भयो । राजाको सिको गर्दै पर्धानमन्तरी खप्रओले दशैँको टीका लाइदेछन् । माक्र्स र लेनिनलाई भगवान भन्ने पर्धानमन्तरीले धर्म परिवर्तन गरेछन् क्यारे । नत्र किन नव दुर्गाको टीकाको पसल थापेर बस्थे । पर्धानमतरीमा सद्बद्धि आ’ओ कि भा’ को बुद्धि पनि भुटिएको हो भन्ने कुरामा घण्टाघर अलमलमा प¥या छ । जे होस् गोडा दुइएक दिन फर्मान जारी गरेर पर्धानमन्तरी र राष्ट्रपतिले टीका लाइदेछन् । टीका लगाउन जानेचाहिँ सरकारी कर्मचारी, प्रहरी र तिनका आफन्त मात्र परेछन् । सर्वसाधारण त निर्मल निवासतिरै सोहोरिएर पुगेछन् । जे होस पर्धानमन्तरीले टीका लगाउँदा बैद्धिक मन्त्र फलाक्नु पर्नेमा मीठो मीठो गफ हानेर, जन्ता हँसाएस भनेर अर्शीवाद दे’छन् । उनी पनि मीठो मीठो गफ हानेर जन्ता हँसाएर पर्धानमन्री भा’ त हुन् । कर्मचारी र पुलिसहरुमात्र टीका लगाउन आउँदा विचरा अलि खिस्रिक्क परे रे । यसो गामघरतिरबाट आफन अरिंगालले कार्जेकर्तालाई बस र ट्रकमा मान्छे लेर आएस भन्या भए त हुन्थ्यो नि के गर्नु बखतमा बुद्धि नपुगेपछि ?
दोस्रो विहे गर्ने रे
हैन हौ हिजो आज सामाजिक सञ्जाल बहुलाएका हुने कि प्रचण्डाउको बुद्धिमा बिर्को लाग्या हो हँ ? प्रचण्डाउले दोस्रो विहे गर्ने भनेर सामाजिक सञ्जालले गफ देका देकै छन् । होला र त दे नि ? नत्र प्रचण्डाउले हैन भन्नु पथ्यो । पिण्ड खाने बेला भा’का घर भरि नातिनातिना भा’का प्रचण्डाउलाई के छाँटा चल्या होला ? प्रचण्डाउले यो उमेराँ आएर दोस्रो विहे त्यसै गर्न खोज्या त पक्कै होइन ? छोरो प्रकाशको बिडो थाप्न लाग्या हुन कि क्या हो । प्रकाशले नि गोडा तीनेक पु¥याएका थिए क्यारे । देखिएका पो त्यति देखिए नदेखिए कति थिए कुन्नि ? दोस्रो विहे गर्न लाग्या प्रचण्डाउलाई अग्रिम शुभकामना । दाम्पत्य जीवन गजबैसँग बितोस् ।
कता हराएछन् ?
यस पटकको दशैमा नेप्लिज लाँग्रेसका सभापति स्यालबहादरको चालचुल थाहा पाइएन । यसो कार्जेकर्ता बोलएर टीका लगाइदिनु पथ्यौ । कुनै कुरामा काम नलाग्ने भए बुढानिलकण्ठे काजी ।अरु बेलाचाहिँ बोको हुलहुलिए जस्तै हुलहुलिन्थे । दशैमा चाहिँ चुपचाप बसेछन् । कि सासू आमैसँग टिका थाप्न जापानतिर पो लहसिएकी क्या हो ? सासू आमैलाई जापानको राजदूत बनाई देकै थिए । खप्रओले बीचैमा फिर्ता बोलाइदेलान् भनेर भेटेरै भनसुन गर्दिएकै थिए । पक्कै त्यतैतिर लागेछन् क्यारे । नत्र त्यत्रो पर्तिैपक्षे दलका नेता, पार्टीका सभापति जस्तो मान्छेको चलहपहल त हुनुपर्ने हो । गाँँठी कुरोचाहिँ के हो बुढानिलकण्ठे काजी र कजिनी नै जानु । कि कसो हौ ?
बाउरामले थोपरेछन्
पञ्चायतकालमा कम्युनिष्ट बिग्रियो भने पञ्च बन्थे । गनतन्त्रमा कम्युनिस्ट बिग्रे भने डुकुलण्ठक बन्दा रा’न र अब हेराम सप्रिएको कम्निष्ट हुन्ज्याल बाउरामले कहिल्यै बाउको हातबाट टीका लगाएनन् । यसपालि त गजबै गरे । आफ्नी जोइ समेत साथै राखेर बाउामले बाउराबाट निधारभरिका टीका थोपरेछन् र सप्रिएको कम्युनिस्ट हुँदा अरुलाई दशैमा टिकै लगाउन दिएनन्, टिका लगाउँदा भोटे कारबाही गर्थे, दशैमा पालेका खसी बोका उडाइदिन्थे, मन्दिरका पूजारीको टुप्पी चैट बनाउँथे, दशैका बेला कसैले राम्रो ला’को देख्नु हुँदैन थ्यो । दशैको विरुद्धमा आकाश पाताल जोड्ने गफ चुट्थे । अब अहिले आफै निधाराँ टिका थोपर्न पुग्या छन् । गनतन्त्रमा कम्युनिस्ट बिग्रदा ठँसठस्ती गन्हाउने गरी बिग्रन्छन भन्थे हो रै’छ । कि कसो हौ बाउराम बाजे ?
बुझाउनै मानेनन्
खप्रओ र प्रचण्डाउको नेक्पाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सम्पति विवरण बुझाउन निर्देशन देनि त्यो निर्देशन पदाधिकरी र केन्द्रीय सदस्येहरुले मान्दै मानेनछन् । पार्टीले नगद, धर जग्गा, सुनचाँदी, बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम ऋण धितोपत्र, शेयर सबै उलेख गर्नु भनेर देको निर्देशनलाई धोति लगाइदेका छन् । संसारका कम्युनिष्ट नेता भन्दा नेपालका कम्निस्ट नेता धनी छन् भन्ने कुरा कस्लाई थाहा छैन ? अनि फुइøयाँ खान त्यस्तो निर्देशन दिनु ? सम्पत्ति विवरण त ज्यान गए नि नदिने रे । बरु पार्टी नै छोड्ने रे । त्यस्तै गाइगुइ सुन्न थाल्या छ । लौ हौ खप्रओ पच्रण्डाउ आफ्ना मालदार नेता कार्जेकर्ताको पलायन रोक्ने हो भने निर्देशन फिर्ता लिने है ।
क–कस्का ग्रह बिग्रका छन्
नेपालका केही मन्तरीहरुका ग्रहदशा साह«ै नराम्ररी बिग्रेका छन् रे । पर्धानमन्तरी खप्रओले अीस्तका दिन आफूलाइ कसैले टेर्देनन् भनेर बडो दुखमनाउ ग¥या थे । अब त्यसरी नटेर्ने मन्तरीलाई साढे सास्ती नै लाग्ने भा’छ । खप्रओ अक्षम भन्दै त्यस्ता मतरी हँटाउने खेलमा लागि सक्या छन् । त्यसरी हँट्ने मन्त्रीको हिट लिष्टमा घरेलु मन्तरी रामबहादुर थापा, अर्थमन्तरी युवराज खतिवडा, सामान्ये प्रशासन मन्तरी लालबाबु पण्डित, पर्यटन मन्नतरी रविन्द्र अधिकारी, वन मन्तरी शक्तिबहादुर बस्नेत, ऊर्जा मन्त्री बर्षमान पुनको ग्रहदशा बिग्रका छन् रे । यिन्का ग्रह दशा किन नबिग्रिइउन त ? अक्टोपसले जस्तो जताबाट भेट्टायो त्यतैबाट हसुरेका छन् । के मा खान हुने ? के मा खान नहुने यिनका लागि कुनै एकादशी नै छेन । फेरि खप्रओकै मन्तरीमा बसेपछि थप थप मान्नु पर्दैन ? जे होस् ८÷९ महिना डकारी हाले अब पालो अरुले नि त पाउनु प¥यो ।
बाउदेउको सपना
बाउदेउ यतिबेला खिस्रिक्क परेर बस्या छन् । दैलोबाट छिरेर संसदमा पुग्ने सपनाले हावा खाएसी’ विचरा झ्यालबाट छिर्न खोज्या थे । अन्तेमा झ्यालबाट समेत चुक्कुल लागेसी’ विचरा खिस्रिक्क परेर थन्किएका छन् । बाउदेउलाई संसदमा लैजान चाँडी लगाउने कामचाहिँ प्रचण्डाउले ग¥या थे । रोल्पा बाँके, काठमाण्डौसम्मका ठाम हेरे तर जता नि लसरघण्टी मात्र लाग्यो । बाउदेउलाई संसदा पु¥याउन सक्या भे खप्रओको दिनगन्ति शुरु भैहाल्थ्यो । प्रचण्डाउले बाउदेउलाई पिठ्युँमा बोकेर खप्रओलाई कुर्सीबाट लडाउन खोज्या थे । विचरा सफल भएनन् । बाउदेउको खप्परले नि साथ दिएन । अहिलेका लागि खप्रओका ग्रहदशा बलियै रै’छन् । तर प्रचण्डाउ केही न केही नगरी बस्नै सक्दैनन् । जोड्ने भन्दा नि फोड्ने कुरामा प्रचण्डाउलाई कस्ले सक्ने ?
अन्तेमा
यसपाली पनि डलरेहरुले पशुबलीको खुब विरोध गरे । एउटा गरिबले दशैका लागि भनेर बर्ष दिन पालेको खसी काट्दा पशु बली हुने र विरोध गर्ने डलरेहरुले दैनिक हजारौ खसी, बोका राँगा काट्ने बधशालाको चाहिँ किन विरोध नगरेका होलान ? काम पाइनस बुहारी पाडाको पिँध कन्या भनेझै पशु बलिको विरोध गर्नेहरु घरमा चाहिँ मासु बिना भात नखाने अनि अरुको चाहिँ उछितो काढ्ने ? कुनै पनि देशलाइ तहस नहस गर्नुछ भने धर्मको नाममा विभाजन गर्दैसी पुग्छ भन्थे हो रै’छ । एनजिओ आइएनजिओको नाममा डलर हसुर्ने पशु अधिकारवादीहरुको खोपडी पनि पशुकै जस्तो हुँदो रै’छ कि क्या हो ?

तपाईको प्रतिक्रिया