धरान÷धरानको खोपानीमा एडिवीको लगानी चरम भ्रष्टाचारको नमूना भएको, कर्मचारीतन्त्र र नेतृत्वको मिलेमतोमा असफल आयोजनाको नाममा नागरिक लुट्ने काम भएको र नेपालका नेताहरुमा पैसा कमाउने सीप र योग्यता नै नभएकोले भ्रष्टचारलाई संस्थागत गरेको यहाँ आयोजित एक कार्यक्रमका वत्ताहरुले बताएका छन् ।
उनीहरुले भ्रष्टाचारलाई वर्तमान नेतृत्व, कर्मचारी तन्त्रले शासन व्यवस्थाको अभिन्न अंग बनाएको, राज्यका तल्लो निकायदेखि माथिल्लो निकायसम्म भ्रष्टाचारलाई व्यापक बनाएको भन्दै नेपाली जनताले परिकल्पना गरेको लोकतन्त्र, प्रजातन्त्र र वर्तमान अवस्थाको जस्तो नभएकोले अब सशक्त प्रतिकार तथा विरोधमा उत्रन समेत आवहान गरेका छन् ।
जनसरोकार मञ्च नेपाल धरानद्वारा शनिवार स्थानीय सैनिक भवनमा आयोजित नेपालको लागि नेपाली अभियानका अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भन्नुभयो नेपालमा राजनीति व्यवसाय भएको छ । यहाँका नेतृत्वले राजनीति देशको लागि गर्नुपर्नेमा केवल आफ्ना लागि मात्र गरेका छन् । राजनैतिक दलका नेताहरुले प्रजातन्त्रका नाममा धतुरो रोपे अब त्यसलाई उखेलेर गुलाप रोप्नुपर्ने भएको छ र आन्दोलन पूर्वबाटै शुरु गर्नुपर्छ । बरिष्ठ अधिवक्ता न्यौपानेले भन्नुभयो भष्टाचार गरेरै आलिसान भवन बनाएका छन्, महँगा गाडी खरिद
गरेका छन्, आफ्ना छोराछोरीलाई विद ेशका महंगा स्कुलमा पढाएका छन् । आखिरी उनीहरुको आम्दानीको स्रोत के हो ? आज जनताका नाममा राजनीति गर्नेहरु १७ हजार मानिस मारेर आएका छन्, टाउको काटेर आएका छन् । बरिष्ठ अधिवक्ता न्यौपानको कथन थियो
राजनैतिक दलका नेताहरुकै कारण आज जनता शरणार्थी भएका छन् । कसैको जिउ, धनको सुरक्षा छैन, खुल्लम खुल्ला भष्टाचार गरेका छन्, राजनीतिलाई नाफामुलक व्यवसाय बनाएका छन् भन्दै राजनीतिबाट हट्नासाथ यिनीहरु पैसा कमाउन सक्दैनन, पैसा कमाउन सक्ने सीप, दक्षता यिनीहरुमा नभएकैले आजीवन राजनीतिमा टाँसिएको पनि उहाँले बताउनुभयो । माधव नेपाल, खड्ग ओली, प्रचण्ड, शेरबहादुर देउवा लगायतका कुनै पनि नेताको एक पैसा कमाउने ल्याकत र सीप छैन । उहाँले भन्नुभयो, राजनीतिलाई सफा गर्नु छ भने भष्टाचारलाई सफा गर्नैपर्छ ।
राजनीति व्यापारीबाट अब मुलुक अगाडि बढ्न सक्दैन । उहाँले थप्नुभयो हाम्रो देशका नेताहरुले कार्यकर्तालाई पढ्न दिएनन, सडकमा नारा लगाउन, तोडफोड गर्न, टायर बाल्न, बन्दुक बोकाउन सिकाए । योग्यता नभएपछि उसले केही काम पाउदैन । २०–३० बर्ष पछि त्यही अनपढ नेता भएर सत्तामा पुग्छ र लुट्नतिरै लाग्छ । उहाँले थप्नुभयो अहिले धरानको खानेपानीमा एडिवीको लगानी त्यस्तै हो राम्रको काम गर्दा पैसा आउँदैन, नराम्रो काम गर्दा पैसा आउँछ ।
यसैगरी सर्वोच्च अदालतका अर्का बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भन्नुभयो हामीले नेपालको लागि नेपाली अभियान शुरु गर्नुको पछाडिको धेरै कारणहरु छन् । मुलुकमा थुप्रैपटक
राजनैतिक परिवर्तन भए त्यो परिवर्तनमा हाम्रो कुनै विमति छैन । मुलुक अगाडि बढेको छ हामीले त्यसको प्रशंसा गरेका छौं । तर राजनीति परिर्वनले नागरिकको अधिकार स्थापित ग¥यो कि गरेन ?
राजनीति परिवर्तनले जनताका अधिकारलाइ स्थापित गर्नुपर्ने हो । तर यी सबै
कुरामा आशा गर्नु मृग मरिची जस्तो मात्र भएको छ । भ्रष्टाचार शासन व्यवस्थाको अभिन्न अंग बनेको छ । उहाँले भन्नुभयो या त हामीले भ्रष्टाचारलाई स्विकार गर्नुप¥यो या त सशक्त विरोध गर्नुप¥यो । हामीसँग अर्को विकल्प छैन, यी दुई विकल्प मध्ये हाम्रो अभियानले दोस्रो विकल्प रोज्यो । उहाँले भन्नुभयो अब पनि हामी भष्टाचारको विरुद्धमा नउभिने हो भने भ्रष्टाचारले मुलुक सिध्याउँछ । आज भष्टाचारका कहालीलाग्दो अवस्था कस्ले सिर्जना ग¥यो ? तपाई हामी नागरिकले सिर्जना गरेको होइन । यसका सुत्रधारहरु नै वर्तमान राजनैतिक दलका नेताहरु हुन् । यसका पछाडि धेरै कारणहरु छन् । एउटा हो निर्वाचन । गुण्डागर्दी नगरी पैसा खर्च नगरी स्वस्थ र स्वच्छ निर्वाचनबाट जित्न सक्दैनन् । परिणाम राजनैतिक अपराधी, भ्रष्टहरुनै संसदमा पुग्ने अवस्था सिर्जना भयो । संसदमा पुगेपछि उनीहरु कुनैपनि फौजदारी
अपराधमा दोषी ठहरिए पनि राजीनामा दिनुनपर्ने, निलिम्बित हुनु नपर्ने कानुन बनाउँछन् । यसले के प्रमाणित गर्छ भने नागरिकको नाममा चुनिएकाहरुले भ्रष्टाचारलाइ अभिन्न अंग बनाएर मुलुक लुट्ने काम मात्र गरिरहेका छन् ।
कार्यक्रमको सभापतित्व जनसरोकार मञ्च नेपाल धरानका अध्यक्ष
कृष्णनारायण पलिखेले गर्नुभएको थियो भने सञ्चालन भक्तसिह राजवंशीले गर्नुभएको थियो ।
