सस्ता भाषण र हावादारी योजना पस्केकै आधारमा नेपालको इतिहासमा पहिलो पटक दुई तिहाईको सरकार बनाउन सफल पूर्व एमाले र पूर्व माओवादी केन्द्रको अपवित्र गठबन्धन नेकपा ? ले नेपाली जनतालाई महँगी र असुरक्षा उपहार दिएको छ ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारण बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् । बजारमूल्य बृद्धि ज्यामितीय ढंगले उकालो लागेको छ । बजार मूल्य नियन्त्रण गर्ने निकाय व्यवसायीहरुसँग आफै नतमस्त छन् । अनुगमन कर्मकाण्डी ढंगले अगाडि बढेको छ । न मनपरी मूल्य बृद्धि गर्ने, न मनपरी ढंगले उपभोक्ता ठग्ने व्यवसायीहरुमाथि कारबाही हुन्छ । व्यवसायीहरु मैमत्त भएर उपभोक्ता ठगिरहेका छन् तर सरकारको सम्बन्धित निकाय
राज्यका स्रोत साधानको दोहन गरेर व्यवसायिकै मतियार बनेका छन् ।
दुई तिहाई वहुमतको सरकर केवल दम्भ देखाउँछ जनताका पक्षमा कुनै प्रकारको निर्णय लिन सक्दैन । दुई तिहाई वहुमत केवल सरकार चलाउन मात्र हो कि नागरिकको हितमा काम गर्ने हो भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ । दुर्इु तिहाई वहुमत प्राप्त सरकारको निर्देशन सरकारकै जिम्मेवार निकाय पालना गर्दैनन् । जसका कारण हरेक नागरिक दिन प्रतिदिन आहत बन्न थालेका छन् । नेपालीहरुलाइ महान चाड वडा दशैले छोपेको छ अहिले । आकाशिदो मूल्य बृद्धिको कारण नेपाली बजारमा सर्वसाधारण उपभोक्ता खरिद गर्न सक्ने अवस्थामा छैनन । विकल्पको रुपमा सीमा क्षेत्रका भारतीय बजारमा गएर खाद्यान्न, लत्ताकपडा खरिद गरेर ल्याउँदा प्रहरीले अनेकौ दुःख दिन्छ ।
रकम असुल्छ, समान जफत गरेर आफ्नै लागि प्रयोग गर्छन । या त
राज्यले आफ्ना नागरिकहरुलाई सहज, सरल र सस्तो मूल्यमा अत्यावस्कीय सामाग्री उपलबध गराउनु प¥यो हैन भने नागरिकको बाँच्न पाउने अधिकारलाई कुण्ठित गर्नु भएन ।
अर्कातर्फ नागरिकको सुरक्षामा सरकार पूर्ण रुपले असफल भएको छ । कम्युनिष्टको दुई तिहाईको सरकार बने यता द्वन्द्वकालीन झल्को आउन थालेको छ । द्वन्द्धकालमा सर्वसाधारण हरेक विहान आज यति व्यक्तिको हत्या भयो, मृतकहरु सर्वसाधारण ज्यालादारी मजदुरी गरेर खाने, तल्लो तहका सरकारी कर्मचारी थिए भनेर सञ्चारमाध्यममा समाचार आउँथ्यो । कंकदाचित कुनै दिन त्यस्ता समाचार आएनन् भने आश्चर्य मान्नुपर्न अवस्था थियो । आज ठीक त्यही प्रवृत्ति
दोहोरिएको छ । बर्ष दिनकी बालिकाको बलात्कार पछि हत्या, स्कुलबाटै बालिका अपहरण पछि बलात्कार र हत्या, एसिड आक्रमणले फलनाको निधन । आजकल हरेक विहान यस्ता समाचार नआएको विरलै हुन्छ । सरकार त्यस्ता कुकृत्य र जघन्य अपराधमा संलग्न माथि कारबाही गर्न सक्दैन । राजनीतिक पहुँच र निकस्टताका कारण उल्टै उनीहरुको संरक्षणमा जुट्छ । न्यायका लागि अपराधीलाई पक्राउ गरी कारबाही गर्न सर्वसाधारण सडकमा आउनुपर्छ । कञ्चनपुरकी अवोध १३ बार्षीया बालिका निर्मला पन्तको न्यायाका लागि अर्क एक युवकले ज्यान गुमाउनु परेको छ भने दर्जनौ आयोग बनाउनु परेको तीतो यथार्थ छ । हरेक नागरिकबाट कर असुलेर राजसी जीवन गुजार्दै आएको सरकारको दायित्व के हो भन्ने कुरा नै सरकारलाई थाहा छैन । आफ्ना नागरकको सुरक्षा, जीवकोपार्जनका लागि चाहिने रोजगार, दैनिक उपभोग्य वस्तुको सर्वसुलभ उपलब्धता, शिक्षा, स्वास्यमा सहज पहुँचको व्यवस्था नै गर्न सरकार सक्दैन भने त्यस्तो सरकारको औचित्य समाप्त भएको मान्नुपर्छ । सरकार नगारिकको लागि हुनुपर्छ । यही अवस्था कायम
रहे इतिहास दोहोरिन्छ कसैले रोक्न सक्दैन ।

