धरान÷बराह बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभाले सञ्चालक समितिकोे अधयक्षतमा पुन मानबहादुर विश्वकर्मालाई चयन
गरेको छ ।
संस्थाको शनिवार सम्पन्न साधारण सभाले उपाध्यक्षमा विष्णुमाया लामिछाने, सदस्यहरुमा गंगाबहादुर कालीकोटे विष्णुकुमारी तुलाधर, अम्बरबहादुर विश्वकर्मा, फूलमाया
राई, सुभराम खाती र लेखा समिति संयोजकमा सुदिन विक, सर्मिला ताम्राकार, कुमार द्रुतराज चयन भएका छन् ।
बराह बचत तथा ऋण सहकारी सस्था आजभन्दा ९ बर्ष अगाडि १८ जना पुरुष र १४ जना महिला सेयर सदस्यबाट शुरु भएको थियो । हालसम्म यसको शेयर सदस्य संख्या १६१८ जना रहेका छन् । जसमा ९८६ जना महिला र ६३२ पुरुष रहेका छन् । संस्थाको २०७५ असार मसान्त सम्म रु ३,०९,८४, ५०० शेयर रकम रहेको छ भने निक्षेप संकलन रु ८३,५०, ६४, ३८१ र निक्षेप फिर्ता रु ६९,५८,७३,१३५ रहेको छ । यसैगरी ०७५ असार मसान्त सम्ममा ऋण लगानी रु २७,३४,८६,३७७, आव ०७४÷०७५ को खुद मुनाफा १,०७,२९,७९३ रहेको तथा राज्यलाई राजस्ववापत ७३,३६,९६२ रुपैया बुझाई सकेको छ ।
साधारणसभाको समुद्घाटन गर्दै प्रदेश सभा सदस्य उमिता बराइलीले भन्नुभयो बरह बचत तथा ऋण सहकारी संस्थाले व्यवसायिकतासँगै दर्जनौ युवा युवतीलाई रोजगारको अवसर प्रदान गरेकेमा खुशी लागेको छ । युवा शक्तिको पलायन रोक्न बराहले महत्वपूर्ण योगदान मात्र पु¥याएको नभइ राज्यलाई समेत आफ्नो मुनाफाबाट लाखौ राजस्व बुझाएर बराहले सह्रानीय काम गरेको प्रदेशसभा सदस्य बराइलीले बताउनुभयो ।
सञ्चालन समितिको अध्यक्षको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै पुनः आगामी कार्यकालका लागि सञ्चालन समितिको अध्यक्षमा चुनिनु भएका मानबहादुर विश्वकर्माले भन्नुभयो हामी सबैको बराह आर्थिक उन्नतिको सहरा भन्ने मूल नाराका साथ २०६६ भाद्र २१ गते स्थापना भएको बराह बचत तथा ऋण सहकारी संस्थाले आथिक रुपमा पछाडि परेका वर्ग र समुदायलाई आर्थिक क्रियाकलपको मुल धारमा ल्याउने, उत्पादनको क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल बनाउने, स्वरोजगार बनाउने कामलाई प्राथमिकता दिँदै आएको छ । उहाले भन्नुभयो संस्थाले सहकारीका सिद्धान्त, मूल्य र मान्यतलाई पूर्ण रुपले अनुशरण गर्दै स्थापनाको नौ बर्षमा अन्य
सहकारी संस्थाहरु भन्दा आफूलाई संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभ्याउन सफल भएकोमा आज गौरन्वान्वित महसुस भएको छ । अध्यक्ष विश्वकर्माको कथन थियो संस्थाको विनिमयको उद्देश्यलाई चरितार्थ गर्न प्रक्रिया अनुरुप नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सबल बनाउन शेयर सदस्यहरुलाई उत्पादन मुलक, व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेर पहिलो चरणको सम्पूर्ण कर्जा चुक्ता गरी दोस्रो चरणको पहिलो, दोसो र तेस्रो किस्ता सस्थामा ल्याई हालसम्म संस्थाका १३४ जना युवा सदस्यहरुलाई स्वरोजगार कर्जा
प्रवाह गर्न सफल भएको समेत बताउनुभयो ।
कार्यक्रममा सर्वाधिक निक्षपकर्ता बालकुमारी राई, रमा डुम्जन, कमला श्रेष्ठ, असल ऋणी मेखबहादुर राई, संस्थाका सक्रिय अभियन्ता कल्पना कलिकोटे, सविना बराइली, विन्जु मगर, लमु शेर्पा, मेनुका देवी धमला, विन्जु मगर,पुष्पा घिमिरे, कुमारी लिम्बु, कमला बस्नेत, ज्योत्सना राई, फूलकुमारी लिम्बु, कमला राई ,दिलबहादुर विक, संगीता ताम्राकार, कृष्टिना राईलाई प्रमुख अतिथि उमिता बराइलीले प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको थियो ।

