नेपालीरुको राष्ट्रिय पर्व वडा दशै हरेक नेपालीको घरमा घटस्थापना सँगै भित्रिएको छ । परिवार र आगन्तुक पाहुनाको व्यवस्थापनको चटारोमा सबै लागि परेका छन् । नानीहरुको लत्ता कपडा, खाद्यान्नको जोहो आदि इत्यादि खरिदमा परिवारका सदस्यहरु जुटेका छन् ।
पूर्वाञ्चलका अधिकांश उपभोक्ता तथा ग्राहकको लागि लत्ता कपडा, खाद्यान्न, बेकरी आइटम, पेय पदार्थ, इलेक्ट्रोनिक्स सामान, कस्मेटिक्स लगायतका समान खरिदका लागि विकल्परहित बनेको छ गोरखा डिपार्टमेन्ट स्टोर । आफ्ना ग्राहकहरुले बजार मूल्यभन्दा सरल, सहज र सस्तो मूल्यमा हरेक प्रकारका सामान खरिद गर्न सकून भन्ने उद्देश्यले विगतमा झै यस पटक पनि गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखाबाट चाहिएको र आवश्यक सामान उपलब्ध गराउने व्यवस्था गरिसकेको छ ।
सरकारको स्पष्ट नीति र निर्देशन नहुँदा विगतका बर्षहरुमा जस्तै यसपटक पनि चिनीको मूल्य नेपाली
बजारमा पसलैपिच्छे फरक फरक पाइने गरेको छ । कतिपय पसलेले प्रति केजी ८५ रुपैयाँ सम्म चिनी बेचेका छन् भने कतिपयले ७५ रुपैया त कसैले ८० रुपैयामा उपभोक्तालाई विक्री गरिरहेका छन् । राज्यको जिम्मेवार निकाय लेखा समितिले चिनी प्रतिकेजी ६३ रुपैया बेच्न प्रस्ताव गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७० रुपैया प्रतिकेजी बेच्न निर्देशन दिन्छ । अर्थात चिनीको मूल्यमा हाल नेपाली बजारमा कही एक रुपता
छैन । तर गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँचवटै शाखाबाट चिनी प्रतिकेजी ६५ रुपैयाँमा आफना उपभोक्ताहरुलाई उपलब्ध गराई रहेको छ । चिनी मात्र नभएर अन्य सम्पूर्ण सामानहरु समेत गोरखा डिपार्टमेन्ट स्टोरले बजार मूल्य भन्दा न्यून मूल्यमा आफ्ना ग्राहकहरुलाइ उपलब्ध राइरहेको छ । यसपटक हामीले डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग आफ्ना ग्राहकहरुलाई दशै लक्षित सामानहरुको उपलब्धताका सम्बन्धमा जिज्ञासा राखेका छौं ।
गोरखा डिपार्टमेन्ट स्टोरले नेपालीहरुको महान पर्व विजयदशमीको अवसरमा आफ्ना ग्राहक लक्षित गरेर थप के कस्ता न्यु व्राण्डका सामान ल्याएको छ ?
–गोरखामा पाइने सबै ब्राण्डका नाम लिन धेरै समय लाग्छ । किन भने हामीसँग धेरै प्रकारका सामानहरु छन् अर्थात ६ लाख भन्दा बढी प्रकारका सामानहरु छन् । अब कुन कुन ब्राण्डको नाम भन्ने ?
हैन हैन दशै लक्षित नयाँ सामानहरु के के आएका छन् ?
–प्राय प्राय सधै जस्तै नै हो । अहिले बजारमा जे जस्ता सामान आएका छन् त्यस्तै नै हो । क्वलिटीमा केही फरक भने अवस्यै छ । क्वालिटीमा मात्र नभएर मूल्यमा समेत अन्यत्र भन्दा यहाँ फरक पर्छ । हामीसँग भएका सामानहरुमा चानिज, थाइल्याण्ड, सिंगापुर,दुवई, भारत, अमेरिका, युरोपका ब्राण्डेड कपडादेखि अन्य सामान आएका छन् । हामी रिटेल सप भएकोले त्यस्ता सामान अत्याधिक आएका हुन् । दुई चार दिन भित्रैमा गोरखाका पाँचवटै शाखमा सबै सामानहरु डिस्प्ले भइसक्छ ।
यहाँको अनुभवमा दशैका अवसरमा ग्राहकहरुले कस्ता सामानको अत्याधिक माग गर्ने गरेका छन् ?
–सबैभन्दा बढी बच्चाले लगाउने कपडा, जुत्ता अर्थात बच्चाले प्रयोग गर्ने सामानमै गाहकहरु बढी केन्द्रित हुने गरेको मैले पाएको छु । त्यसपछि लेडिज पहिरन, दैनिक उपभोग्य वस्तुहरु, पेय पदार्थ, इलेक्ट्रोनिक्सका सामान आदि ।
खाने कुरामा कस्ता सामानहरु छन् ?
–दैनिक उपभोग्य सामानहरु त हुन् ।
बजार मूल्य भन्दा गोरखा डिपार्टमेन्ट स्टोरमा के फरक छ ?
–त्यो त उपभोक्तहरुले अनुभव गरिरहनु भएकै छ । अहिले चिनीको होहल्ला बेसरी भएको छ । कसैले ८०÷८५ रुपैया सम्म बेचे भनेको सुन्छु ।अहिले सम्म हामीले ६५ रुपैयाँमा चिनी बेचिरहेका छौं , दशैभरि हामी ६५ रुपैया प्रति केजीमै बेच्छौं । यसको मूल्यमा कुनै बृद्धि हुँदैन ।
सरकारले त ७० रुपैया प्रति केजी मूल्य निर्धारण गरेको छ । तर तपाईहरु ६५ मा दिदै हुनुहुन्छ । यो कसरी सम्भव भयो ?
–सरकार आफ्नो काम गर्छ, हामी आफ्नो काम गर्छौ । हाम्रा ग्राहकलाई हामीले सस्तोमा दिने इच्छा भयोे दियौ । यसमा कसरी सम्भव भयो भन्ने कुरै आउँैन ।
गोरखा डिपार्टमेन्टले हाल कहाँको उत्पादित चिनी विक्री गरिरहेको छ ?
–अहिले हामीले नेपालकै चिनी विक्री गरिरहेका छौं ।
नेपालको चिनी कसरी पर्छ अहिले ?
–त्यो कसरी पर्छ मलाइ थाहा छैन तर हामीले बेच्ने चाहिँ रु ६५ प्रतिकेजी नै हो ।
सरकारको जिम्मेवार निकाय लेखा समितिले ६३ रुपैया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७० रुपैयाँ भन्छ । तर तपाइले ६५ रुपैयाँमै दिनु भएको छ । यसको रहस्य के हो ?
–रहस्य भन्दा पनि चिनीमा कृत्रिम अभाव गर्न खोजिएको देखिन्छ । उछाल्न खोजिएको छ । नेपालमा चीनिको अभाव छैन । प्रसस्त स्टक छ नेपालमा । तर जस्तो उछाल, पछार गरेनी हामीलाइ मतलब छैन । हामी हाम्रा ग्राहकहरुलाई चाडपर्वको बेलामा मूल्यमा अन्यायपूर्ण काम गर्न सक्दैनौं । हाम्रो आत्माले दिँदैन । हामी ६५ रुपैयाम नै हामी सँग भएको चिनी बेच्छौं ।
चिनीमा कृत्रिम अभाव कस्ले गर्न खोजेको हो ?
–म यसमा कसैलाई दोष दिन चाहन्न । हामी आफै हौ भन्छु । जसले पनि म म भन्दा हुन्छ । अरुलाई दोष दिएर केही हुँदैन ।
आफ्ना ग्राहकहरुलाई दशैका अवसरमा के भन्न चाहनुहुन्छ ?
–हामीसँग भएको स्टक मध्ये कहीँबाट पनि (पाँचवटै शाखा) कुनैपनि समानमा मूल्य बृद्धि गरेर बेच्दैनौं । त्यसमा सबै ग्राहकहरुलाइ ढुक्क हुन आग्रह गर्दछु । हामीसँग पर्याप्त स्टक छ । सामान सिद्धिन्छ कि भनेर नआत्तिनु भए हुन्छ ।
