समितिलाई सहयोग गरेको भन्दै दुव्यर्वहार

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले कम्युटर शाखाका कर्मचारी सञ्जिव कर्णमाथि हातपातको प्रयास गर्दै दुव्र्यवहार गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनिायरले उपकरण खरिदलगायतमा चरम भ्रष्टाचार गरेको उजुरी सम्बन्धित निकायमा
परेपछि कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन टोलीका सदस्यद्वय प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल र कुलसचिव तुलबहादुर श्रेष्ठलाई छानविनमा सहयोग गरेको भन्दै कर्णले आफूमाथि दुव्र्यवहार भएको बताउनु भएको छ ।
विगत २५ बर्षदेखि प्रतिष्ठानमा कार्यरत, कर्मचारी कल्याण समाजका सदस्य समेत रहनु भएका कर्णले लिखित रुपमै आफूमाथि भएको दुव्यर्वहारका सम्बन्धमा समाजलाई जानकारी गराउनु भएको छ । अस्पताल निर्देशकको कार्यकक्षमा भएको दुव्र्यवहारका सम्बन्धमा लिखित रुपमा समाजलाई दिएको जानकारीका समन्धमा कर्णले भन्नुभएको छ असोज १४ गते अपरान्ह ५ः१५ बजे कार्यालय समय पश्चात अस्पताल निर्देशकले आफ्नो कार्यकक्षमा आउन निर्देशन दिएको र ५ मिनेटमैै अस्पताल निर्देशकको कार्यकक्षमा पुगेको बताउनुभएको
छ । कार्यकक्षमा प्रवेश गर्नासाथ सँगै रहेका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले तिमी रजिष्ट्रारको कार्यकक्षमा किन गएको ? जानु पर्दैन । रजिष्ट्रारले अह्राएको कुनै पनि काम गर्नु पर्दैन । शिक्षाध्यक्ष र रजिष्ट्रारले मेरो के छानविन गर्छ ? मेरो छानविन गर्ने तिनीहरुको औकातै छैन । मेरो पावर यिनीहरुलाई थाहै छैन । मैले के के गर्न सक्छु । स्वास्थ्यमन्त्री को हो मेरो छानविन गर्ने जस्ता यावत कुरा गरेर आफूलाई तर्साएको कर्णले लिखित रुपमा समाजलाई जानकारी गराउनु भएको छ । त्यसपछि अस्पताल निर्देशक एक्कासी आवेगमा आएर कुट्न झम्टिएको र त्यसबेला उपकुलपति, सहायक अस्पताल निर्देशक, समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गले अस्पताल निर्देशकलाई रोकेको बताउनु भएको छ । अस्पताल निर्देशक, उपकुलपतिले गरेको दुव्र्यवहारका शब्दहरु प्रयोग गर्न नसक्ने भन्दै कर्णले अस्पताल निदेशकले उपकुलपतिको उपस्थितिमा गाली गलौज र दुव्र्यहार हुनुले कार्यालयमा उपस्थित भएर सहज ढंगले काम गर्न सक्ने वातावरण नरहेको भन्दै लिखित रुपमा समाजको ध्यानाकर्षण गराउनु भएको छ ।


कर्मचारी कर्णमाथि भएको दुव्र्यवहारप्रति समाजलले समेत गम्भीर ध्यानाकर्षण भएको भन्दै घट्नाको निन्दा र भत्र्सना गरेको छ । असोज १५ गते समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ, प्रतिष्ठानको कम्युटर शाखाका अधिकृत तथा समाजका सदस्य असोज १४ गते अपताल निर्देशकको कार्यकक्षमा उपकुलपतिले गाली गरेको र अस्पताल निर्देशकले हातपात गर्न खोजेको घट्नाप्रति समाजको गम्भीर ध्यानाकषर््ाण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको उच्च पदाधिकारीहरुबाट आफू मातहतका कर्मचारीमाथि स्नेह, सद्भावपूर्ण व्यवहार, मेलमिलाप र सहकार्य हुनुपर्नेमा आफनो पदीय मर्यादाको समेत ख्याल नगरी जथाभावि गाली गलौज गर्नु हातपात समेत गर्ने प्रयास हुनु अत्यन्तै दुःखद् र लज्जास्पद हो। त्यस घट्नाप्रति समाज घोर निन्दा प्रकट गर्दछ । यसै सम्बन्धमा अस्पताल निर्देशक प्रा.डा.
गौरीशंकर साहसँग पटक पटक सम्पर्क
राख्दा पनि सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया