दुई तिहाई वहुमतको वर्तमान सरकरका विरुद्ध सत्ता पक्षीय दलभित्रैबाट सत्ता परिवर्तनका चलखेल शुरु भएको छ ।
एउटै जात र धर्मका दुई कम्यनिष्ट पार्टीको एकता असमान्य थियो । सत्ता हाँसिल गर्ने उद्देश्यले मात्र दुवैको एकीकरण भएको बुझ्न अहिलेमात्र होइन त्यसबेला पनि प्रसस्त आशंकाहरु भएका थिए । विस्तारै ततकालीन एमाले र माआवादी केन्द्रबीचको एकता अप्रकाकृतिक र असमान्य रहेको प्रष्ट हुँदैछ ।
दुवै कम्युनिष्टले सत्तालाइ पहिलो प्राथमिकतामा राखेका थिए । निर्वाचनका दौरान एमालेप्रति मतदाताहको आर्कण बढ्दै गएको, नेपाली काँग्रेसप्रति वितृष्णा देखिएको र माओवादीप्रति मतदाताको कुनै रुची नै नभएको पाएपछि स्थानीय निर्वाचनमा नेपाली काँग्रेस निकट रहेको माओवादी प्रदेश र संसदको निर्वाचनमा एमाले निकट पुगेको थियो । माओवादी केन्द्र एमाले निकट पुग्नुमा उसको आफ्नो रोडम्यापमा पूर्ण सफल भएको छ भने एमालेलाई एकताले कुनै लाभ नभएको देखिन्छ । सांगठनिक रुपमा एमाले माओवादी केन्द्र भन्दा धेरै गुणा बलियो थियो यस कुराको हेक्का एमालेलाई नभएको होइन तर उसले सत्ताकै लागि माओवादीसँग एकताको जुवा खेलेको हो । पूर्ण रुपमा चुनावी परिणाम आएपछि मात्र दुवै दलबीच एकताको प्रक्रिया अगाडि बढेको हो । यसबाट प्रष्ट हुन्छ माओवादी सुरक्षात्मक रुपमा अर्थात सत्ताको आडमा सुरक्षित हुन चाहन्थ्यो । कार्यकर्ताको माओवादी नेताहरुप्रतिको आक्रोस र राष्ट्रिय अन्तर्राष्ट्रिय आफू पतिकूलका परिस्थितिलाई ऊ सहज बनाउन चाहन्थ्यो । तर एमालेलाई एकताले कुनै सांगठतिक रुपमा लाभ पु¥याएन सत्ता आरोहणमा मात्र उसलाई सहजता प्राप्त भयो ।
हाल आएर परिस्थिति वद्लिएको छ । दुई तिहाई वहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिन थालिएको छ । यो खेलको पछाडि प्रचण्ड ड्रक्टले काम गरिहेको छ । माओवादीलाई एमालेको बलियो संगठनमा विवाद सिर्जना गरेर भत्काउनु छ, केपी ओलीका विरुद्धमा आÏना र ओलीका इतरका सांसदलाई गोलमटोल गर्नुछ र सम्भव भएसम्म आफै प्रधानमन्त्री नभए एमालेभित्रकै अन्य प्रभावशाली पात्रलाई प्रधानन्त्री बनाउनु छ । प्रचण्डले यो अभियानलाई आन्तरिक रुपमा अगाडि बढाइसकेका छन् । सम्भवत प्रचण्डको आन्तरिक योजनाबाट प्रधानमन्त्री ओली पनि अनविज्ञ छैनन । पछिल्लो समय पाटीको प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडाहरुमा जिम्मेवारीका कुरालाई लिएर जुन झमेला सिर्जना भएका छन त्यसलाई समेत ओली वहिर्गमनको एउटा पाटोको रुपमा लिन सकिन्छ । दुवै पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणको अवसरमा एक व्यक्ति एक पदको अवधारणमा सहमति भएको थियो । तर अहिले आएर एउटै व्यक्तिलाई वहु पद दिएपछि कार्यकर्ताबीचमा चरम असन्तुष्टि फैलिएको छ । कायकर्ता बीचको असन्तुष्ट छताछुल्ल हुने क्रम बढिरहेको छ । कायकर्ताबीचको चरम असन्तुष्टिले न सरकारका काम कारबाहीले गति लिन सक्छ न संगठनले गति लिनसक्छ । एउटै व्यक्तिलाई वहुपदमा अवसर दिँदा इमान्दार, जुझारु र पुराना कार्यकर्तामा व्यापक असन्तुष्टि चुलिनु स्वभाविक हो । विगतमा नेपाली काँग्रेसमा समेत यही प्रवृत्तिले काम गरेको थियो

