महेन्द्र पिकअप दुर्घटना हुदा २ जनाको घट्ना स्थलमै मृत्यु

धरान÷धनकुटाको सागुरीगढीबाट धरानतर्फ आउदै गरेको महिन्द्र पिकअप भेन ब्रेक फेल भएर दुर्घटना हुदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
को १ ज १६२० नम्बरको जिप धनकुटाको सागुरीगढीबाट धरानतर्फ आउदै गरेको अवस्थामा बं्रेक फेल भई पल्टिएको थियो ।
घट्ना स्थलमै मृत्यु हुनेमा सागुरीगढी १० की ६१ बर्षीया देवीमाया सुनुवार र सोही स्थानकी ३१ बर्षीया सुककुमारी राई रहेका छन् । दुर्घटनामा परी घाइते ९ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा सागुरीगढी १० की ३६ बर्षिया पञ्चमाया राई, उनका छोरा १४ बर्षिय सन्दिप राई,१२ बर्षिय युवक जंग राई र ११ बर्षिया छोरी युनिषा राई रहेका छन् । यसैगरी सागुरीगढी १० आहालेका २८ बर्षिय काशीराम राई, सोहीका १४ वर्षीया सनम राई, ३६ बर्षिया चन्द्रमाया राई,१२ बर्षिया लक्ष्मण राई, चन्द्रकला राई लगायत रहेका छन् । उनीहरुको अवस्था सुधार हुदै गएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया