करेण्ट लागेर एकको मृत्यू

बसन्तपुर, तेह्रथुम÷लालिगुरास नगरपालिका–४ चित्रेमा करेण्ट लागेर एक व्यक्तिको मृत्यू भएको छ । सोमबार अपरान्ह ५ बजे तिर
घरको छाना छाउने क्रममा
करेण्ट लाग्दा महालक्ष्मी नगरपालिका धनकुटा बस्ने ५५ बर्षिय भैरब बहादुर थापाको ज्यान गएको हो । घरको छाना माथिबाट टाँगिएको बिजुलीको तार छोएपछि करेण्ट लागेर घाईते भएका थापालाई उपचारका लागी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको जिल्ला प्रहरी कायालयका प्रमुख टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमका लागी बसन्तपुर ल्याईएको छ ।

तपाईको प्रतिक्रिया