धरान ÷लामो समयदेखि सुस्ताएको रङ्गमञ्चलाई आरम्भ नाट्य डबलीले विविध कार्यक्रमलाई अगाडि सार्दै पुनः सक्रिय बनाउन थालेको छ ।
दुई दशक अगाडि सक्रिय
रंगमञ्च सुस्ताउदै गएपछि यसलाई जीवन्तता दिन जरुरी रहेको ठान्दै
आरम्भले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गरेर
रंगमञ्चीय कार्यशालाको आयोजना समेत गरेके छ ।
बाल अधिकार, बाल संरक्षणमा समेत नाटकमार्फत जनचेतना फैल्याउर्दै आएको रंगमञ्चलाई जीवन्तता राख्न पुस्ता हस्तान्तरण आवश्यक ठानी विभिन्न विद्यालयका विद्यार्थीहरुलाई समावेश गरी कार्यशालाको आयोजना गरेको हो ।
नाट्य क्षेत्रलाई सक्रिय बनाउदै आएको आरम्भले चौथो पटक रंगमञ्च कार्यशालाको आयोजना गरेको हो । २०५७ साल देखि सुस्ताएको धरानको रंगमञ्चलाई १६ वर्ष पछि ब्युताउँदै दुई वर्ष अघि देखि डबलीले रंगमञ्चीय कलाकारहरु उत्पादनमा जोड दिदै आएको हो । यस वर्षको शुरुवात संग गत जेठमा दुई चरणमा करिब ४० जनालाई कार्यशालामा सहभागि गराई सकेको डबलीले चौथो चरणका लागि ३० जना बालबालिकाहरुलाई सहभागि गराएको छ ।
धरान वडा नम्बर १४ का ४ वटा विद्यालयहरुमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई १५ दिने कार्यशालामा सहभागी गराएको हो । शनिबार एक कार्यक्रमको आयोजना
गरि धरान उपमहानगरपालिकाका सामाजिक विकाश महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडाले कार्यशालाको उदघाटन गर्नुभयो ।
हप्ताको दुई दिन शुक्रबार र शनिबार मात्रै संचालन हुने कार्यक्रम १५ दिन सम्म चल्ने डबलीका अध्यक्ष गोपाल देवानले बताउनुभयो ।
धरानको रंगकर्ममा भौतिक
संरचनाको अभावले कलाकारहरुलाई सास्ती भोग्नु परेको बताउँदै देवानले
रंगमञ्च हल निर्माणमा धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । उहाले थियटर हल, प्राविधिक सामग्री र अन्य साधन स्रोतहरूको अभाव हुदाँ नाटक मञ्चन गर्न समस्या रहेको बताउनुभयो । अब स्थानीय सरकार आइसकेकेपछि यस्ता विविध समस्याको समाधानमा स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
निशुल्क आयोजना गरिएको कार्यशालाका लागि धरान वडा नम्बर १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले ५ हजार आर्थिक सहयोग गर्नुभएको थियो । कार्यशालामा दन्तकाली मावि, विजयपुर उच्च मावि, आईडियल मावि र पिण्डेश्वर संस्कृत विद्यालयका विद्यार्थीहरु सहभागि भएका छन् ।
