घण्टाघरबाट हेर्दा

नस्विकर्ने रे
हाम्रा बाबु बाजेले भन्थे जुन थजालमा खायो त्यही थालमा आँची गर्ने ? मस्तिक्सले त्यतिबेला बूढाहरुले के भन्या होला जस्तो लाग्थ्यो तर अहिले आएर छर्लङ्ग भएको छ । बुढाहरुले भन्या त्यो उखान यतिबेला प्रदेश नं. २ का मख्येमन्तरी लालबाबु
राउतमा ठ्याक्कै मेल खाएको छ । नेपालको संविधान स्विकादै स्किार्दिन भनेर संंविधान दिवस समेत नमनाएका राउतको बुद्धिचाहिँ मान्नैपर्छ । उन्ले संविधान स्विकार्दिन भनेर संविधान दिवस पो मनाएनन छ । त्यही संविधान अनुसार मुख्येमन्त्री भा’कै छन्, गाडी घोडडा सुविधा, भत्तो पाकै छन् । मान्दिन र मनाउदिन भन्दा के फरक प¥यो र ? नेपालको संविधान अरु पनि थुप्रैले मन्या छैनन् । मान्या भए संघीयतै खारेज गर भनेर कालो झण्डा बोकेर देशैभरि प्रदर्शन हुने नै थिएन । काठमाण्डौमा पर्धानमन्नतरी, मन्तरीले माने भै’गो नि अरुले मानु कि नमानुन ।
कहिले अरिंगाल कहिले मौरी
पर्धानमन्तरी आच्या नेक्पाका प्रथम अध्यक्षेको निर्देशनले यतिबेला देशैभरिक कार्जेकर्ताहरु अलमलमा प¥या छन् । विचाराहरु किन अलमलम नपरुन त ? ओलिको बोलीको टुंगै छैन कैले आफ्ना कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिन्छन् त कहिले माउरी बन भन्छन् । छिनछिनमा वात फेरेसी’ काजेकर्ता अलमलमा पर्नु त स्वभाविक हो । देशैभरि बलात्कारी र हत्याका विरुद्धमा आन्दोलन मच्चेर आफ्नै राजीनामा माग्न थालेसी उन्ले अरिंगाल भएर विरोध गर्नेलाई डस्न निर्देशन दिए । फेरि अस्तिका दिन कुन ग्रहले छुयो कुन्नि माहुरी बन भनेर निदेशन दिए । थुतुनोको टुंगो नभएसी कार्जेकता के बन्ने के बन्ने भनेर दोधारमा पुगेका छन् । ओलीको बोलीले मथिगलले कामै गर्न छोडेसी अधिकांश कार्जेकर्ता धमाधम पार्टी छाडेर सुइँकुच्चा ठोक्नु थाल्या छन् ।
फुटबल खेल्ने रे
पेटिकोट मात्र लगाएर काठमाण्डौको माइतीघर मण्डलामा बुरुक्क बुरुक्क उफ्रेर आन्दोलन गर्ने सामाजिक अभियन्ता सावित्री सुवेदी यतिबेला नेपाली आन्दोलनकी सुपरहिट भएकी छन् । सिके राउतका कार्जेकर्ताहरुले मधेश देश नेपाल हैन भनेर संविधान दिवसका दिन व्यानर कालो झण्डा लिएर आन्दोलन गरेसी सुवेदीको पारो त्यसै त्यसै तातिएर आएछ । उन्ले प्वाक्क बोलिन सिके राउतको टउको भिडेर फुटबल खेल्नुपर्छ रे । हैन सुवेदी फुटबल खेलाडी पनि हुन कि क्या हो ? फेरि फुटबल खेल्न सिके राउतको नमिलेको टाउको भन्दा राम्रा राम्रा टाउका अरुका पनि छन् । सत्ताका चास्नी खाएर गोला टाउका भाकाहरुको फुटबल खेल्दा झनै मजा आउँछ कि ?
का“ग्रेसले हराइदिन्छ
झालेमालेका पूर्व उपाध्यक्षे वामदेउ गौतम बाजेलाई एउटा समूह जसरी भए नि सांसद बनाउने ध्यान्नमा लाग्या छ । रोल्पाबाट सासद बन्न गौतम वाले धेरै प्रयास गरे । तर केही गरी नचलेसी यतिबेला बाँके क्षेत्र नं ३ मा आँखा गाड्न थाल्या छन् । बाँके ३ बाटै चुनाउ लडे नि उन्लाई काँग्रेसले हराएरै छाड्ने रे । काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले भन्या वाउदेउ जहाँबाट उठेनी काँगेसले हराइदिन्छ रे । आपैm त महादेव उत्तानो टाङ्ग कस्ले देला वर भनेझै विचरा शर्मा आफै झापाबाट चिप्लए । अहिले बामदेउलाई हराइन्छ भनेर किन फूर्ति लगाएको होला ? मच्चियो मच्चियो आफै थच्चियो भनेझै होला है शर्मा ज्यू । देशैभरि काँग्रेस सिनित्तै बढारिएको बेला यसो थुतुनोचाहिँ जोगाएरै बोल्ने कि ?
पर्ने भए फन्दामा
लाटो लड्छ एक बल्ड्याङ्ग बाठो लड्छ दश बल्ड्याङ्ग भन्थे हो रै’छ । माउवादीमा छँदा अमत्याई लागेर जथाभावि बोलेर प्रचण्डाउले जोर लात्ती पड्काका थे । विचारा वल्लो घाट न पल्लो तिरको भएसी’ नयाँ शक्ति पार्टी खोलेर फाइफुइ गर्न थाले । निर्वाचनमा समेत सिनित्तै भएसी बाउराम अलि बर्बराउन थाल्या थे । मुढ फ्रेस गर्न कहिले का कहिले कता दौडिरा थे । अस्तिका दिन त अम्रिका पुगेछन् । यसो दुई चारदिन
रिल्याक्स गरमला भनेर सोच्या थे क्यारे उल्टा भैदियो । बाउरामै कारण देशै छोडेर बाँच्न अम्रिका पुगेकाहरुले तिन्का सातो उडाइदिए । गो व्याक हत्यारा भन्दै नारै लगाए । क्या फसाद † यता आयो कसैले पत्याउँदैनन् उता गयो त्यस्तै हालत छ । हुँदाहुँदा बाउरामको विरुद्धमा इन्टरनेशनल क्रिमिनल कोर्टमा मुद्दा समेत हाल्ने तयारी गरेछन् । त्यति साह«ो त नगरिर्दिया भे हुन्थ्यो क्यारे । आखिरी विचरा मुसी भव भनेर नेपालका जन्ताले सराप दिइसक्या छन् । कि कसो हौ ?
घरेलु मन्तरीको खोकाइ
पहिला पहिला घरेलु मन्तरीको खोकाई कम्ता आशा लाग्दो थेन । या गर्छु, त्या गर्छु, कसैलाई छोडिन्न भनेर कम्ता उफ्रन्दैनन् थे । लास्टाँ उही हात्ती आयो हात्ती आयो फुस्सा । अब हेरम न ३३ केजी सुन तस्कर र सनम शाक्य हत्याका हत्यारा जतिसुकै ठूला माछा भए नि छोडिन्न भनेर सानो खोकाई थिएन । सुनको कनेक्सन माथिसम्मै भएपछि घरेलु मन्तरीको अपानवायु नै बन्द भयो । यसो
गिराफ्तार गरी टोपल्याहरु पनि अदालतबाटै लुतु लुतु निस्कन थाले । घरेलु मन्तरी खोकाई कामै लागेन । पहिला पहिला जोड तोडले खोक्छन् त्यसपछि उन्को खोकाइ कम हुँदै जान्छ । शायद रामै्र टनिक पुगेर होला । यातायात व्यवसायीहरु नि टनिक दिए, गोरे एण्ड कम्पनीले नि टनिक दिए, कामै नगर्ने ठेकेदारले नि टनिक दिए, चारैतिरबबाट ब्रिफकेशमा टनिक पुगेसी जाबो खोकाई त्यसै मत्थर हुने नै भयो । जे होसे हाम्रा घरेलु मन्तरी आइडियावाल चाहिँ हुन् । पहिला जोडजोडले खोक्यो त्यसपछि टनिक सप्लाई गर्नेहरुको ताती लाग्छ ।
अरिंगाल
हाम्रा पर्धानमन्तरी यतिबेला २१ सदस्ये बयस्क अरिंगाल लिएर अम्रिकातिर हान्निएका छन् । पर्धानमन्तरीसँग गा’का अरिंगालहरु अन्त्यन्तै बलिष्ट र शक्तिशाली छन् । तर यता भएका अरिंगालहरु तिल्मिलाउन थाल्या छन् । आफ्नो विरोध गर्नेहरुलाई अरिंगाल बनेर डस्न सुझाएका पर्धानमन्तरीलाई विचरो के थाहा तिनका पहिलाका अरिंगाल कार्यकर्ता झिँगे भैसक्या छन् । तिनमा अरिंगालको जस्तो भुन्भुनाउने ताकतै छैन । झिँगे भनुभुन गर्दै हिड्या छन् । गाँठी कुरा थाहा पाएरै होला पर्धानमन्नतरीले अम्रिका उड्नु भन्दा अगाडि अरिंगाल बन्न नसके पनि मौरी त बन भनेर जुम्ल्याहा हात गर्नु प¥या थ्यो । झिँगे भैसक्या काजेकर्ता माहुरी बन्न पनि सक्ने कुरै भएन ।
अन्तेमा
आÏनो मनको वह कसैलाई नकह त्यसै भन्या होइन । अब हेरम न गएको साता कञ्चनपुरकी निर्मला पन्तका वा आमा रुदै कराउँदै छोरीका हत्यारा खोजेर कारबाही गर्दिनुप¥यो भनेर वाल्वाटार र शितल निवास पुगेछन् । वाल्वाटारे मुखिया र शिलत निवासकी मुखिनीको आफन्ै पीडा छ । मुखिनीले आफ्नै पतिका हत्यारालाई आजसम्म अँठ्याउन सकेकी छैनन् भने मुखियाले आफ्ना नेता मदन भण्डारीका हत्यारालाइ फेला पार्न सक्या छैन । त्यसबेला निर्मला पन्तका हत्यारालाई अठ्या भन्दै आन्दोलन भन्दा ठूलठूला आन्दोलन भा’थ्यो ।
रत्न पार्कका रेलिङ्ग भाँचिएका थिए । गाडी घोडा जलेका थिए । तर पनि हत्यारा अँठयाउन सकेनन् अब निर्मला पन्तका हत्यारा विचराहरुले कहाँबाट खाजेर ल्याउनु ?

तपाईको प्रतिक्रिया