धरान, ४ असोज ः सुनसरीको हरिनगार गाउपालिका २ मा गोली लागी घाइते भएका प्रहरी जवान शिवलाल पौडेलको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दाहिने खुट्टा र दाहिने कम्मरमा एक एक गोली लागेका उनको इनरुवाको सुनसरी जिल्ला अस्पतालामा प्राथमिक उपचारपश्चात धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएको हो ।
घाइते पौडेल खतरामुक्त भएकोे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अज्ञात समूहले हरिनगरामा हानेको गोली प्रहारबाट रियान नेशनल पब्लिकका प्रद्यानाध्यापक खुर्सिद आलमको मृत्यु भइसकेको छ ।


