धरान, ३ असोज ः संविधान जारी भएको तीन बर्ष पुगेको अवसरमा सरकारले राष्ट्रिय दिवसको मान्यता दिएसंगै देशभर आज साझ द्विप प्रज्वलन गरिएको छ ।
यसैबीच धरान उपमहानगरपालिकाका २० वटै वडा र मुख्य बजार भानुचौकमा समेत हर्षोल्लासका साथ साझ द्विप प्रज्वलन गरिएको छ ।
संविधान दिवसकै अवसर पारेर धरान १४ ले समेत विजयपुर चौकमा द्विप प्रज्वलन गरेको छ । धरान १४ वडा समितिको अगुवाईमा विजयपुर चौकमा द्विप प्रज्वलन गरिएको थियो ।
द्विप प्रज्वलनमा धरान उपमहानगरपालिकाका वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका स्थानीय नेता प्रेमप्रसाद पराजुली, पञ्कज घिमिरे, उत्तम आले लगायत सैयौ सर्वसाधारणको उपस्थितिमा हर्षोल्लासका साथ द्विप प्रज्वलन गरिएको हो । सो अवसरमा वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले नया संविधान जारी भएसंगै मुलुक संघीय संरचनामा गएको बताउदै धरान १४ विजयपुर धरानको धार्मिक पर्यटकीय क्षेत्र भएकोले मुुलुकमा स्थायित्व कायम भइसकेको अवस्थामा अब धरान उपमहानगरपालिकाले यसको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

















