बन्दले जनजीवन पूर्ण रुपमा अस्तव्यस्त

धरान÷अदालतको आदेशको अपहेलना, बलात्कार र हत्यारालाई संरक्षण, शान्ति सुरक्षाको कहाली लाग्दो अवस्था, सर्वसाधारणलाई राहत दिनुको सट्टा आहात बनाइएको भन्दै सरकारप्रति आक्रोसित माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले आवहान
गरेको हिजोको बन्दले जनजीवन पूर्ण रुपले अस्तव्यस्त बन्न पुग्यो ।
माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङ्गले आइबार एक विज्ञप्ती प्रकाशित गरी दलाल सरकारका विरुद्ध आवहान गरिएको बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेनन् भने बजार पसल, उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्थाहरु समेत पूर्ण रुपले बन्द रहेका थिए । धरानबाट पहाडी मार्ग चल्ने कुनै पनि सार्वजनिक यातायातका साधन चल्न नसक्दा सैयौ यात्रीहरु अलपत्र परेका थिए । यसैगरी धरानबाट पूर्व, पश्चिम चल्ने कुनै पनि सवारी साधनहरु चलेका थिएनन् ।
अध्यक्ष गुरुङ्गले जारी गरेको विज्ञप्तीमा भनिएको छ, हाम्रो पार्टी सदैव देश र जनताको पक्षमा सशक्त रुपमा प्रस्तुत हुँदै र संघर्ष गर्दै आएको कुरा अगवतै छ । देशमा स्थायी सरकार रहेता पनि जनताको न्यूनतम आधारभूत आवश्यक्तालाई राज्यले गम्भीर रुपमा ध्यान दिएको छैन । अहिले पूर्णत ः नेपाल सरकार जनताका आवाजहरुलाई कुण्ठित गरी दमनमा उत्रिएको छ । समाजमा व्यापक रुपमा बलात्कारका घट्नाहरु दिनदहाडै चरम रुपमा बढेको छ ।
राज्यले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको सट्टा उल्टै दोषीलाई लुकाउन खोजेको देखिएको छ । राज्यको यस्तो रवैयाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ राज्यले न्यायालय नैै बदनाम हुने गरी चौथो पटक रिहा भएका विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई पटक पटक गिराÏतार गरिरहनुले देशकै सर्र्वोच्च अंग अदालतको पनि खिल्ली उडाएको देखिन्छ । निर्माला पन्त र प्रकाण्ड लगायत नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण कार्यकर्तालाई न्यायको माग गर्दै बन्दको आवहान गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया