ग्लोबल आइएम वैक र विजयपुर हस्पिटलबीच सम्झौता

धरान÷नीजि क्षेत्रबाट सञ्चालित, अत्याधनिक, सम्पूर्ण उपचार सेवा प्रदान गर्दै आएको यहाँ स्थित विजयपुर हस्पिटल प्रा.लि र ग्लोबल आइएमई बैंक बीचमा आइतबार एक सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक लि.सँग सम्झैता भएपछि बैंकसँग कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलले प्रदान गर्दै आइरहेको सेवा तथा सुविधामा विशेष छुट दिने सम्र्झाैंतामा उल्लेख गरिएको छ । सम्झौता पत्रमा हस्पिटलका तर्फबाट निर्देशक प्रभाव खतिवडा र बैंकका तर्फबाट धरान शाखाका म्यानेजर लक्ष्मी डुम्रेले हस्ताक्षर गर्नुभएको छ । चारबुँदे सम्झौतामा अब उप्रान्त विजयपुर हस्पिटलमा उपचार गर्न आउने ग्लोबल आइएमई बैंकका ग्राहकहरुले औषधिमा ५ प्रतिशतन र अन्य सेवामा १० प्रतिशत छुट पाउने हस्पिटलका निर्देशक प्रभाव खतिवडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया