गोरखा स्मृति पार्ककको पहिलो चरणको काम शुरु हुदै

धरान/ सुनसरीको विष्णुपादुका माछामाराडाडामा निर्माण गर्न लागिएको गोर्खा स्मृति पाकको पहिलो चरणको काम निर्माण हुने भएको छ ।
वृटिश गोर्खा स्मृति पार्क समितिले धरानमा पत्रकार सम्मेलनको आयोजना गरी १ महिनाभित्रमा पार्कको निर्माणको कार्य शुरु हुने जानकारी दिएको हो ।
दुई बर्ष अगाडि वृटिश सेनामा
कार्यरत रहादा वीर गति प्राप्त गरेका सैनिकहरुको सम्झनामा पार्क बनाउने उद्देश्यले शिलान्यास गरे पनि बजेटको अभाव र धरान ६ भानुचौकमा वृटिश गोर्खाहरुले सपिङ्ग कम्प्लेक्स चलाउने उद्देश्यले भवन निर्माण कार्य सम्पन्न गर्न नै समय लागेकाले गोर्खा स्मृति पार्क निर्माण हुन सकेको थिएन ।
त्यसबेला  भिसी (भिक्टोरिया क्रस) रामवहादुर खेवा लिम्बुले पार्कको उद्घाटन गर्नु भएको थियो । शिलान्यास भएपनि निर्माणको काम शुरु भएको थिएन ।
सन २०१५ सालसम्ममा निर्माण सम्पन्न गर्ने उद्देश्यले शुरु गरिएको सो पार्कको लागत ४ करोड लाग्ने समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष गजेन्द्र इस्वोले एक महिनादेखि व्रिटिश गोर्खा भूपूहरुको पहिचान, पूर्खाहरुको सम्मान तथा अभिलेख, अनुसन्धान सहितको थलो पर्यटकीय आकर्षण केन्द्र बनाउने महत्वाकांक्षी योजनासहित शुरु गरेको यो कामले निरन्त्ता नपाएको स्वीकार्दै एक महिनापछि देखि निर्माण कार्यलाई थालनी गर्ने जानकारी दिनुभयो ।
१२ विघा जग्गा खरिद गरेर नमुना गोर्खा स्मृति पार्क निर्माण गर्न लगेको े स्थानमा पार्क,बगैचा, पिकनीक स्पोर्ट, गेष्ट रुम र होटल समेत निर्माण गरी  एक पर्यटकीय स्थलका रुपमा गोर्खा स्मृति पार्कलाइ राष्टिय स्तरमा चिनाउने मुख्य उद्देश्य रहेको निर्माण समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया