जबरजस्ती गर्‍यो भने हामी पनि उखेलेर फाल्छौं मुलुक संघियतामा जान लाग्यो भोलिको अवस्था बेग्लै हुनसक्छ

वृषबहादुर गुरुङ्ग । धरानको सामाजिक गतिविधिमा सक्रिय पूर्व वृटिश सैनिक । गुरुङ्गको व्यक्तित्व केलाउनु पर्दा उहाालाई धरानेहरुले अलग अलग ढंगले प्रस्तुत गर्छन् । हरेक कुराको सुक्ष्म अध्ययन पश्चात मात्र परिपक्व ढंगले आफ्ना धारणा राख्ने भएकै कारण गुरुङ्ग धरानेहरुका बीचमा आदरणीय समेत हुनुहुन्छ ।
ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग गाविस वडा नं. ६ चप्लेटीमा जन्मनु भएका गुरुङ्ग २०३२ सालदेखि धरानमा स्थायी बसोबास गर्दै आउनु भएको छ । धरान पूर्वेलीहरुको बाहुल्य रहेको शहर भन्न रुचाउनु हुने गुरुङ्ग समाजसेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । धरानका आधा दर्जन संघ संस्थामा सक्रिय गुरुङ्गले साढे १७ बर्ष वृटिश सेनामा १५ बर्ष बहराइन एयरपोर्ट र २ बर्ष अफगनास्थान गरी झण्डै साढे ३४ बर्ष बाहिर बसी विविध क्षेत्रको लामो अनुभव बटुल्नु भएको छ ।
धराने जनतासाग कुनै प्रकारको छलफल र परामर्श नै नगरी एसियाली विकास बैंक तथा नेपाल सरकारको ऋण तथा अनुदान सहयोगमा सन् २०१७ देखि २०३१ सम्मको अल्पकालीन खानेपानीका लागि धरानका ९० प्रतिशत जनताले विरोध जनाउादा समेत एडिवी र त्यसका दलालहरुले जबरजस्ती गरेकोमा गुरुङ्ग आक्रोसित हुनुहुन्छ । हामीलाई एडिवीको ऋण चाहिादैन खानेपानीमा एडिवीको लगानी स्वीकार्य हुादैन भनेर धराने जनताले विरोध गर्दा पनि धरान नगरपालिका र एडिवीका मतियायारहरुले जबरजस्ती गर्नुलाई कमिशनको डरलाग्दो खेलको रुपमा गुरुङ्ग लिनुहुन्छ । हामी एडिवीको ऋण खाादैनौ भन्दा पनि जबरजस्ती कोच्याउन खोज्नुको रहस्य कमिशनकै खेल हो गुरुङ्ग भन्नुहुन्छ । स्थानीय जनसहभागिता बिना कुनै पनि विकास निर्माणका काम पूरा हुन नसक्ने गुरुङ्गको तर्क छ । आइएलओ १५९ ले समेत जल, जंगल र जमिनमा स्थानीयको अधिकार रहने स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा दुई चार जनाको षड्यन्त्रले एडिवीको लगानी धरानमा भित्र्याई खानेपानी संस्थान कब्जा गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुनेमात्र हैन त्यसबेला उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार, एडिवीका दुईचार जना मतियार नै हुने उहााको चेतावनी छ । पोखरामा ब्लाकलिष्टमा परेको एडिवीलाई बुटवल, नेपालगञ्ज, पनौति लगायतका स्थानबाट स्थानीय जनताले खेदाइसक्दा पनि धरानमा जबरजस्ती गरेको प्रति उहाा भननुहुन्छ–धराने जनताले यहााबाट समेत खेद्छन् । धराने जनता लाटा र सोझा छन् भनेर ऋणको भार बोकाइ संस्थान कब्जा गरी अल्पकालीन योजना ल्याउनुको कुनै तुक छैन । नेपाल खानेपानी संस्थानले धरानमा दीर्घकालीन रुपमा ८०–९० करोडभित्रै चतराबाट पानी ल्याउन सकिने लागत इस्टिमेट पेश गरिसकेको अवस्थामा दुई अर्ब १६ करोडमा अल्पकालीन योजना धरानेहरुलाई स्वीकार्य नभएको गुरुङ्गको धारणा छ । यसपटक हामीले धरानका यिनै सचेत नागरिक वृषबहादुर गुरुङ्गसाग खानेपानीमा एडिवीको लगानीका सम्बन्धमा वार्ता गरेका छौं । प्रस्तुत छन् वार्ताका सारसंक्षेप :–

द्धठूलो ऋण लगानीमा एसियाली विकास बैंकले धरानमा अल्पकालीन खानेपानीको योजना जुन ल्याएको छ त्यस सम्बन्धमा तपाइको धारणा के छ ?
–मेरो व्यक्तिगत धारणा भनेको खानेपानी, खानेपानी संस्थानले नै खुवाउनुपर्छ । हाल खानेपानी संस्थान धरानले ८३ प्रतिशत धराने जनतलाई पानी खुवाइरहेको छ । १० प्रतिशतमात्र थप गर्ने भनेर धरान नगरपालिकाले एडिवीसाग २ अर्ब १६ करोड ऋण लिएर २०३१ सम्म मात्र पानी खुवाउने भनेर ऋण लिएको छ । यो ऋण धराने जनताको थाप्लोमा हाल्दै छ । खानेपानी संस्थानले सप्तकोशीको पानी ८०–९०
करोडमै धरानमा दीर्घकालीन रुपमा पानी ल्याउन सकिने बताइरहादा २ अर्ब १६
करोड त्योपनि अल्पकालीन योजना धराने जनतालाई स्वीकार्य हुनै सक्दैन । यो अत्यन्तै महंगो हो । त्यतिमात्र हैन खानेपानी संस्थानकै स्रोत साधन कब्जा गरेर २०३१ सम्म मात्र खुवाउने रे । पहिलो १५ बर्षका लागि भनेर एग्रिमेन्ट गरिसकेको अवस्थामा धराने जनताले विरोध गर्न थालेपछि ५० बर्ष, १ सय बर्ष ग्यारेन्टी भन्नुहुन्छ । यो दोधारे गफ भयो । पहिला १५ बर्षको सम्झौता गर्ने अनि अहिले दीर्घकालीन भन्ने ? उहााहरुले फकाउन यसो भनेको देखियो । नियत नै साफ देखिएन । उहााहरुले धराने जनतालाई झुक्याएर संस्थान कब्जा गर्ने मनसाय मात्र राखेको देखियो ।
द्धधराने जनतालाई किन यसरी झुक्याउन खोजिएको त ?
–यो सबै कमिशनको खेल हो । यसमा दुईमत छैन । एडिवीको यत्रो लगानी हुने भएपछि धराने जनतासाग कुनै सल्लाह,
परामर्श गरिएन । नगरपालिकाका कर्मचारी र दुई चारजनालाई सहभागी गराएर एडिवीसाग सम्झौता गरिएको छ । अझ भनौ लुकेर सम्झौता भएको छ । उनीहरुले सम्झौता गर्नु भन्दा अगाडि वडा वडामा आएर एडिवीको ऋण यस्तो हो, पानीमा यसरी लगानी हुन्छ, यति ऋण ल्याउादै छौं, ऋण कसरी तिर्ने, कति बर्षमा तिर्ने भन्ने कुरा राख्नुपथ्र्यो । धराने जनता भनेको दुई चार जना त हैनन् होला । फेरि अर्काको थाप्लोमा ऋण थोपर्ने अधिकार यिनलाई कसले दियो ? उनीहरुले ऋण ल्याएर २५ बर्षमा ऋण तिर्ने भन्छन् । तर २०३१ सम्मको अल्पकालीन योजना यिनीहरु नै भन्छन् । २५ बर्षमा ऋण तिर्दा नतिर्दै पानीको स्रोत त सबै सुकिसक्छ । त्यसपछिको १० बर्षचाहिा कहाा गएर धरानेहरुले पानी खाने ? एउटा ऋण नतिर्दै के फेरि अर्को ऋण लिने ? यो विषय धराने जनताले बुझ्न अति आवश्यक छ , जरुरी छ । हामीले भारी कस्तो बोक्दै छौं त्यसप्रति सचेत हुनुपर्छ । यहााका नेताहरुले एडिवीकै ऋणलाई लिएर विभाजित गराउने काम समेत गर्देछन् । एउटा सानो सुकुम्बासीको समूहलाई प्रभावमा पारेर एडिवीको समर्थनमा उतारेका छन् । तर उनीहरु पनि विस्तारै कुरा बुझ्दैछन् । सुकुम्बासी, गैर सुकुम्बासी सबैलाई सुविधा हुनुपर्छ ।
द्धयस्ता योजना ल्याउन ८० प्रतिशत भन्दा बढी स्थानीय बासिन्दाको समर्थन चाहिन्छ भन्ने छ तर धरानमा एडिवीका विरुद्धमा ९० प्रतिशत भन्दा बढी जनता विरुद्धमा छन् तर पनि योजना लाद्न जबरजस्ती गरिदैछ किन त ?
–यो सबै कमिशनकै खेल हो । यही त अचम्म छ । धरानमा ९० प्रतिशत भन्दा बढी जनता एडिवीको विरुद्धमा छन् । अर्थात खानेपानीमा एडिवीको हस्तक्षेप धराने जनताले चाहेका छैनन् । ऋण त तिर्नुपर्छ । खानेपानीको जिम्मा नरपालिकाले लिने
हैन । आज सम्म धरान नगरपालिकाले कुनै पनि योजना पूरा गर्न सकेका छैन । जहाा हात हालेको छ ती सबै ठाउा लथालिंग अवस्थामा छ । धरान नगरपालिकाको अधिकृत स्थानीय हैनन्, आज यहाा छन् भोलि अर्को ठाउामा पुग्छन् । अर्का कर्मचारी
राजु पोख्रेल जो इन्जिनियर हुन् उनी पनि स्थानीय हैनन् । धरानको मायाा यहााका स्थानीयलाई हुन्छ । राजु पोख्रेल फेरि पानीको विज्ञ पनि हैन । घरको नाप नक्सा बनाउनेले पानीको सम्बन्धमा के जानकारी हुन्छ ? उनी के पानी विज्ञ हुन् ? पानीको विज्ञ नै नभएको मान्छेले पानीको सम्बन्धमा यति बर्षलाई पानी आउाछ भनेर भन्नु सफेद झुटमात्र हो । धााधली गर्नु झुटो बोल्नु सबैभन्दा ठूलो अपराध हो, पाप हो । खानेपानी जस्तो कुरामा मान्छेले धर्म गर्नु पर्ने ठाउामा अधर्म हुादैछ यहाा । फलानोले रोक्यो, ढिस्कोले रोक्यो, विरोध गर्‍यो भन्छन् । पानी ल्याउने हो भने त्यसै अनुसारको धराने जनतालाई बुझाउनु पथ्र्यो । पहिलादेखि नै शंकास्पद काम गर्दै आएपछि कसले विश्वास गर्ने ?
द्धएडिवीलाई जसरी पनि भित्र्याउन खोज्नेहरुले धराने जनतासाग वा नगरपालिकाका केही पदाधिकारी र दुई चार जना नेताहरुले धराने जनतासाग राय सल्ला लिएको भन्छन् त ?
–यो सरासर झुट हो, यहाा भन्दा अर्को झुट बोल्ने ठाउा नै हुादैन । धराने जनतासाग त सल्लाह सुझाव लिएको मलाई थाहा छैन । धरानको जनतासाग सल्लाह सुझाव लिएको भए त यत्रो विरोध त हुने थिएन होला । नगरपालिकाको लर्निङ्ग सेन्टरको हलमा दुई चार जना भेला भएर छलफल गरे होलान् । म पनि त धराने जनता हुा । खै कहिल्यै म मात्र हैन मेरा कुनै पनि साथीहरुसाग लिएको पनि थाहा भएन ।
द्धएडिवीले सााच्चै नै खानेपानीमा धराने जनतालाई सहयोग गर्न खोजको हो भने ८०–९० करोड संस्थानलाई दिएको भए पनि त हुन्थ्यो नि हैन र ?
–हो । उनीहरु पैसा खानेपानी संस्थानलाई दिन मिल्दैन भन्छन् । कस्तो अचम्मको
कुरा । खानेपानी संस्थानलाईचाहिा दिन नमिल्ने तर नगरपालिकामार्फत धराने जनतालाई ऋण बोकाउनचाहिा मिल्छ र ?
द्धजुन काम जसले गर्दैछ त्यसैलाई अपग्रेट गर्नुपर्ने हैन र ?
–हामीले पनि यही भनेका हौं । खानेपानीको काम खानेपानी संस्थानले गर्छ तर पैसा नगरपालिकालाई किन दिएको  ? ९०
करोड खानेपानी संस्थानलाई दिएमा हामी धरानका बासिन्दालाई कुनै आपत्ति छैन । हामी ऋण तिर्न तयार छौ खानेपानी संस्थानमार्फत आएमा । यसो हुदा संस्थान पनि बााच्छ र धराने जनताले सस्तो र दीर्घकालीन रुपमा पानी खान पनि पाउाछन् । खानेपानी संस्थान धरानको हाल १७ हजार ग्राहक छन् । २० हजारका दरले रकम उठाउादा ३४ करोड संकलन हुन्छ । संस्थानले पनि केही पैसा हाल्ने भनेको छ । २०३१ सम्मको अल्पकालीन योजनाका लागि
धराने जनता आफै लगानी गर्न तयार छन् भने किन एडिवीको ऋण खाने ? जबकी यही अल्पकालीन योजनाका लागि खानेपानी संस्थानले ३२ करोडमै पुग्ने भनिसकेको
छ । यो सबै टाठाबाठाको कमिशनको चक्कर हो ।
द्धअहिले एडिवीको बखान गर्दै हिाड्ने नगरपालिकाका केही कर्मचारीहरु सप्तकोशीको पानी खान लायक छैन भनेर हल्ला पिटाउदै हिडेका छन्, के सााच्चै चतराको पानी खान लायक छैन ?
–यो एउटा सुनियोजित षड्यन्त्र हो । अफवाफ फैल्याएर धराने जनतामा भ्रम सिर्जना गर्दैछन् । मैले पनि यहााको एउटा सञ्चारमाध्यममा कोशीको पानीमा इवोला भाइरस भेटियो भनेर छापिएको पढे । कोशीको पानीमा इवोला भाइरस भेटियो भने परिीक्षण गर्ने कुनचाहिा विज्ञ हो त्यसलाई जनताको अगाडि ल्याएर सोध्नुपर्छ ।
द्धकोशीको पानी त पहाडमा कोशी किनारमा बस्ने सबैले सैयौ बर्षदेखि प्रयोग गरिरहेका छन् । उनीहरु कसैलाई केही भएको आजसम्म जानकारीमा आएको छैन, हैन र ?
–सप्तकोशीको पानी पूर्वको सबैभन्दा खान उपयोगी भन्ने छ । विदेशी विज्ञहरुले यस भन्दा अगाडि गरेको परीक्षणले सप्तकोशीको पानी स्वास्थ्यकर भनेर रिपोर्ट दिइसकेका छन् । तर यहााका बिग्रिएका पानी विज्ञहरुले त्यसो भन्दै छन् ।
द्धयो धरानेलाई झुक्याउन मात्र हो त ?
–हो, धराने जनतालाई झुक्याउन मात्र नानाथरि हल्ला पिटाइएको छ । पहिला आगो निभाउने फायर नियन्त्रण गर्ने पाइप गाडियो । पानीचाहिा छैन । त्यसबेला मैले सोधेको थिएा त्यसमा पानीचाहिा कहााबाट आउाछ भन्दा पानी त भैहाल्छ भन्थे । खै अहिलेसम्म पनि त्यो खाली नै छ । एडिवीको पानी पनि मेरो हिसाबमा त्यही फायर नियन्त्रण गर्न गाडिएको पाइपजस्तोमात्र हुन्छ । उनीहरुले यहाा भोलिका दिनमा खानेपानी संस्थानले आज जति पानी खुवाएको छ त्यति पनि खुवाउन सक्दैन ।
द्धधरानमा चाइनिज, वृटिश, जापानिज पानी विज्ञहरुले धरानको सतहभूमि पानी छैन भनेर रिपोर्ट दिइसकेका छन् । तै पनि यिनीहरुले छ भनेर त्यही जंगलमा गएर खन्दैछन्, जहाा भरपर्दो स्रोत भेटिएको छैन तैपनि जबरजस्ती किन होला ?
–त्यो धराने जनतालाई झुक्याउन मात्र हो । धराने जनता धेरै सीधासाधा छन् । आÏनै तरिकाले गरिआएका धराने जनतालाई झुक्याउन सकिन्छ भन्ने उनीहरुले सोचेका छन् । अब धराने जनता झुक्किने वाला छैनन् । अहिले पानीकै सवालमा एडिवीले षड्यन्त्रपूर्वक संकटकालीन अवस्था सिर्जना गर्दैछ । अहिलेको अवस्थामा पनि झुक्कियौ भने ५० बर्ष हामी पछि पर्छौंै ।
द्धपाइप गाड्नका लागि पोलिथिन पाइपको टेन्डर नै गरिसकेका छन् रे मन्त्रायलयमा सहमति गरेर हैन ?
–धराने जनताका बीचमा आएर टेन्डर गर्न सक्ने अवस्था नभएपछि मन्त्रालयस्तरबाटै त गर्ने हुन् । अर्को कुरा पाइप ल्याउादैमा केही हुादैन । पोहोर परार सभासद किरण
राईले पनि पाइप ल्याएका थिए । त्यस्तै होलान । त्यो पाइप कहाा गाडियो त ? पानी कहााबाट ल्याइयो त ? तपाई हामी कसैले पनि त्यस्ता पाइपबाट आएको पानी खाएको छैनौं । एडिवीको पनि त्यस्तै हुन्छ । केही पाइप सुकुम्बासी वस्तीमा लगेर थन्क्याउलान्, केही नगरपालिकामा केही सर्दु र खर्दुको बगरमा थुपार्लान् । बस त्यति हो । पानी नै नभई पाइप गाडेर मात्र पानी आउादैन । फेरि पाइप गााड्ने हैसियत पनि त हुनुपर्‍यो । यहााका जनताले त्यस्ता पाइप बुटवलको जस्तै उखेलेर फालिदिन्छन् । धरानमा तीन चार महिना सबैभन्दा बढी सुख्खा लाग्ने हो । धरान खानेपानी संस्थान फाइदामै छ ।  फाइदा हुने ठाउामा मात्र एडिवीले ्लगानी गर्छ । सहयोग नै गर्ने हो भने घाटामा भएका संस्थानलाई सहयोग गरोस न । हाम्रै स्रोत साधनमाथि व्यापार गर्न पाइदैन । अहिले हामी न्युनतम चार्ज १ सय १० तिर्छौ तर एडिवीले न्यूनतम नै १ हजार भन्दा माथि बनाउाछ । त्यसैले भोलिको विपत्ती आउनु भन्दा धराने जनता अहिल्यै सतर्क हुनु आश्यक छ ।
द्धत्यसो भए एडिवीले यहााको खानेपानीमा लगानी गर्न खोज्नु भनेको व्यापार हो ?
–एडिवी भनेकै व्यापार हो । व्यापारीले कहिले पनि जनताको सुविधा हेर्दैन । उसलाई मुनाफा मात्र चाहिएको हुन्छ । एडिवीले किन ऋण यहाा दिादैछ भने धराने जनताको सम्पत्ति हेरेर त हो । यहााबाट लगानी उठाएर मुनाफा कमाउन सकिन्छ भनेर खानेपानीमा ऋण दिएको हो । तर हामीलाई यस्तो ऋण स्वीकार्य छैन । भोलिको दिनमा पानीको महसुल बुझाउन सकिएन भने एकीकृत सम्पत्ति करबाट पनि हामीसाग त्यो असुल गरेरै छाड्छ ।
द्धत्यसो भए भोलिको अवस्था भयावह हुन्छ हैन त ?
–हो । त्यो भयावह अवस्था आउनुभन्दा अगावै हामी सतर्क हुनुपर्छ । जनतामारा यस्ता अल्पकालीन योजना ल्याउनै दिनुहुादैन । काठमाण्डौको विमान स्थलको अवस्था
हेरौ न । एडिवीको लगानीमा ५६ बर्ष अगाडि मर्मत सम्हार गरियो । अहिले ऋण तिर्न अचाक्ली एयरपोर्ट टेक्स बढाइएको छ । पहिला हामी बाहिर जाादा एयरपोर्ट टेक्स १३ सय तिर्दै थियौ भने अहिले १ हजार थपेर २३ सय बनाइएको छ । हो भोलिका दिन धरानमा खानेपानीको सवालमा यस्तै हुन्छ । नेपालमा एकपटक लागू भइसकेपछि त्यसलाई घटाइएको उदाहरण छैन । एडिवीको ऋण एक पटक लिएपछि धेरै बर्षसम्म धरानेहरुले तिरिरहनु पर्छ । धरानमा पुराना पुस्ताले भन्दा पनि नयाा पुस्ताले यसमा चनाखो हुनुपर्छ ।
द्धएडिवीको विरुद्धको आन्दोलन गर्दै आउनु भएको छ । आगामी दिनमा कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
–हामी गाउा गाउा, घर घरमा गएर जागरण अभियान चलाउादै छौं । आन्दोलनलाई अझ सशक्त ढंगले अगाडि बढाउाछौं । हामीले आन्दोलन गर्नैपर्छ । यहाा संघ संस्था,
राजनैतिक दल सबै मिल्नुपर्छ । नत्र धरानको भविष्य अन्धकार हुन्छ ।
द्धहामीले ऋण खानैपर्छ भने दीर्घकालीन रुपमा चतराको पानी ल्याउ भन्दा एडिवीले किन नमानेको होला ?
–पहिलो कुरा हामीले पानीको लागि एडिवीको ऋण खानै पर्दैन । धराने जनता आफै पानीमा लगानी गर्न तयार छन् । ८०–९० करोडमा आउने दीर्घकालीन पानीका लागि धराने जनता र संस्थान दुवैको सहकार्य आवश्यक छ । खानेपानी संस्थानले सर्भे गरे अनुसार तीनवटा फिल्टर राखेर सफा पानी धरान आइपुग्छ । चतराबाट पानी ल्याउादा गाउालेले हामीलाई पनि दिनुपर्छ भन्छन्, अवरोध गर्छन् भन्छन् । त्यो हैन उनीहरुलाई पानी दिादै आउादा केही हुादैन । सप्तकोशी त पानीको भण्डार हो , गाउालेलाई पानी दिादैमा केही फरक पर्दैन ।
द्धधरान एउटा आदिवासी जनजातिको वाहुल्य भएको ठाउामा एडिवीले तपाईहरुको सहमति बिना कसरी काम गर्न खोज्दै छ ? जबकि तपाईहरु आइएलओ १५९ अनुसार जल, जंगल र जमिनमा स्थानीय आदिवासीको अधिकार हुन्छ भन्नुहुन्छ हैन र ?
–एडिवीले यहाा हाम्रो स्रोत साधनमाथि हाम्रो मन्जुरी बिना षड्यन्त्रपूर्वक ऋण लगानी गर्न खोजेपछि नै धरानेहरु आन्दोलित भएका हुन् ।
द्धसबैतिरबाट खेदाइसकेको एडिवीले यहाा जबरजस्ती गर्न खोजेको जस्तो पनि देखियो नि हैन ?
–यहाा हेर्दै जानुस् न, यिनीहरुले जबरजस्ती गर्नै सक्दैनन् । हाम्रो संघर्ष समितिसाग छ बुादे सम्झौता भएको छ । १९ गते एक महिनाको समय पुग्दैछ । धरानको खानेपानी प्रमुख श्रेष्ठलाई फर्कायौ तर अहिले फेरि उहाालाई काराबाही गर्ने भन्दैछन् । कारबाही कसरी गर्छ ? पहिलो सम्झौता गर्ने अनि अहिले कारबाहीको कुरा गर्न मिल्दैन । म नेपाल सरकारलाई भन्छु खानेपानी संस्थानले जनतालाई सन्तुष्ट बनाएर काम गर्दा गर्दै कार्यालय प्रमुखलाई हाटाउन मिल्छ ? काम गर्छु भन्ने मान्छेलाई हाटाउनु षड्यन्त्र हो । नगर्नेलाई ल्याएर हुादैन ।, सरकारले धराने जनताको भवना बुझ्नुपर्छ । जनताको भावना नै बुझ्दैन भने सरकारे केको लागि बस्ने ?  सक्दैन भने सरकारले छोडिदिनु पर्छ । सरकार हामीले नै बनाएका हौं । हिजो राजसंस्था हाटाउने भन्ने कानुन थिएन तर जनताले फालिदिए । यहाा जबरजस्ती एडिवी लाद्न खोज्यो भने त्यसको
परिणाम राम्रो हुादैन ।
द्धत्यसो भए भोलि एडिवीलाई धराने जनताले त्यसै गरी फाल्छन् त ?
–जबरजस्ती गर्‍यो भने फालिदिन्छन् । एडिवी वा कुनै संस्थाले लगानी गर्दा वा ऋण दिादा म ऋण खान्न भन्दा जबरजस्ती घिच त भन्नु भएन । त्यो खानेको विचार हो । हामीलाई ऋण नै चाहिएको छैन भने किन जबरजस्ती गर्नु । पहिला दुई अर्ब १६ करोड भन्यो । त्यसपछि एक अर्ब ६५ करोड भन्दैछन् । पैसा कसरी घट्दै गयो । वास्तवतमा भन्ने हो भने कति ऋण हो भन्ने कुरा नै धरान नगरपालिकाले यथार्थ बाहिर ल्याएको छैन । शायद ऋण यिनीहरुले भनेको भन्दा धेरै छ । धराने जनताको व्यापक विरोध हुन थालेपछि ऋणको पैसा घट्दै गएको छ ।
द्धखनेपानीमा एडिवीले बनेपामा पाइप गाड्न थालेपछ त्यहााका जनताले एडिवीलाई मुहानै नदिने, वाडेका पाइप उखेलेर फाल्ने काम गरे । तपाइहरु यहाा के गर्नुहुन्छ ?
–जबरजस्ती गर्‍यो भने हामी पनि उखेलेर फाल्छौं । मुलुक संघियतामा जान लाग्यो भोलिको अवस्था बेग्लै हुनसक्छ । एडिवीले हातै धरानमा नहालेको राम्रो ।

तपाईको प्रतिक्रिया