आन्तरिक राजस्व कार्यालय सुनसरी, धरानका कार्यालय प्रमुखको मिलीभगतमा व्यवसायीको दोहन स्टक, कर निर्धारण, अडिट लगायतको बहानामा अतिरिक्त रकम दिनुपरेको व्यवसायीको गुनासो

धरान÷भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानलाई चुनौति दिँदै आन्तरिक
राजस्व कार्यालय सुनसरी धरानका कार्यालय प्रमुख देवनारायण पौड्यालको मिलीभगतमा व्यवसायीको दोहोन गर्ने यतिबेला गोरस धन्दा नै चलेको छ ।
आÏनो गोरस धन्धालाई सञ्चालन गर्न कार्यालय प्रमुख पौड्यालले अडिट शाखाका अधिकृत अनमोल दाहाल, नेत्रप्रसाद घिमिरे, सुरेश कार्की लगायतलाई प्रयोग गर्ने गरेको व्यवसायीहरुले बताएका छन ।
स्टोक हेर्ने, कर निर्धारण गर्ने, फाइल मिलाउने बहानामा
कर्मचारीहरुले व्यवसायीहरुलाई आतंकित बनाएको सुनसरीका केही व्यवसायीले बताएका छन् । स्रोतले दिएको जानकारी अनुसार इटहरीका एक व्यवसायीबाट असार अन्तिम साता दुईपटक गरी सात लाख नजराना लिएको, अर्का एक व्यवसायीसँग पनि बार्गेनिङ्ग गरेर रकम असुलेका थिए । यी त प्रतिनिधि घट्नामात्र हुन् । कर्मचारीहरुले व्यवसायीहरुसँगको आफ्नो धन्दालाई यसैगरी अगाडि बढाएका छन् । इटहरीका एक व्यवसायी भन्छन् एक महिना अगाडि स्टक हेर्ने भनेर धरानबाट चारजना कर्मचारी आएका थिए । स्टक कहिल्यै पनि दुरुस्त मिल्दैन, कहिले सामान फिर्ता आउँछ, कहिले राख्दा फुट्छ । आन्तरिक राजस्व कार्यालय परिसरमा भेटिएका ती व्यवसायीले भने अनमोल सरले बसेर चिया खाउ भनेर बोलाउनु भएको थियो र आएँ । अब सबै कुरा मिल्यो ।


अग्रिम कर निर्धारण गर्ने बहानामा तपाई कति कर तिर्न सक्नु हुन्छ भनेर सोध्छन् रकमको बार्गेनिङ्ग गर्छन् । ३३÷४ को सातदिने चिठ्ठी काट्छन्, व्यापारीले अलिकति मिलाइदिनु प¥यो भनेर अनुरोध गर्छन् । नेपाली कागजमा टिप्पणी उठाउँछन् र पुन लाष्टको चिठ्ठी तयार गरी कार्यालय प्रमुखको सहमतिमा चिठ्ठी पठाउँछन् । व्यवसायीहरुबाट रकम असुल्न कर्मचारीहरु अनेकौ छिद्रहरुको प्रयोग गर्छन् । यो यो कागज मिलेन ल्याउन भन्छन्, भने अनुसारको सबै कागजात उपलब्ध गराउन सक्ने अवस्थै हुँदैन । त्यसपछि लाखौ रुपैयाको बार्गेनिङ्ग हुन्छ । बिक्री खातामा सम्पूर्ण विलको विवरण चढाएको भएपनि एउटा न एउटा वहाना निकालेर रकममा बार्गेनिङ्ग गर्छन् व्यवसायी बताउँछन् । स्टक हेर्ने लगयतका वहानमा व्यवसायीहरुको कागजात जफत गरेर लैजाने गर्छन् । त्यसपछि व्यवसायीहरुले आÏना अडिटरलाई कुरा मिलाउन पठाउँछन् । अन्ततः देनदेनमा सबै किल, भौचर मिल्छन् ।
व्यवसायीहरु भन्छन् अहिलेको जस्तो ज्यादति कर्मचारीहरुले यस भन्दा अगाडि गरेका थिएनन् । गल्ति कही न कहीँ हुन्छ सबै कुरा कसैको पनि दुरुस्त हुँदैन । कुनै जानेर भएका होलान् कुनै अन्जानमा भएका होलान् । गल्ति भए सोही अनुरुप जरिवाना असुल उपर गर्नुपर्छ, राजस्वमा जम्मा हुनुपर्छ तर यहाँ त कर्मचारीलाई
रकम दिएपछि सबै कुरा मिल्छन्
इटहरीका एक व्यवसायी भन्छन ।् कर्मचारीहरु कुनैपनि व्यवसायीकोमा जा“दा उद्योग वाणिज्य संघका प्रतिनिधि पनि हुनुपर्छ । तर उनीहरु उद्योग वाणिज्य संघका कुनै प्रतिनिधि साथमा लाँदैनन् । यसै सम्बन्धमा सुनसरी उद्योग वणिज्य संघ धरानका अध्यक्ष राजेन्द्र शाहसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो पहिला पहिला प्रतिनिधि समावेश गरिन्थ्यो आजकल गरिदैन । रकम बार्गेनिङ्गका सम्बन्धमा उहाँ भन्नुहुन्छ, कार्यालय प्रमुखले सिधै रकम बार्गैनिङ्ग गर्दैनन् त्यो सबै मातहतका कर्मचारी मार्फत हुन्छ । त्यसरी संकलन भएको रकम अन्तमा भागबण्डा हुन्छ । यस्तै उद्योग वाणिज्य संघ धरानका पूर्व अध्यक्ष पवन अग्रवाल भन्नुहुन्छ
व्यापारीहरुले एक नम्बरको काम गर्दा पनि दुई नम्बरिया नै हुन्छन् । गल्ति नगर्दा पनि गल्ति भयो भन्छन् । अलिकति पाएपछि चुपचाप मिलाइ दिन्छन् । उहाँ भन्नुहुन्छ विराटनगरका नाकाबाट ट्रकका ट्रक सामान कर्मचारीकै मिलेमतामो विना भन्सार छिर्छ उनीहरुलाई कारबाही हुँदैन । तर साइकलमा १० केजी चिनी ल्यायो भने समात्छन् । वास्तवमा भन्ने हो भने
व्यापारीका धेरै पीडा छन् सही काम गर्नेलाई पनि दुःख दिन्छन् ।
आन्तरिक राजस्व कार्याललय
धरानका कर्मचारीले विभिन्न वहानामा व्यवसायीहरुलाई दुःख दिने, रकम बार्गेनिङ्ग गर्ने गरिएको सम्बन्धका कार्यालय प्रमुख देवनारायण पौड्यालसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो, त्यसरी दुःख दिएको मलाई जानकारी भएन । म कर्मचारीहरुसँग सोधपुछ गर्छु भनेर पौड्याल पन्छिनुभयो । केही समय अगाडि धरान साप्ताहिकका प्रतिनिधि उक्त कार्यालयमा पुग्दा चरम वेथिति देखिएको स्मरण प्रमुख पौड्याललाइ गराउँदा उहाँले उनीहरुलाई सचेत
गराइसकेको बताउनु भएको थियो । घटना विवरण अनुसार तेह्रथुमका एक मदिरा व्यवसायीले आफ्नो कारोबार बन्द गरिसकेकाले त्यसलाई बन्द गराउन उनी कार्यालय पुगेका थिए । तर कर्मचारीहरु फेसबुक चलाउन र गेम खेल्न व्यस्त थिए । ती यवसायीले बारम्बार काम
गरिदिन आग्रह गर्दा आज फुर्सद छैन, भोलि आउनु भनेर झर्कोफर्को गरेका थिए । बर्षाको समयमा तेह्रथुमदेखि आउँदाको पीडा ती व्यवसायीलाई छँदै थियो भने कर्मचारीको व्यवहारले उनलाई थप पीडा दिएको थियो ।


यसै सम्बन्धमा घुस खाने अर्थात भ्रष्टाचार गर्नेहरुमाथि छानबिन, नियन्त्रण र कारबाहीको सिफारिस गर्न अधिकार प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख महेश आचार्यसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो हामी सशक्त ढंगले अगाडि बढेका छौं । यस्ता घटनाको सूचना दिन उहाँले आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो हामी अब हरेक कार्यालय जहाँ सेवाग्राहीको चाप ज्यादा हुन्छ ती ठाउँमा सादा पोसाकका कर्मचारी पठाउँछौं । उता आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालसँग ४४१०३४० मा सम्पर्क राख्दा मिटिङ्गको व्यस्तताले सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया