इटहरी÷सेवाग्राहीबाट विभिन्न बहानामा घुस लिने, भ्रष्टाचार गर्ने, दुःख दिने लगायतका कार्यमा संलग्नहरुमाथि अनुसन्धान गर्ने, निगरानी बढाउने तथा गिराÏतार गरी कारबाहीका लागि विशेष अदालतमा पठाउने कार्य गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले गत आवमा १६ जनामाथि स्टिङ्ग अप्रेशन गरेको छ ।
अख्तियारका क्षेत्रीय प्रवक्ता नरेन्द्र भट्टराईले दिनुभएको जानकारी अनुसार आव २०७४÷०७५ मा १६ जनामाथि स्टिङ्ग अप्रेशन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । खास गरर मालपोत, नापी, शिक्षा, नगरपालिका, यातायात, सडक डिभिजन, आन्तरिक राजस्वमा बढी भ्रष्टाचार हुने गरेको सूचनाको आधारमा १६ जनालाई रकम सहित प्रक्राउ गरेको हो ।
प्रवक्ता भट्टराईका अनुसार आर्थिक बर्ष ०७४÷०७५ मा इटहरी क्षेत्रीय कार्यालयमा ८ सय ५८ वटा भ्रष्टाचारजन्य उजुरी परेको र ३ सय ४ वटा अल्या भएर आएको गरी १ हजार १ सय ६२ उजुरी रहेको र ६सय ६३ वटा फस्र्यौट भएका छन् । फस्र्यौट ५७ प्रतिशत भएको र यहाँबाट सिफारिस भएर गएका अधिकांश भ्रष्टाचारमा संलग्नहरुमाथि के कस्तो कारबाही भयो, उनीहरुले विगो जरिवाना के कति बुझाए भन्ने कुरा केन्द्रसँगमात्र रहने बताउनुभयो । राज्यले भ्रष्टाचारविरुद्ध अख्तियार लगायत अन्य धेरै संयन्त्र गठन गरेको भएपनि भ्रष्टाचारमा कमी आउन नसक्नुको प्रमुख कारण के होला भन्ने सम्बन्धमा अख्तियारका क्षेत्रीय प्रमुख महेश आचार्य भन्नुहुन्छ यसका लागि समाज पनि सचेत हुनुपर्छ । कर्मचारीहरुलाई एक लाख घुस खुवाएर १० लाखको काम बन्छ भने व्यापारीहरु घुस खुवाउँछन् । घुस खाने
कर्मचारीहरुको पुरानै मानसिकताले काम गरिरहेको हुन्छ । यद्यपि, अख्तियारले सादा पोसाकका कर्मचारीहरुलाई सेवाग्राहीहरुको बढी भीड हुने स्थानहरुमा खटाइएको छ । कर्मचारीहरु सुराकीले दिएको सूचनाका आधारमा पनि काम गरिरहेका छन्, प्रमुख आचार्यले भन्नुभयो ।

