ओम प्रकाश पनि चैट हुने सम्भावना ?

धरान÷कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीको शैक्षिक प्रमाणपत्रमा देखिएको विवाद पश्चात संसदीय सुनुवाई समितिले उनलाई अस्विकार गरेपछि
बरिष्ठतम न्यायाधीशका हैसियतले रोलक्रममा रहनु भएका ओमप्रकाश मिश्रको पनि जोशीकै नियति दोहोरिने देखिएको छ । स्रोतले दिएको
जानकारी अनुुसार मिश्रको शैक्षिक प्रमाणपत्र पनि अर्गानिक नभएर आयातित नै देखिएको छ । प्रधान न्यायाधीशको अग्रपंक्तिमा आउनु भएका मिश्रको प्रमाणपत्र विवादमा तानिने देखिएको छ ।
मिश्रमले इन्टर मिडियट तह र हाइस्कुल परीक्षा भारतबाट उत्तीर्ण गर्नु भएको छ । मिश्रले हाइस्कुल परिक्षा भारतको नवतनवां इन्टर कलेज, नवतनवाँ ९ गोरखपुरबाट १९६३ मा र इन्टर मिडियट परीक्षा माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट १९७१ मा उत्तीर्ण गरेको प्रमाणपत्रमा उल्लेख छ । मिश्रले हाइस्कुल परीक्षामा कुल पाँचसय पूर्णांकमा हिन्दी विषयमा ४९, गणितमा ३६, विज्ञानमा ४० अंक प्राप्त गर्नुभएको छ । सबै विषयमा विषयगत आधारमा कुल १ सय पूर्णांकका हुन् । उहाँले हाइस्कुल परीक्षामा कुल पाँच सय अंकमध्ये दुई सय अंक प्राप्त गर्नुभएको छ । जुन प्रतिशतको आधारमा ४१ हुन आउँछ । उहाँको हाइस्कुलको प्रमाणपत्र रोलक्रम संख्या २१३ र उत्तीर्ण श्रेणी तीन रहेको छ । यहाँ स्मरणीय कुरा के छ भने हाइस्कुल र इन्टर मिडियटको समयावधि १० बर्ष फरक देखिएको छ । यो नै सबैभन्दा ठूलो शंकाको घेरामा रहेको स्रोतको दाबी रहेको छ ।

तपाईको प्रतिक्रिया