बीपी सुन्दर बजारका व्यापारी आक्रोसित

धरान ÷ बषौदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताबाहिर सञ्चलन भएको बीपी सुन्दर बजार धरान उपमहानगरपालिकाले ठेक्का प्रथाद्वारा सञ्चालनमा ल्याएपछि त्यहाका व्यवसायीहरु आक्रोशित बनेका छन् ।
विगतमा प्रतिष्ठानको हाताबाहिर जथाभावि खोलिएका पसलका कारण उपचारमा आउने विरामीलाई अप्ठेरो भएको महसुस गरी २०६८ सालदेखि धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत गणेश खतिवडाको संयोजकत्वमा एक समिति गठन गरीे यो बजार ल्याइएको थियो । अहिले भने साउन १ गतेदेखि लागू हुने गरी धरान १८ का दिनेश राईले सो बजार सञ्चालनका लागि बार्षिक २७ लाखमा ठेक्का लिएपछि भने उनीहरु ठेक्का हटाउनुपर्ने माग
राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार त्यहा सञ्चालन भएका ३० वटै स्टलका व्यापारी व्यवसायीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनको अयोजना गरी बर्षौदेखि विरामीको सेवाका लागि खोलिएको बीपी सुन्दर बजार ठेक्काप्रथामा गएपछि यहाको स्टल भाडा बढ्ने भएकोले आफूहरुलाई काम गर्न अप्ठेरो परेको भन्दै ठेक्का प्रथा अन्त्यको माग गरेका छन् । ठेक्का प्रथा व्यवसायी र प्रतिष्ठानमा उपचारमा आएका
विरामीको हित विपरीत भएको स्टल व्यापारी दिकुमार कटुवाले बताउनुभयो ।
३० वटा कोठा रहेको सो बजारमा अहिले कोठाको प्रकृति हेरेर ३ हजार ४ सयदेखि ४ हजार ६ सय सम्म भाडा तिर्ने गरेका छन् । उपमहानगरपालिकाले ठेक्का दिने वित्तिकै ठेकेदारका मानिसहरु तपाईको भाडा बढेको र ठेकेदारले तोकेको भाडा तिर्नुपर्छ भन्दै धम्क्याउने गरेको स्टल व्यापारी बताउछन् ।
यसै सम्बन्धमा धरान उपमहानगरपालिकाबाट ठेक्काको अख्तियारी पाएका दिनेश राईले आफूले प्रक्रियागत रुपमा धरान उपमहानगरपालिकाबाट ठेक्का पाएको र आफूले कसैलाई नधक्याएको बताउनुभयो । उहाले विगतमा स्टलका व्यापारीहरुले लाखौ रुपैयामा स्टल किनबेच गर्ने प्रचलन रहेको बताउदै ठेक्काका गएपछि यो धन्दा पनि सकिने भएकोले उनीहरु आक्रोसित हुनु स्वभाविक भएको बताउनुभयो । यहा अहिले विरामीको सेवालाई मध्यनजर गरी थुक्पा, चाउमिन, मोमो, खाना लगायत फेन्सी स्टोर, मेडिकल पसलका स्टलमा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया