धरान, साउन महिनाको दोस्रो सोमबार अघिल्लो हप्ताको भन्दा गेरु बस्त्रधारी भक्तजनहरुको उल्लेख्य भीड बढेको छ । पिण्डेश्वर बाबाधाम समितिले भक्तजनको असुविधालाई मध्यनजर गरी यस बर्ष विगतको बर्षभन्दा धेरै सुविधाहरु थप गरेसंगै धरानस्थित पिण्डेश्वर मन्दिरमा जल चढाउने गेरुबस्त्रधारी भक्तजनहरुको भीड बढेको हो । सुनसरीको चतरामा रहेको सप्तकोशीबाट खाली खुट्टा जल बोकेर धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजनहरु विगतमा प्राय गरेर वृद्ध, बृद्धाहरुको संख्या अत्याधिक हुने गरे पनि पछिल्लो समयमा आएर युवा युवती समेत धार्मिक आस्थामा लागेको पाइन्छ ।
मन्दिरमा जल चढाउने भक्तजनमध्ये ४० प्रतिशत भन्दा बढी युवायुवती देखिन्थे । धार्मिक आस्था जागृत भएसंगै धर्मको संरक्षण गर्न युवा पुस्ता पनि यसतर्फ आकर्षित भएको विराटनगरका निखिल चौधरी बताउनुहुन्छ । जल जढाउदा आफूले चिताएको मनोकांक्षा पुरा हुने विश््रवास आफूमा रहेकोले पनि चतराबाट खाली खुट्टा जल ल्याएर पिण्डेश्वरमा चढाएको भनाई छ । त्यसो युवा मात्र हैन युवती समेत युवतीहरु समेत बोलबममा उल्लेख्यमात्रामा रहेको पाइएको छ । चतराबाट १७ किमीको दूरी खाली खुट्टा हिडेर पिण्डेश्वर मन्दिरमा जल चढाउनु भएकी धरान ६ पानबारीकी कविता विष्टलाई पनि अब धार्मिक संहिष्णुतासंगै परम्परादेखि मान्दै आएको धर्म संस्कृति जगेर्ना गर्ने काम युवा पुस्ताको भएको बताउनुभयो ।
त्यसो त विगतका बर्षहरुमा भन्दा यस बर्ष गेरुबस्त्रधारी बोलबमको संख्यामा वृद्धि भएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । गत हप्ता २५ लाख भक्तजनले पिण्डेश्वरमा मन्दिरमा जल चढाएको बताउने उहा यो हप्ता त्यो संख्या बढेको बताउनुभयो । उहाले भक्तजनहरुको अत्याधिक चापलाई मध्यनजर गरी यो हप्तादेखि नागरिक सहायता कक्ष समेत सञ्चालन गरएको बताउनुभयो । पिण्डेश्वरको धार्मिक महत्वलाई बुझेर बर्षेनी भक्तजनहरु बढ्दै गएपछि विगतमा भारतको बनारसमा हुदै आएको आरती समेत पिण्डेश्वर मन्दिरमै गर्न थालेपछि भक्तजनहरु अझ बढ्को उहाको भनाई छ ।
भक्तजनहरुको सहजतालाई ध्यानमा राखेर विगतमा सोमबार ३ बजेमात्र मन्दिरको ढोका खुल्ला रहने पिण्डेश्वरमा यस बर्षदेखि भने महिनाभरि जतिबेला पनि चल चढाउन खुल्ला गरिएकोले जल चढाउन आउने भक्तजनहरुले सहजता महसुस गरेको समितिको दाबी छ ।

