विराटनगर÷पूर्वी क्षेत्रका नेपालीहरुका लागि विविध सेवा प्रदान गर्दै आएको
भारतीय राजदुतावास क्याम्पस अफिस
विराटनगरले गर्दै आएको सम्पूर्ण काम अब भारतीय राजदूतावास काठमाण्डौबाट मात्र हुने भएको छ ।
भारतीय दुतावास काठमाण्डौले हिजो मंगलबार जुलाई २४ तारेखका दिन एक विज्ञप्ती प्रकाशित गरी क्याम्प अफिस विराटनगरबाट सर्वसाधारणले पाउँदै आएको सेवा अगस्त १
तारेख अर्थात श्रावण १६ गतेदेखि बन्द गर्ने जानकारी दिएको छ । दुतावासबाट जारी विज्ञप्तीमा भनिएको छ, पूर्वी क्षेत्रका स्थानीय बासिन्दाहरुले क्याम्पस अफिसबाट भारत जानका लागि सवारी साधनको अनुमतिपत्र, स्कुल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रदान गरिदै आएको महात्मा गान्धी इन्दिरा गान्धी स्कलरसीप, गोल्डेन जुब्ली स्कलरसीप,
भारतीय नागरिकहरुको जन्म, मृत्यु दर्ता लगायतका सम्पूर्ण कार्यहरु अब भारतीय राजदुतावास काठमाण्डौबाट मात्र हुने भएको छ ।
उच्च स्तरीय राजनैतिक समझदारीका आधारमा विराटनगर स्थित क्याम्प अफिस बन्द गर्ने तय भए पनि तत्काल व्यवस्थापन गर्न गाह«ो भएकोले समय लागेको क्याम्पस अफिसका एक कर्मचारीले जानकारी दिए ।

