मन्त्री र माफियाले नारी अस्मितामाथि आक्षेप लगाए

वर्तमान नेपालको अवस्था इतिहासमा कहिल्यै देखिएको थिएन । जनताको मत लिएर सात्तमा पुगेका मन्त्रीलाई प्रभावमा पारेर गोरस धन्दा चलाउने माmियाहरुको काम गराइएको शैली, यवहार र बोली पछिल्ला दिनमा उस्तै देखिन थालेको छ ।
पछिल्लो पटक कुनै पनि नेपाली नागरिकले पचाउनै नसक्ने, महिला अस्मिताको धज्ी उडाउने काम स्वयम् यस देशका मन्त्री र मेडिकल माफियाबाट आएको भनाईले पुष्टि गरेको छ । झापा विर्तामोडका मेडिकल माफिया दुर्गा प्रसाईले बंगदेशमा पढ्न जाने नेपाली महिला विद्यार्थीहरुले त्यहाँका चिकित्सक प्राध्यापकहरुसँग सहवास नगरी, नसुती प्रमाणपत्र नै पाउँदैनन् भनेर बोल्नु घोर आपत्ति छँदै नै थियो त्यसमाथि माफियाकै बोलीमा बोली मिलाएर कानुनमन्त्री शेरबहादुर तामाङ्गले सोही कुरा दोहो¥याउनु नेपालका सम्पूर्ण नारीमाथिको अपमान हो ।
मेष्डिकल माmियाले बेल्नु सत्तासीन नेताहरुको बल र ताकमा थियो भने देशको कानुनमन्त्रीले बोल्नु चाहिँ माफियाको प्रभावमा हो । राज्यको जिम्मेवार, मन्त्री जस्तो त्यसमाथि पनि कानुन मन्त्रीले त्यसरी नेपाली विद्यार्थीमाथि लान्छना लगाएर बोल्दा पनि यहााका महिला अधिकररवादी सुतुर्मुर्गको निन्द्रबाट नव्युझिनु नै यतिबेला आश्चर्य भएको छ । विगतमा महिलामाथि भएका स–साना अपमान, सामान्य घट्नालाई लिएर महिला संगठन, महिला संघ, महिला आयोग, महिला अधिकारवादीहरु सडकमा उत्रने गरेकेो कसैबाट लुकेको छैन । तर यसपटक उनीहरु व्युझेनन् । उनीहरु चीर निन्द्रामा परेका हुन वा वास्तविकता त्यही हो भनेर तैचूपम मैचूप बसेका हुन् ?
प्रा.डा गोविन्द केसीले आम नेपालीको लागि स्वास्थ्य शिक्षन सुधारको माग राखेर अनसन गरिरहनु भएको छ । सत्ता पक्ष माफियाको प्रभावमा केसीको मृत्यु पर्खिरहेको छ । अनि सरकारका जिम्मेवार मन्त्री नेपाली विद्यार्थीहरुका बारेमा विवास्पद अभिव्यक्त दिइरहेको छ । मन्त्री तामाङ्गले एउटा सार्वजनिक कार्यक्रममा भने वंगलादेशमा नेपाली चेलीले सर्टिफिकेट लिन आफूलाई बेच्नुपर्छ भनेर बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बंगादेशमा मात्र होइन अन्य देशमा पढ्न जाने छोरी चेलीले आफनो अस्मिता नबेचिकन सर्टिफिकेट पाउँदैनन् भन्नु अभिव्यक्तिको परकाष्ठा हो ।
कक्षा आठ मात्र पढेका, सर्वहारा वर्गको हितको लागि जनयुद्ध समेत लडेको हुँ भन्ने झापा विर्तामाडका विएण्डसी कलेजका सञ्चालन दुर्गा प्रसाइसँग सात अर्ब भनदा बढी रकम मेडिकल कलेज सञ्चालनका लागि रकम कहाँबाट आयो ? राज्यले पहिला उनको त्यो सम्पत्तिमाथि छानविन गर्नु पर्दैन ? त्यस मेडिकल कलेजमा क–कस्को लगानी छ, लगानी वैध छ कि अवैध छ त्यो खोज्ने काम राज्यको होइन ? सात अर्बको लगानी एउटै व्यक्तिको हुनै सक्दैन , एकातिर धन्दा अवैध गर्ने अनि अर्कोतिर छोरी चेलीको अस्मिताको खिल्ली उडाउने प्रसाईले कार्वाहीको भागिदार बन्नु पर्दैन । १०÷२० हजार तलब खान कर्मचारीको सम्पत्ति विवरण खोज्ने सरकार, ५÷१० हजार घुस खाँदा कर्मचारीलाई निलम्बन गर्ने सरकार, राज्य सञ्चलन गर्न हरेक सामानमा मनपरी कर थोपर्नु सरकारले अकुत लगानीकर्ताहरुको सम्पत्ति खोज्नु पर्दैन ?
यतिबेला मुलुकभरि जनस्तरबाट प्रसाई, कानुनमन्त्री तामाङ्ग, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री प्रचण्ड रएमालेभित्रकै सांसद, नेता जो मेडिकल माफियाको पक्षमा काम गरिरहेका छन् तिनको चर्को विरोध र आलोचना भइरहेको छ । तर विडम्बना के भने सरकार दुई तिहाईको दम्भ देखाएर विरोध र आलोचनाको स्वरहरुलाई दबाउने निकृष्ट अभियानमा लागेको छ । हिजो जसले सरकारमा पु¥याउन मत दिएका थिए आज उनीहरु नै सडकमा उत्रिएका छन् । सरकारले नागरिकको आवाज सुन्नुपर्छ, प्रा.डा. गोविन्द केसीले उठाएका मागहरु सरकारले उठाउनुपर्ने हो तर त्यसो हुन सकेको छैन । सरकारको हठले मुलुकमा तेस्रो जन आन्दोलनको सम्भावना बढेर गएको छ ।

तपाईको प्रतिक्रिया