धरान÷ प्रहरीले अपराध नियन्त्रण, समाजकका विकृति विसंगति तथा शान्ति सुव्यवस्था कायम गर्न ठूलो भूमिका खेलेको हुन्छ । यसो भनिरहदा प्रहरी प्रशासनको छवि एक आद्य प्रहरीका कारण धमिलिने गरेको पनि पाइएको छ । प्रहरीकै कारण कुनै परिवारले नया जीवन पाएको घट्ना प्राय विरलै हुन्छन् । तर सुनसरीको धरानमा यस्तै भएको छ प्रहरीकै कारण गरिब एक परिवारले नया जीवन पाएको छ ।
जेष्ठको पहिलो साता धरान ९ सब्जी मण्डीमा रातको करिब ८ः ३० बजे एक युवक टाउकोमा चोट लागेर बेहोस अवस्थामा ढलिरहेको खबर धरान प्रहरीलाई आयो । खबर पाउने वित्तिकै इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेल त्यहा पुग्नु भयो । त्यहा पुग्दा एक युवक टाउकोमा गम्भीर चोट लागेको अवस्थामा वेहोस भएर ढलेको देखेपछि तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पु¥याउनुभयो ।
परिवार तथा आफन्त कोही पत्ता नलागेका ती व्यक्तिको उपचारका लागि सघन उपचार कक्ष (आइसयु) नभए ज्यानै जाने अवस्था थियो । अनेक कोशिस गर्दा पनि प्रतिष्ठानमा आइसियु खाली नभएका कारण उनलाई त्यहा उपचार गर्न सकिएन । तत्काल उनलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा लगियो । नाम, ठेगाना तथा आफन्त केही पत्ता नलागेका ती युवको उपचारका लागि डिएसपी आफ्नै खर्चले आइसियुमा राखियो र ७ दिनपश्चात अर्थात जेष्ठ १५ गते ती युवकलाई नोबेलबाट डिस्चार्ज गरियो ।
उपचारपश्चात पनि केही नबोल्ने ती युवकलाई दुई दिन डिएसीले इलाका राखेपछि उनलाई धरान १३ मा रहेको किरात याक्थुङ चुम्लुङमा पुनस्र्थापना केन्द्र राखियो । अहिले पनि ती युवकै त्यही बसेर उपचार गराइरहेका छन् । लागू औषधको कुलतमा फसेका ती युवक थिए धरान १५ महादेवचौकका ४० बर्षीय मुन्ना राई ।
धरान १५मा एउटी बुढी आमा र श्रीमति एक छोराका साथ बस्दै आएका ती युवकलाई डिएसपी पौडेलले १ लाख ५७ हजार ८ सय रुपैया खर्च गरेर उनलाई पुनर्जीवनमात्र दिनु भएन बर्षौदेखि नागरिकता नभएर नेपालको मौलिक अधिकार पाउन समेत बञ्चि भएकी उहाकी ८५ बर्षीय आमा कमला राई र छोरा मुन्नाको नागरिकता समेत बनेको छ । समाजमा परिवारप्रति धेरै विश्वास गरेका हुन्छन् । अपराध, लागू औषध, शान्ति सुरक्षा कायममात्र हैन प्रहरीले चाहे कसैको जीवनमा नया उज्यालो ल्याइदिने काम पनि गरिदिन सक्छन भन्नुहुन्छ डिएसपी रामेश्वर पोडेल । यो कार्यले आफूलाई सन्तुष्ट मिलेको उहाका भनाई छ ।
उपचारपश्चात आफन्तको खोजीमा लागेका उहाले आफन्त भट्टाएपछि पनि परिवारलाई नागरिकता दिलाउन धेरै ठूलो कोशिश गर्नु भएको छ । परिवारका अभिभावक अर्थात मुन्नाको बाबु अर्थात कमलाकी श्रीमानको मृत्यु भएका १७ बर्ष भइसकेको र त्यसबीचमा यी दुवैले नागरिकता बनाएका थिएनन् । डिएसपी पौडेलले आफ्ना प्रहरी जवान शिशुहाङ राईको सहयोगमा धनकुटाको तमरमा बस्दै आउनु भएका काका प्रदीप राइको सिफारिसका इलाका प्रशासन कार्यालय धरानका शाखा अधिकृत जयकुमार श्रेष्ठको सहयोगमा साउन ४ गते आमा छोराले एकै पटक नागरकता पाएका हुन् ।
डिएसपी पौडेलले आफूलाई नया जीवनमात्र दिनुभएन आफ्नो र छोराको नागरिकता बनाएर ठूलो काम गरेको छोरा मुन्ना राई बताउनुहुन्छ ।
त्यसो त नेपालको कानुन अनुसार वृद्धबृद्धाले पाउने अधिकार ८५ बर्षसम्म सामाजिक सुरक्षा भत्ता समेत नागरिकता नभएकै कारण बृद्धा कमलालाले पाउनु भएको थिएन । दैनिक ज्यालादारी गरेर अर्काको घरमा बस्दै आउनु भएकी कमलाले डिएसपी पौडेलको कार्यप्रति आफूलाई धेरै खुशी लागेको भन्दै खुशीको आशु बर्बर झार्नुभयो । अहिले पुन डिएसपी पौडेले सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया अगाडि बढाइदिदै हुनुहुन्छ । सामान्य परिवार त्यसमा पनि नागरिकता नभएर त्यतिकै बस्नु परेको अवस्थामा प्रहरीले यस्तो उदाहरणीय काम पहिलो पटक गरेको भन्दै इलाका प्रशासन कार्यालय धरानका शाखा अधिकृत जयराम श्रेष्ठले डिएसपी पौडेलेको प्रशंसा गर्नुभयो ।
लागू औषध मुद्दामा जेल समेत भोगी सकेका मुनालाई सुधार्नका लागि रिकभरिङ्ग धरानका पूर्व अध्यक्ष दिनेश राई र केवाइसीका काउन्सुलर पर्वत राईको सहयोगमा अहिले पनि उहालाई किरात याक्थुङ चुम्लुङ धरानको पुनस्र्थापना केन्द्रमा राखिएको छ । प्रहरीको यस्तो कार्यको जो कोहीले प्रशंसा नगरीकन बस्ने सकिदैन ।

