यस बर्षको बोलबम शुरु, पहिलो दिन नै भक्तजनहरुको अत्याधिक भीड

धरान÷ एक नं. १ प्रदेशकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पिण्डेश्वर बाबाधाममा बोलबम मेला शुरु भएको छ ।
आइतबारै सुनसरीको चतराको सप्तकोशीमा गई गेरुवस्त्रधारी भक्तजनरुले सोमबार १७ किमी पैदलै हिडेर जल चढाउने परम्परा अनुरुप पहिलो हप्ता गेरुबस्त्रधारी भक्तजन खासै मन्दिरमा जल चढाउन आएका थिएनन् भने घरमै ब्रत लिने महिला तथा पुरुषहरुको जल चढाउने लाइन भने अत्याधिक रहेको थयो ।
तथापि, विगतमा भक्तजनहरुले धेरै सास्ती भोगेको भन्दै यस बर्ष भने प्रत्येक सोमबामत्र हैन महिनाभरि नै बोलबम भक्तजनहरुका लागि जल नढाउनका लागि खुल्ल गरिएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । साउन महिना महादेवको प्रिय महिना भएकोले सोमबारमात्र हैन साउनभरि जहिल्यै जल चढाए पनि पुण्य हुने तर्क उहाको छ । यसपटकको बोलबमलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थापन, खानेपानीको सुविधा, सौचायको सुविधा तथा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य सेवा लगायतका सेवाहरु उपलब्ध गराएको उहाको भनाई छ ।
यता भक्तजनहरुले पनि बर्षेनी भक्तजनहरुलाई सुविधा बढ्दै गएको बताएका छन् । जल लिन चतरा पुग्दा बाटो अत्यन्नै जीर्ण हुदा पैदल हिडेर पिण्डेश्वरसम्म आउन अत्यन्तै कठिन हुने, यहा आइसकेपछि घण्टौ लाइनमा बस्नपर्नेै झण्झट नभएका कारण सहज भएको भक्तजनहरुको भनाई छ । भक्तजनहरुको चाहनालाई मध्यनगर गरी भारतका विभिन्न शिवालयहरुमा हुने गंगा आरती यसपटक पनि समितिले राखेका छन् । विगतमा भारतको बनारसबाट ल्याइएका पण्डितहरुले आरती गराउदा केही समस्या आएकोले यस बर्ष यहीका पण्डितहरुले आरती गर्ने भएका कारण भक्तजनलाई सहज हुने समितिका अध्यक्ष बनेपालीले बताउनुभयो ।
गेरुबस्त्र धारी भक्तजनहरुले सुनसरीको चतरास्थित सप्तकोशी नदीबाट जल बोकी १७ किमीको दूरी पार गरी मन्दिरमा जल चढाउनेको गरे पनि महायज्ञका लागि भने विगतमा भारतका विभिन्न शिवालयमा नपुगी धरै थिएन । आरतीले धार्मिक पर्यटनको सम्भावनालाई अझ बलियो बनाउने समितिले विश्वास गरेका छन् ।
पूर्वमै पहिलो पटक २०३९ सालमा यहाका अग्रजहरुले शुरु गरेको बोलबमको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको छ । यहा जल चढाउदा आफूले सोचेको मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।

तपाईको प्रतिक्रिया