बोलबमलाई लक्षित गरी सरसफाई

धरान÷श्रावण महिनाभरि लाग्ने बोलबम मेलालाई लक्षित गरी धरान १४ का विभिन्न संघ संस्थाले सरसफाई गरेका छन ।
गत साउन ६ गते बोलबमका अघिल्लो दिन धरान १४ मा रहेको चुम्लुङडाँडा टोल विकास समितिको आयोजनामा सिहदेवी मन्दिरदेखि दुईधारे पथ हुँदै विजयपुरसम्मको रेलिङ्गमार्गमा गरिएको सरसफाई कार्यक्रममा विजयपुर अत्यात्मिक मञ्च, सुनसरी ॐ शिवशक्ति कल्याणी केन्द्रको संयुक्त आयोजनामा सरसफाई कार्यक्रममा टोल विकास समितिका अध्यक्ष चन्द्रप्रसाद बजगाई, मञ्चका महासचिव उद्धवप्रसाद अधिकारी, हिमप्रसाद ओझा, कल्याणी केन्द्रका उपाध्यक्ष उत्तरा शाक्य लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया