व्यायाम सञ्चालन नगर्न २४ घण्टे अल्टिमेटम

धरान÷समाजका विपन्न वर्गका युवाहरुलाई शारीरिक सु–संगठनका लागि आफ्नै खर्चमा उपकरण खरिद गरी व्यायाम सञ्चालन गर्दै आएको सिंहदेवी युथ क्लबलाई धरान उपमहानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ ।
धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको क्षेत्रीय पुस्ताकालय भवनको कोठा ३ मा लामो समयदेखि मासिक भाडा नबुझाएको भन्दै क्लबलाई २४ घण्टभित्र खाली गर्न पत्राचार गरेको हो । पत्रमा भनिएको छ कोठाको वहाल धेरै बर्ष देखि बाँकी भएको्, बुझाउन पत्राचार गर्दा समेत वेवास्ता गरेकोले उपमहानगरपालिकाको आर्थिक नियम बमोजिम वहाल कोठाको ०७४ मसान्तभित्र पुरानो सम्झौता समाप्त भई टेन्डर प्रक्रियाबाट
धरान १६ निवासी दिपक लिम्बुले लिएको र पटक पटक कोठा खाली गर्न अटेर गरी क्लबले कोठा नछाडेको भन्ने निवेदन प्राप्त भएकोले हालम्मको कोठा भाडा दाखिला गरी २४ घण्टाभित्र खाली गर्न क्लबलाई पत्राचार गरेको छ ।


धरान उपमहानगरपालिकका बरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाद्वारा हस्ताक्षरित पत्रमा कोठा खाली नभए उपमहानगरपालिका कोठा खाली गराउन बाध्य हुने र कोठाभित्रका सामान जफत हुने जनाएको छ । यसै सम्न्मा बुझ्न अधिकृत खतिवडासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने सिंहदेवी युथ क्लबका सदस्य जिम सञ्चालक रामप्रसाद राई भन्नुहुन्छ नगरका युवाहरुलाई अनुशासित बनाउने काम नगरपालिकाको पनि हो । हामीे युवाहरु नबरालिउन, कुलतमा नफँसुन भनेर क्लबले आर्थिक संकलन गरी जिमको सामान गरीद गरी सुगठनको अवसर प्रदान गर्दैै आएको हो । यसमा नगरपालिका आफैले चासो राख्नुपर्नेमा उल्टै वहाल नतिरेको भन्दै कोठा खाली गर्न अल्टिमेटम दिनु उचित नभएको राईको तर्क छ ।

तपाईको प्रतिक्रिया