सुनाकलीमार्फत अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८ मा सहभागी भएको समाचारले अहिले सर्वसाधारणको मन जितेको छ ।
स्थानीय विद्यालयमा छ कक्षादेखि १० सम्म अध्ययन गर्दै गरेका १४ वर्षमुनिका छात्राहरुले प्राप्त गरेको अवसर तथा उनीहरुले अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा मुलुकको प्रतिनिधित्वको विषय समग्र राष्ट्रको गौरवसँग जोडिएको छ । मुगु टोलीले यही असार १७ देखि २३ गतेसम्म स्पेनमा मेड्रिट, वार्षिलोनालगायत चार समूहसँग फुटबल खेलेको थियो । उक्त खेलमा नेपालको सहभागिता पहिलो हो ।
उक्त प्रतियोगितामा सहभागी हुने छात्रामा सुनमती बुढा, राज्यलक्ष्मी बुढा, रोशनी कामी, सत्यलक्ष्मी बुढा, यमुना चौलागाईं, विपना मल्ल, संगीता थापा, पुष्पा शाही, उर्मीला बडुवाल, सत्या बुढा, स्वस्तीका मल्ल, भाग्यलक्ष्मी भाम, सोचपुरा महतारा, हिमाली शाही, रिता रोकाय, रामकली बोहरा र कामदेवी बढुवाल थिए ।

तपाईको प्रतिक्रिया