मार्सी साहुको गर्जन
मार्सी चामले साहु हिजोआज के बोल्छने भउ पाउनै छाडेछन् । के बोल्नु हुन्छ के बोल्नु हुन्न भन्ने कुराको
विचरामा ज्ञानै रै’नछ । मार्सी चामले साहु उर्फ झापा विर्तामोडका विएण्ड सी हपिलका मम्तीया दुर्गा प्रसाईले अस्तिका दिन आफ्नै देशका छोरी चेलीको अस्मिता खुस्काएछन् । हैन बोल्न पनि कसरी सक्या हौ त्यस्तो कुरा ? अरुले बोल्या भे त नादान
रै’छ, मूर्ख रै’छ भनेर दुई चार पटक थुइøया गरेर छोड्दा हुन्थ्यो । तर त्यत्रो हस्पिटल सञ्चालक हुँ भन्ने प्रसाईले त्यति साह«ो गिरेर बोल्लान् भनेर घण्टाघरले सोच्या नै थेन । अब हेरम न गोविन्द केसीको अनसनका कारण मेडिकल कलेजको सम्बन्धन लिन नपाएर छट्टपटिएका प्रसाईले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेली करणी हुन गा’ हुन भनेर हाक्काहाक्क भन्देछन् । त्यसरी अध्क्ययन गर्न जोनेमा तिन्का पन िछोरी चेली थे कि क्या हो ? नत्र तिन्ला त्न्यस्ता कुरा कसरी थाहा भयो ? प्रसाई अन्तरयामी त पक्कै होइनन् होला । कि मार्सी साहुँ हुँ भन्दैमा जे पायो त्न्यही बोल्ने छुट पो हुन्छ कि ? लहै बंगलादेशमा मेडिकल बढ्ने चेली हो मार्सी साहुलाई के गर्नी हो, आफै सोच ?
सुन तस्करी चर्चै छैन
ढाँट, छल, छाम गरेर दुई तिहाई बहुमत ल्याएको खप्रओको सरकारले मुलुकाँ केही गर्ला भन्ने सोच्या थ्यो घटाघरले । रहँदै जाँदा क¥याप्प साढे ३३ केजी सुन
तस्करलाई अँठ्यायो खुसीले गदगद् नहुने कुरै भएन । जसरी हावा चल्यो अहिले त्यसैगरी हराएर गयो । नहराओस पनि किन ? लहरो तान्दा पहरो गर्जिने भएसी । कुन तस्करीको मुख्य द्वार नै ठाउमै गएर ठोक्किने भएसी शक्तिशाली अखडाबाटै अनुसन्धानलाई अगाडि नबढाउने आदेश भयो रे । अपराधी खोज्न कुकुर लिएर हिडेको प्रहरीतिरै फर्केर कुकुरले स्वाँक स्वाँक र सुँकसुँक गर्न थालेसी वित्याँस पर्दैन त । बरु अनुसन्धान नै अगाडि नबढाउन निर्देशन दिएसी बातै खलास । न बजे बाँसुरी न रहे बाँस । क्या गज्जब आइडिया ।
लड्ने ताकत छ रे
नेप्लिज लाँग्रेसक नेता माने तनहुँले बाजेले भन्या वामे सरकारसँग लड्ने ताकत काँग्रेससँग छ रे । ती बा कहिलेकाहीँ साह«ै मजले जिस्कन्छन् । तिनका कुरा सुन्दा घण्टाघरलाई कहिलेकाँही पेट मिची मिची हाँस्न मन लाग्छ । वामे सरकारसँग लड्ने ताकत भए यत्तिका दिनसम्म सुंगुरले जुन हेरे जस्तो के हेरी बस्या त ? आसनमा बसेर गफ जोतेर मात्र त केही लछारपाटो लाग्ने होइन होला ? विद्यार्थीहरु, तरुणहरु, नागरिक समाजका अगुवाहरु, अधिकरकर्मीहरु, सर्वसाधारणहरु सडकाँ आएर लठ्ठी खाइ रा’छन् । टियर ग्याँस सुँघिरा’छन् । तर बाजे कोठामा बसेर जजमानी गरिराह’छन् । लड्न त सडकँ आउनु प¥यो नि जथाभावि गफ जोतेर लडिने हो र ?
किराना पसल झै
नेपालका पिक्षहरु कामै नलाग्ने भए । सरकार काम गर्न खोज्छ, विपक्षीहरु छिर्के लगाइ हाल्छन् । अब हेरौ न पर्धानमन्तरी खप्रओले कम्ता काम गर्न खोज्या हो ? देशाँ डाक्टर कम भए भनेर किना पसल खोलभेैm मेडिकल कलेज खोल्न दिने भनेर संसदा विद्येयक दर्ता गराए । घर घरमा पाइपबाट खाना पकाउने ग्याँस पु¥याई दिन्छु भनेकै छन् । यहाँ भन्दा कति
भन्नु ? यसभन्दा अघिका कुनैपनि पर्धानमन्तरीले यति साह्रो गर्छु भनेकै थिएनन् । सत्तामा छँदा आफू भन्न पनि नसक्ने अनि अरुले भन्दा नि विरोध मात्र गर्नु त भएन नि । किराना पसल खोलेझै मेडिकल कलेज खोल्न दिने पर्धातमन्तरीको महान कार्यको किन विरोध ग¥या होलान् । घरैपिच्छे डाक्टर भएपनि मुलुक कति चोटी सम्बृद्धि हुन्थ्यो । विरोध गर्ने स्वाँठहरुले कुकन कुरो नबुझ होलान् ?
बुद्धि बिग्रेसी
बुद्धि बिग्रसी कस्को के लाग्छ र ? बिनासकाले विपरीत बुद्धि भनेर हाम्रा बाउ बाजेले त्यसै भन्या होइन रै’छ । हुन त भीरुबाट लडेको गोरु देख्दा राम राम मात्र भन्न सकिन्छ गएर काँधै हाल्न त सकिदैन । अब हेरम न सामान्ये पशानमन्त्री लालबाबु पडितले अस्तिका दन भन्या सरकार गोविन्द केसीको अनसनसँग झुक्दैन । हुन त झुक्ने कुरो पनि आएन । यो सरकार त दुई तिहाइ बहुमतको
सरकार पो हो त गँठ । जाबो एकजना गोविन्द कसेसीले सत्यागह गर्दैमा सकार झुक्यो भने त्यसको राम्रो सन्देश पनि त जाादैन ती सडकमा उफनेहरुलाई सुरक्षेकर्मीले साइजमा ल्याइ हाल्छन् । उनेरले कणाली हस्पिटलमा पुगेर रिहर्सल
गरेरै देखाइदिए, बानेश्वरतिर पनि राम्रै हिर्षल गरे । कसैका टाउकामा टुटुल्को उठाए, कसैका हात खुट्टा मकाए, कसैलाई भुई पछारे ।। अनि सरकराले झुक्ने कुरै भएन । आखिरी दुई तिहाई बहुमको
सरकार जो हो ।
आगो बल्छ रे †
पूर्व पर्धानन्याधीश सुशिला कार्कीले भन्या गोविन्द केसीको माग सर्कारले पूरा नगरे देशम आगो बल्छ रे । कार्कीले के त्यस्तो वाहियात कुरा ग¥या होला ? माग पूरा नर्दैैमा कहीँ आगो लाग्छ ? अहिले सरकारमा बस्नेहरु पहिला आगो हैन बारुदै खेलाएर आएका हुन् भन्ने कुरा कार्कीलाई थाहा पत्तै रै’नछ । कसैले दशबर्ष सम्म बरुदको सिरानी लगाएर आ’हुन्, कसैले हलालै गरेर हा’हुन् । अनि जाबो आोमात्र बल्नुसँग उनेरलाई लुतो न कन्याई । एउटा कुराचाँिह उन्ले राम्रै गरिन है सबैले स्वजातीयको उत्थानै गर्छ । अब हेरम न हाम्रा पर्धानमन्तरीले नि ज्यादा परेका रै’नछन अनि झापाका दुर्र्गा प्रसाईले नि ८ कलास मात्र पढ्या रै’छन् । उन्ले मेडिकल कलेज खोल्न पचण्डाउ र खप्रअेलाई घरैमा बोलाएर मार्सी चामलको भात खिलाएछन् । त्यसरी भातै खाएसी नुनको सोझो त गर्नै प¥ो । कि कसो हौ ?
प्रतिकार समिति बन्ने
अत महान गौरवशाली पार्टीका अध्यक्ष खपओले अब शक्तिशाली प्रतिकार समिति बनाउने घोषणा गर्नु भा’छ । नेकपा झलेमालेसँग गौरवशाली पार्टी माउवादी समेत मिसिएसी अति गौरवशाली पार्टी बनेको नेपकपाले पतिकार समिति बनाउन उद्घोष
गरेसी यतिबेला यसले सर्वत्र चर्चा पाएको छ । पञ्चायत कालमा माटो र खरानीलाई तह लगउन मण्डलेहरुले पतिकार समिति बनाउथे । त्यसैले त पञ्चायतले ३० बर्ष शासन चलायो । अब केपी ओलीलाई पनि यो सरकार लामो समय सम्म टिकाउनु छ । सडकमा जो उफ्रिए नि, सदनमा जो चिच्याए नि, कसैले विद्यालय बद्या ग गराए नि, कसैले हस्पिटलमा काम गरे पनि नगरे पनि खप्रअेलाई बाल मतलब छैन । उन्ले त भन्दिसके जन्ता के भन्छ् त्यससँग कुनै मतलब छेन हामी के गर्छौ त्यसस्ँग म मतलब छ । खप्रओले सरकारको विरोध गर्ने सबैको प्रतिकार गर्न आÏना कार्जेकर्तालाई निर्देशन दिएछन् ।
अन्तेमा
सकारले नेपाललाई चाँडै नै सम्बृद्ध बनाउने घोषणा चाँडै नै पूरा गर्न लक्ष्यण देखाएको छ । आखिरी सरकारले बोलेको न हो । लक्ष्यण पूरा नहुने कुरै भएन । समृद्ध नेपाल सुखी नपाली बनाउन कर संकलनलाई तिब्रता दिनै प¥ो । त्यसैले सरकराले अहिले साइकलमा समेत कर लगउन शुरु गरेको छ । यसभन्दा अगाडि चामलमाकर दलमा कर, नुनमा कर, आलुमा कर, पिडालुमा कर,अन्य के केके जातिमा कहो कर लगाइसक्या छ । कर नलाग्ने केही रहेन । कुन दिन देखि हावामा कर, सास फेरेकोमा कर लगाउन बेर छैन । अस्पतालले मुर्दबाट नि रकम असुलझै मृत्यु दर्ता गर्दा नि सरकार कर असुल्छ र कर नअुलेर नि त भएन ? आखिरी नेपाललाइ समृद्धि जो बनाउनु छ ।

