घण्टाघरबाट हेर्दा

आका मुक्त क्षेत्र
सुनसरी जिल्लालाई अस्तिका दिन आका मुक्त जिल्ला घोषना गरिएछ । वर्तमान सरकारका दुई चार लन्ठु कर्मचारी र सपना बाँड्ने तर सिन्को नभाच्ने जनप्रतिनिधि मिलेर इनरुवामा बाजा बजाएर आका मुक्त माने दिशामुक्त जिल्ला घोषण गरेछन् । तराईमा बाढीले घरबारविहीन भएकाहरु चिच्याइरा’थे यता लन्ठु कर्मचारी र बेइमान जनप्रतिनिधि भाषन ठोक्दै थिए । सहर बजार भन्दा बाहेक खोल्सा खोल्सी ढिस्का बाँस झ्याँङ्गमा छलिएर आका गर्नेहरुको संख्या आधाभन्दा बढी छ । आकामुक्तक्षेत्र घोषना गर्नेलाई भलिभाँति थाहा छ । तै पनि तिन्ले आका गर्ने भन्दा पनि निर्लज्ज भएर घोषणा गरे । आका मुक्त जिल्ला घोषणनाका लागि आएको बजेट भागबण्डा मात्र भएन बेलुका झोल र चोक्टामा समेत खर्च गर्न तारतम्य मिलेसी तिन्लाई घोषना गर्न के को आइतबार बार्नु पथ्र्यौ र ? आखिरी असार जो लाग्या छ, असारसम्म बजेट नसिध्याए फ्रिज हुने भएसी आइडिया त फुराउनै प¥यो । जे होस् सुनसरी जिल्ला अकामुक्त जिल्लाचाहिँ घोषना भा’छ । यसमाचाहिँ गौरव गर्नैपर्छ ।
वाह † क्या वात
फोरमको मैलो धोई पखाली गरेर काँग्रेस भा’का राष्ट्रिय सभाका सांसद जितेन्द नारायणदेव कहिलेकाँही त चोटिलै गफ र्दा रा’न् । अब हेराम न अस्तिका दिन उन्ले भन्या खप्रओको सरकारका पछिल्ला निर्नयले प्रतिक्रान्तिको खतरा बढ्यो रे । सरकारले पर्तिपक्षेसँग मुठभेड गर्न खोजेर प्रतिक्रान्तिको खतरा बढायो रे ? हैन हुने खाने कुरा पो गर्नुपर्छ त । बोल्न पाए भन्दैमा संसदमा ट्यार्रर्र ट्यार्रर्र र भ्यागुती कराए जस्तो त गर्नु भएन नि । पर्धानमन्तरी खप्रओ साह«ै दयालु नि छन् । बाल्वाटारतिर बाल्कोटतिर गएर यसो जुम्ल्याहा हात पारेर विनति गर्दा वातै खलास हुन्थ्यो । फेरि अधिनायकवाद कस्ले जन्माउने । अब लाँग्रेसले अधिनायकवादको कुरा गर्न सुहाउँछ र ? हिजो आफ्नै सरकार छँदा लाँग्रेसले गरेका कामको झालेमालेले विरोध गर्दा लाँग्रेस कानाँ तेला हालेर सुत्या थ्यो । यस्तै हो कहिले सासूको पालो कहिले बुहारीको ।
निषेधित क्षेत्र खुल्ला
हिजो आmूले नाच्या ठाउँमा अहिले अरुले नाच्देलान् भनेर थर्कमान भएको नेक्पाले जथाभावि निषेधित क्षेत्र घोषना ग¥यो । यसो कहिलेकाँही प्लेकार्ड व्यानर बोकेर चिच्याउन समेत नपाइने भएसी रडाको नमच्चिने कुरै भएन । कोही सत्तामा बसेर छाली खाने कोही सडकमा उफ्रन पनि नपाउनु ? त्यसपछि कुनै छुल्याहा वकिलेले सर्वोच्चमा झ्याम्म मुद्दा बजाइदिए छन् । सर्वोच्चले नि उफ्रन, पाफ्रन, झण्डासन्डा हल्लाउन, चिच्याउन पाउने अधिकारमाथि रोक लगाउन मिल्दैन भनेर ब्वाङ्ग निर्नय गर्देछ । सर्वोच्चको निर्नयले घरेलुमन्तरी
रामबहादुर थापा बादललाई राम्रै धक्का दिएछ । जे होस् सर्वोच्चले निषेधित क्षेत्र खुल्ला गर्दैसी नेक्पाले नि आगामी दिनमा ती ठाउँमा उफ्रन, पाफ्रन, लडीबुडी खेल्न पाउने भए ।
नियुक्ति बदर
बढानिलकण्ठे काजी स्यालबहादुर ुलाई यतिबेला साह«ै ठूलो पिर प¥या छ । विचारलाई पिर पनि किन नपरोस त ? गोडा दशेक महिना वाल्वाटार छि¥या बेला भटाभट राजनैतिक नियुक्ति, सरुवा, बढुवा ग¥या थे । त्यसरी राजनतिक नियुक्ति, सरुवा, बढुवा गर्दा राम्रै दमडीको व्यवस्था नि भा’थ्यो । अब अहिले आएर खप्रओले त्यस्ता नियुक्ति धमाधम बदर गर्देसी विचरालाई पिर पर्नु स्वभाविक
हो । पूरा कार्यकाल खानाका लागि घर, खेत,बुढियाको माखा मुन्द्रा बेचेर थैली बुझाएकाहरु त झन यतिबेला फेन्ट हुने अवस्थामा पुग्या छन् रे । आचारसंहिता माने निर्वाचन घोषना भइसकेसी स्यालबहादुरले भटाभट नियुक्ति द्या थे । बाल्वाटारमा डाक बढाबढमा त्यसबेला नियुक्ति पसले खुल्या थ्यो । अब तिनले स्यालबहादुरसँग गाँठ मागे भने के
गर्लान् ? त्यही त भन्लान् मैले लिलिएएकै छोछोइइन ।
चिकित्सक आन्दोलित
नेपालभरि काम गर्ने चिकित्सकहरु यतिबेला आन्दोलनमा उत्रिएका छन् । उनीहरु गोविन्द केसीको आमरण असनको समर्थन र मागप्रति ऐक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रेका हुन् रे । जाबो चिकित्सकहरुले सरकारसँग के जोरी खोज्या होलान् ? फेरि ती डा. गोविन्द केसी पनि के भा’का होलान् ? जहिल्यै नि गरिबको छोराछोरीले नि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ, माफियालाई मेडिकल कलेज खोल्न दिनुहुन्न, गरिबले उपचार पाउनुपर्छ भनेर अनसन बस्या छन् बस्या छन् । धनीले मेडिकल कलेज पढ्ने हो । गरिबका छोराछोरीले हलो जोत्ने हो । ठूला बडाको उपचार राज्येको ढुकुटीले विदेशमै गर्ने हो । हाम्रा खप्रओले नि भनिसक्या छन् धनीले मेडिकल पढ्ने हो, गरिबले हलो जोत्ने हो । प्राकृतिक नियेमत बदल्नु भए नि । अनि वित्थाँ केसीको समर्थनमा किन आन्दोलन गर्नु ?
कम्ता धनी छैनन्
नेपालीहरु पनि कम्ता धनी छैनन् । कुनै विदेशीले नेपालीहरु गरिब छन्, मगन्ते हुन् भन्यो भने हिजो आज यो घण्टाघरको कन्सिरी त्यसै त्यसै रनक्क रन्किएर आउँछ । नेपालीलाई गरिब भन्नेहरु पातकी हुन् । त्यस्ताको त मर्दा पनि सास जाँदैन होला । स्विस बैंकमा नेपालीहरुको ३५ खर्ब रुपैया छ । दश अब त प्रचण्डाउको मात्र छ रे । जाबो स्विस बैंकमा त त्यतिका विधि
रकम छ भने अरु बैंकमा कति हाला ? हैन त्यो फोब्स भन्ने पत्रिकाले जानकारी गराउनु पदैन ? खाली अरुको मात्र खरब पति र अबरपति लेख्छ । नेपालीहरु यत्रा धनी छन् लेख्नु पर्दैन ? नेताका श्रीमतिका नाममा झन कति होलान् ? यहाँका नेताहरु ड्याम–ड्याम ससुरलालीबाट दाइँजो लिन्छन् । घर जग्गा, गाडी, सुन, पैसा, सेयर सबै ससुरालीबाटै लिन्छन् । नेपालीहरु गरिब भा’भे स्विस बैंकमा त्यत्रो पैसा जम्मा हुन्थ्यो । कि कसो हौ ?
धान दिवस
नेपालमा बाह«ै महिना दिवसै दिवस हुन्छ । त्यस्तै दिवस मध्येको एउटा धान दिवस भर्खरै तामझामका साथ सम्पन्न भएको छ । खोयादेखि
रे्डलेवल सम्म धोक्ने नेताहरु धान दिवसमका दिन बोलेरो, पजेरो, प्राडो लिएर किसानको खेतको डिलसम्म पुगे, डिलमै बनाएको मञ्चमा बसेर भाषन ठोके । महिला नेतृत्वहरुले गोडामा हिलो लाग्लाकी भनेर प्लाष्टिकमा टेकेर एउटा औलाले धानको विउ घुसारे । नेता र नेतृका गलामा किसानले धानको विउको माला लगाइदिए, टोपी लगाउनेको टोपीमा र नलागउनेको कानमा घुसारिदिए । खेतमा रोप्नुपर्ने धानको विउको माला, टोपी र कानामा जमराजस्तो घुरोसी फुइøयाँको धान फल्छ ? के के न लछारपाटो लगाएझै नेता र नेतृले सेल्फी हानेर धान दिवसका कार्जेक्रमको झलकहरु भन्दै फेसबुकमा स्टाटस पनि लेखे । वा धान दिवस ।
अन्तेमा
बुढापाकाहरुले कहिलेकाहीँ आफ्नै हात जगन्नाथ भनेको सुन्दा के भन्या होला भनेर यो घण्टार सोधमग्न
हुन्थ्यो । अहिले आएर बल्ल गुह्य
कुराको ज्ञान प्राप्त भएको छ । आफ्नै हात जगनाथ भन्या त बडो गज्जबको हुँदो रै’छ । अब हेराम न झालेमालेका नेता बसुरिदिन अन्सारीको नेशनल मेडिकल कलेजले ७ करोड भन्दा बढी रकम राजस्व तिर्नुपर्ने रै’छ । तर खप्रओको सरकारले सबै रकम मिनाहा गर्दैछ । ठिकै पनि हो । आÏनै पार्टीको सरकार हुँदा जाबो ७ करोड पनि मिनाहा भएन भने पार्टी पार्टी भनेर वित्थाँ किन दौडनु ? वसुरुद्धिन मिया फेरि चानचुने मान्छे पनि त होइनन् । पार्टीका लागि ज्यानै दिन सक्ने मान्छे हुन । त्यस्ता मान्छेले चलाएको मेडिकल कलेजको ७ करोड राजस्व मिनाहा गर्दा देशलाई केही हुने पनि होइन । नत पहाड खस्छ न त धर्ति फाड्छ । जे भयो राम्रो भयो । कार्जेकर्ताको भलो गरे पो पार्टी पनि चल्छ कि कसो हौ ?

तपाईको प्रतिक्रिया