बाढी, डुबानस“गै दर्जन भन्दा बढीको मृत्यु

धरान÷केही दिन देखिको अविरल बर्षसँगै दर्जनभन्दा बढी मृत्यु, बेपत्ता भएका छन् भने हजारौ बस्ती डुबानमा परेका छन् ।
खासगरी पहाडमा भएको अविरल बर्षाले तराईका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका बस्तीहरु डुबानमा पर्दा लाखौ सर्वसाधारण प्रभावित भएका छन । पूर्वको विराटनगर, इटहरी, सप्तरी, जनकपुर, वीरगञ्ज, झापाको दमक, भद्रपुर लगायतका स्थान बाढीले बढी प्रभावित पारेको छ । प्रदेश पाँचमा आठ जनाको मृत्यु भएको छ, प्रदेश दुईमा बाढीले बगाउदा एक विद्यार्थीको मृत्यु भएको छ । कैलालीमा घरले किचेर एक जनाको मृत्यु भएको छ भने काठमाण्डौ र सिन्धुलीमा एक एक जनाको मृत्युु भएको छ ।
झापाको कमल खोला, माई नदी, सुनसरी इटहरीको बुढी खोला, ट्यांग्रा खोला, सप्तकोशी नदी, सप्तरीको खाडो नदी, धनुषाको कमला नदिले जनजीवन बढी प्रभावित पारेको छ । सप्तरी स्थित हाम्रा शुभचिन्तक वैधनाथ झाले दिनुभएको जानकारी अनुसार खाडो नदीको पानी बस्तीमा पसेको छ भने
राजविराज बजार पूरै जलमग्न भएको छ । बाढीले केही घरहरु भत्काए पनि मानवीय क्षति भने अहिलेसम्म नभएको बताउनुभयो । उता धनुषाका हाम्रा शुभचिन्तक अजय सिंहले दिनु भएको जानकारी अनुसार जनकपुर पूरै जलमग्न छ, प्राय सबै बस्ती डुबानमा परेका छन् र बर्षासँगै स्थानीयले सतर्कता अपनाएका कारण मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।
यता कोशी नदीमा पानीको वहाव उतार चडाव भइरहेको भएपनि आत्तिनु पर्ने अवस्था नरहेको कोशी व्यारेज
प्रहरी चौकीका असई सुन्दर कठैतले बताउनुभयो । यद्यपि सतर्कता भने अपनाउनु परेको भन्दै उहाँले हिजो कोशी नदीको वहाव घटेर १ लाख १० हजार क्युसेक पुगेको छ । एक लाख क्युसेक भन्दा बढी बहाव हुँदा कोशी नदीको पूर्वी भागमा रातो झण्डा गाडिन्छ, दुइलाख क्युसेक भन्दा बढी भएमा पश्चिमतर्फ रातो झण्डा गाडिन्छ, तीन लाख भन्दा बढी भएमा बीचमा रातो झण्डा गाडिन्छ, ४ लाख भन्दा बढी भएमा बीचमा पुन अको झण्डा गाडेर रातो बत्ती समेत बालिन्छ । पानीको वहान एक लाख कट्नासाथ कोशीमा वहाव ज्यादा देखिन्छ । यसको प्रमुख कारण सतहमा वालुवाले पुरेर हो असई कठैतले भन्नुभयो । यद्यपि, सप्तकोशीले चकरघट्टी राजावासमा रहेको २६÷४०, २६÷८८, २७÷१०, २७÷४० स्परहरु कटान गर्न थालेकोले जोखिम बढेको स्थानीयले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमौरिया भने स्परहरु कटान गरेको नभई पानीको वहाव स्परहरुसम्म मात्र आएकोले कुनै जोखिम नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया