भोटे जातिहरुको गुम्बा निर्माण हुने

धरान÷ डेढ करोड रुपैयाको लागतमा धरान(१५ बगरकोटमा भोटे जातिहरुको गुम्बा निर्माण हुने भएको छ । हिमाली सिङ्सावा भोटिया समाज धरानले ‘क्षाबेनाङव्यो सिङ्सा भोटिया क्षोलिङ गुम्बा’ निर्माण गर्न लागेको हो । गुम्बाको प्रदेश १ का उपसभामुख सरस्वती पोख्रेलले शिलान्यास गर्नुभयो । निर्माण स्थलमा लामा पढेर उपसभामुख पोख्रेलले शिलान्यास गर्नुभएको थियो । गुम्बाको शिलान्यास कार्यक्रममा बोल्दै उपसभामुख पोख्रेलले समाजले संखुवासभा र सुनसरीलाई जोड्ने काम गरेको बताउनुभयो ।
अल्पसंख्यक जातीको रुपमा रहेको भोटेजातीको संरक्षण सबैले गर्नुपर्ने बताउदै संरक्षण गर्ने दायित्व सबैको रहेको बताउनुभयो । कार्यक्रममा संखुवासभाका सांसद पदम कुमारी गुरुङले संखुवासभामा आफ्नो पुख्यौली थलो छोेडेर प्रति दुःख लागेको बताउदै सुनसरीको धरानमा यसरी संगठीत भएर बसेको प्रति खुशिव्याक्त गर्नुभयो । संखुवासभाकै अर्का सांसद सरीता थापाले यस्तो जनशक्ति संखुवासभाकै लागि खाँचो रहेको बताउदै तर, धरानमा आफ्नो बसोबास बसाएर यसरी संगठीत बन्नु ठुलो उपलब्धि भएको बताउनुभयो । समाजका अध्यक्ष मिङ्मा भोटेले आगामी ३ वर्षभित्रमा गुम्बा निर्माण गरिसकिने बताउनुभयो । उहाँकाअनुसार गुम्बा निमार्णका लागि संघीय तथा प्रदेश सरकार र स्थानीय सरकारसंग पहल गरिने बताउनभयो । गुम्बा २ तलाको गुम्बामा अगाडी स्तुपा पनि राखिने बताउनुभयो । यसमा लामा छात्राबास पनि राखिने बताउनुभयो । धरानमा ३६ घरधुरी रहेको भोटे समुदायको लागि जन्मदेखि मृत्यसम्मको धार्मिक संस्कार गर्ने आस्थाको गुम्बाको निर्माण गर्न लागेको समाजका निवर्तमान अध्यक्ष निमा पाङ्स्युवाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया