हात्तिले कुल्चेर निर्माण मजदुरको मृत्यु

बेलबारी ÷ मोरङको बेलबारी ११ मा आईतबार राति सुतेको अबस्थामा हात्तिले कुल्चेर मोरङको जहदाका ५५ बर्षीय रघु महतोको ज्यान गएको छ । भाउन्ने र लक्ष्मीमार्गको बिचमा रहेको महेन्द्र राजमार्गमै रहेको कजवे पुलको दक्षिण पटिट् सडक निर्माणका लागी राखिएको गिट्टी, बालुवाको छेउमा राति सुतेका ३ जना मजदुरहरुमध्ये एकजना लाई हात्तिले कुल्चिएको
थियो ।
आईतबार राति ९ बजेको समयमा हात्ति आएको र त्यसबखत हात्ति खेदेर सुतेका ३ मजदुरमध्ये राति फेरी हात्ति आएपछि २ मजदुर भाग्न सफल भएका छन भने एकजनालाई हात्तिले कुल्चिएर ज्यान लिएको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको
छ ।

तपाईको प्रतिक्रिया