स्थानीय स्तरमा सम्बन्ध बढाउन मैत्रीपूर्ण फुटबल खेल

धरान÷ स्थानीय स्तरबाट सबैसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं १४ वडा समितिले नेपाल विद्युत प्राधिकरण धरान शाखासंग मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
स्थानीय तहको निर्वाचनसंगै जनप्रतिनिधि निर्वाचित भएपछि सबैसंग सहकार्य गरेर काम गर्न सहज होस् भन्ने उद्देश्यले पहिलो पटक वडा नं. १४ ले धरान १४ को फुटबल मैदानमा विद्युत प्राधिकरणका कर्मचारीहरुसँग मैत्रीपूर्ण फुटबल खेलेको होे ।
प्रतियोगितामा दुवै टिमबाट दुई दुई गोल भएको थियोे ।
मैत्रीपूर्ण खेलले सम्बन्ध
सुधारसंगै काम गर्न सहज हुने नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख दिपक सापकोटाले बताउनुभयो । उहाले विद्युत प्राधिकरणले स्थानीय तहसंग सहकार्य गरेर धेरै काम गर्न बाकी
रहेको बताउदै यस्ता मैत्रीपूर्ण खेलले स्थानीय सरकार र प्राधिकरणलाई आगामी दिनमा काम गर्न सहज हुने बताउनुभयो । यता आयोजक १४ नंं वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले खेलकुद जीवनको अपरिहार्य कुरा भएको महसुुस गर्दै खेलकुदको माध्यामबाट सम्बन्ध सुधार गर्न मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाले आगामी दिनमा धरानमा रहेका सरकारी कार्यालय, विभिन्न संघ संस्थाहरुसँग पनि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्ने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया