राजनीतिकरणका कारण खेलकुदको विकास हुन सकेन

धरान÷ देश संघीयतामा गए पनि प्रदेश र स्थानीय तहमा कानुन नबन्दा खेलकुद क्षेत्र समेत प्रभावित बनेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनु भएको छ ।
शेर्पाले एन्फा सुनसरीले आयोजना गरेको सुनसरी जिल्लाभरिका विद्यालय स्तरीय फुटबल प्रतियोगिताको अवलोकन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
तीन चरणको निर्वाचन सम्पन्नसंगै मुलुकले स्थायित्व पाएको बताउदै अब खेलकुदले पनि हरेक क्षेत्रमा विकास गर्नुे बताउनुभयो । चैत्र १४ गते भएको निर्वाचनपश्चात अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो पटक पूर्वाञ्चलको धरानमा आउनु भएका उहाले विगतमा एन्फामा समेत राजनीति हावी बताउदै एन्फालाई राजनीतिकरणबाट जोगाउदै फुटबल खेलको विकासमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै एन्फाका मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले लामाको धरान आगवनपश्चात लामो समयदेखि बन्द भएको एन्फा टेक्निकल सेन्टर पुन सञ्चालन आउने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष धरान आउनुको प्रमुख उद्देश्य बन्द भएको एन्फा टेक्निकल सेन्टरको अवलोकन रहेकोे बुझिएको छ । २०५७ सालमा विश्व फुटबल संघ (फिफा)को गोल प्रोजेक्ट मार्फत अखिल नेपाल फुटबल संघको राष्ट्रिय कार्यक्रम अन्तर्गत धरान नगरपालिकासँग ३० वर्षका लागि जमिन लिजमा लिएर ४ करोडको लागतमा २०५९ सालमा निर्माण सम्पन्न भए पनि सेन्टर पूर्ण सञ्चालन हुन सकेको थिएन । २०६६ देखि २०७० सालसम्म ५ बर्षमात्र सञ्चालन भए पनि एन्फाको उद्देश्य अनुरुप फुटबल खेलले विकास गर्न सकेन । त्यसबेला सेन्टरमा पूर्व क्षेत्रका खेलाडीलाई प्रशिक्षण दिलाउने मात्रै नभै प्रशिक्षक, रेफ्री, मेडिकल टिमलाई पनि तालिम दिने उद्देश्यले बनाइएको थियो ।
एन्फाका केन्द्रीय अध्यक्ष शेर्पाको अनुगमनसंगै पुन धरान १७ को एन्फा टेक्निकल सेन्टर पूर्ण रुपमा सञ्चालनमा आउने विश्वास यहाका खेलाडी, खेलप्रेमीहरुले व्यक्त गरेका छन् ।
त्र

तपाईको प्रतिक्रिया