रोपाहारहरु भागाभाग
मानो खाएर मुरी उब्जाउने असारमा खेतमा काम गने महिलाहरुलाइ बेग्लै त्रास हुन्छ । विचाराहरु असारे गीत गाउँदै छुपुछुपु धान रोप्न व्यस्त हुनुपर्ने बेलामा दायाँ बायाँ हेर्दै धान रोप्न बाध्य छन् । नहुन पनि कसरी विचरीहरु ? कता कताबाट कृषि मन्त्री आएर ग्वाम्लाङ्ग अंगालो मारेर म्वाई खाइदेलान भन्ने कम्ता डर, चिन्ता र पिरलो हुँदैन विचराहरुलाई । अगुल्टोले हान्या कुकुर विजुली चम्कदा पनि तर्सिन्छ रे । नेपालमा नि असारमा खेतमा काम गर्न महिलाहरु तरंग
तरंग गरेर तर्सन्छन । हुन पनि एकताका झालेमालेका कृषि मन्त्री हरिबहादुरले कम्ता ग¥या थे । अहिले कृषिमन्त्री भन्यो कि महिला रोपाहारहरु भागाभाग गर्छन् , नभागेर के गरुँन त ? कि कसो हौ ?
गनगनेको ताक
नेप्लिज लाँग्रेसका प्यारप्यारे नेता गनगने उर्फ गगन थापा ताक परे तिवारी नत्र गोतामे जस्ता नै रै’छन् । थुतुनोमा आए सम्म भट्याएर नेता भई टोपलिएका गनगनेले अस्तिका दिन भन्या मुलुकबाट २० बर्षे गाडी हैन ७० बर्षे अण्डर एसएलसी हटाउनुपर्छ रे । हैन ७० बर्षै अण्डर एसएलसी नेताहरुले गनगनेको जौबारी त फाँड्या छैनन होला त ? फेरि ७० बर्षे नेताहरुसँग तिनलाई त्यत्रो डाहा किन हँ ? राज्यको ढुकुटी छँदैछ, विदेशाँ राम्रा राम्रा डाक्टर छँदैछन् । गिलो आची आए, ख्वाँक्क खोजी लागे, अण्डकोष सुन्निए, किड्नी चिलाए, घुँडाका पांग्रा चस्स घोचे, कन्पारो दुखे, हाच्छिउ आए, आँखा धमिलो देर्खिए गनगने थापाले उचाल्न प¥या छैन क्या रे ? अनि पितृ जस्ता नेताहरुलाई स्याँठ पल्टिएर जथाभावि त भन्नु भएन नि । बोल्दा भाँति पु¥याएर बोल्नुपर्छ । बोल्न पाएँ भन्दैमा प्वाक्क बोल्ने र बस्न पाए भन्दैमा थ्याँच्च बस्नु त भएन नि ?
वाह † शिक्षा मन्तरी
देशले बल्ल एउटा गतिलो शिक्षा मन्तरी फेला पारेको तथ्य खुल्न आ’छ । अरु मन्तरी भन्दा शिक्षा मन्तरी असाध्यै अब्बल, जोग्य देखिएका छन् । हामी नेपालीले यसमा चाहिँ गर्व गर्नैपर्छ वा † अब हेरम न अरु मन्तरीहरु भाषन गर्दा मात्र खोक्छन देशमा आमुल परिवर्तन गर्छु,, सम्बृद्धि ल्याउँछु । तर वरको सिन्को पर सार्देनन् । तर हाम्रा शिक्षा मन्तरी गिरिराज मनि पोख्रेले बोल्ने भन्दा पनि काम गरेरै देखाउँछन् । उन्ले यसपटक भ्वाक्कै जनवादी शिक्षा लागू गििदए । फलामे ढोका भन्ने एसईईको परीक्षाको एक दिन अगाडि ४ जिपिए ल्याउने २४ जना थिए । अर्को दिन ७२ जना पु¥याइदिए । एकै रातमा विद्यार्थीहरुको अंकमा आमूल परिवर्तन गरिदिए । एकै रातमा ९ हजार विद्यार्थीको शैक्षिक गुणस्तर सुधारिदिए । घण्टाघरलाई अब अरु मन्तरीहरुको विश्वासै लाग्न छाड्या छ । मन्तरी त गिरिराजमनि पोखरेल नै हुन वा † रातारात आमुल परिवर्तन ल्याइदिन सक्ने ।
वाटर थेरापी
यो सामाय झोक्रे लाग्या आÏनी श्रीमतिलाई पूर्व माउवादी केन्द्रका अध्यक्षे प्रचण्डाउले सिँगापुर पु¥याएर गोडा दशेक दिन पौडी खेलाएर अस्तिका दिन ल्याएछन् । श्रीमति विरामी भइन् भनेर राज्यको ढुकुटीबाट थोरै करोड लिएर उपचार गर्न सिँगापुर गा’का प्रचण्डाउले भक्कु पौडी खेलाएछन् । पौडी खेलाएरै करोडौ रुपैये सिध्याएछन् । उल्फाको धन फूपूको सराद्ध † विचरो प्रचण्डाउलाई के दाष दिनु । विचरी श्रीमतिलाई पौडी खेलाएसी’ नै निको हुने रोग जो लाग्या छ । फेरि रोग पनि साह«ै अचम्मको सिँगापुरकै पानीमा पौडी खेल्दा मात्र निको हुने रोग । अब अरुले डाहा गरेर भएन क्यारे । नेपालको पानीमा पौडी खोले भने झनै व्याथा बल्झने, भारतको पानीमा पौडी खेलायो भने फोकै उठ्ने, चीनको पानीमा पौडी खेलायो भने चर्चरी चह¥याउने । अरु देशको पानी त कुरै नगरम झन के के हुने हुने । त्यसैले प्रचण्डाउले पौडी खेलाउन सिँगापुरकै पानीमा पु¥याउनु प¥यो । सिँगापुरको पानीमा पौडी खेल्दा वाटर थेरापी अन्तको पानीमा पौडी खेल्दा ताइन तुई अनि पु¥याउनु परेन त सिँगापुर ?
असारे विकास
बाम नेताहरुले बोल्ने मात्र हैन गर्ने पनि रै’छन् । काँग नेताहरु न बोल्छन न गर्छन् । मधेशी नेताहरु बोल्ने मात्र गर्छन् । यो त सबैलाई अब भलिभाँति थाहा भइसक्यो वाम नेताहरु सरकारमा पुगेसी’ असारे विकासले गतिलै फड्को मा¥या
छ । १२ महिनाको काम एकाद्य दिनमै सकाउनु भन्या चानचुने कुरा हुँदै होइन । असारे विकासले कार्जेकर्तामा नि खुशियाली छाएको छ भने काम नपाएर खुम्चिएर बस्या लन्ठुतिराज मन्त्रीहरु पनि अनुगमनका नाममा चर्न हिड्न पा’छन् । अब हेरम न गत बर्ष साउन भर्दौको दुई महिनामा ४ अर्ब २७ करोड खर्च भा’थ्यो भने यो बर्ष असारमै ४ अर्ब ३७ करोड विकासमा खर्च भै सक्या छ । त्यस्तो द्रुत गतिमा बाम सरकारले भन्दा अरुले विकास गर्नै सक्दैन । नेपाली जन्ताले यसपटक वामहरुलाई दुई हितहाईसहित सरकारमा पु¥याएर समृद्धिको ढोका खोलेका छन् ।
दे छन् दनक
पूर्व पर्धानमन्तरी बाउराम भट्टराई पनि कहिलेकाँही उट्यट्याङ्ग कुरा गर्छन् । विचरा नगरुँन पो के र ? अब संसदा चिच्याउ भने साथ दिने माने तालि पिटिदिने कोही छैनन् । लिंठिङ्ग एक्लो भा’छन् । चिच्याउने त्यही सडक त हो । अस्तिका दिन उन्लाई के झ्वाँक चलेछ कुन्नि पर्धानमन्तरी खप्रओलाई भन्देछन् रेल, तेल र पानी जहाजको कुरा छोड्नुस । नागढुंगादेखि मुग्लिङ्ग सम्मको बसको यात्रा गरेर देखाउनुस् । त्यसदिन बाउराम पक्कै जोर पार्टीतिरको कादो माने हिलोमा फँसेको हुनुपर्छ । नागढुंगादेखि मुग्लिङ्ग सम्म हिड्न सक्ने बाटै छैन । अब बाटै नभा’ ठाउँमा यात्रा गरेर देखा भन्नु पनि त भएन । फेरि खप्रओलाई नागढुंगाको बाटो किन हिँड्नु प¥या छ र ? जहाँ गए नि हेलि र पिलेन छँदैछ हाम्रा प्रमले कसैले पनि अहिलेसम्म नदेखेको सपना देख्या छन्, रेल तेल र पानी जहाज । त्यही सपना पनि तुहाइीदने भए । लौन प्रमलाई त्यसरी झल्याँस–झल्याँस नबनाम ।
औडाहा भा छ
संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादव सरकारमा गएर स्वास्थ्येमन्त्री भएसी राजपाका
राजिन्दर महतोलाई यतिबेला औडाहा भा’छ । उपिन्दरले सरकारमा गएर मधेशका जनता एकोहो¥याए भने अर्को चुनाउमा आफनो हविगत के होला भनेर महतो छट्पटिन थाल्या छन् । अनेकौ बहाना बनाएर सरकारमा गएरै छाड्ने रननीति महतोले बनाएनि सफल हुन सक्या छैनन् । दिनैपिच्छे सरकारमा जाने छिद्रहरु खाजिरहेका छन् । कहिले धोतीको फुर्को अठ्याएर बाल्वाटारा पुग्छन्, कहिले कोटेश्वर पुग्छन्, कहिले कहाँ पुग्छन् । दिनभरि छिद्रा खोजेर बरालिँदा नि फेला पार्न नसकेसी बेल्का लखतरान भएर कोठामा पुग्छन् । महतोको हरिविजोग भैसक्यो ।
अन्तेमा
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुरले चुनाउ प्रचार गर्दा भन्थे कम्युनिस्टको सरकार आयो भने कोही रुन पनि पाँदैनन्, हाँस्न पनि पाउँदैनन् । तरअहिले कम्युनिस्टको सरकार छ सबै रुहेकै छन् सबै हाँसेकै छन् । स्यालबहादुरको त्यसबेलाको त्यही बुद्धिले कम्निष्टरुलाई सत्तामा पु¥यायो । जन्ताले हेरम त कसरी रुन पाइदैन, कसरी हाँस्न पाइदैन भनेर ग्याम ग्याम्ती भोट कम्युनिस्टलाई दिए । स्यालबहादुरले भन्या हो कि होइन भनेर परीक्षन गर्न पनि भोट उतै खन्याए । अब अहिले आरजुका छेउमा बसेर कन्पारोमा हात लगाएर फुइøया गर्नु ?

