धरान र विष्णुपादुकाको कार्की छाप जोड्ने झेलु·े पुल निर्माण सम्पन्न

धरान÷ लामो समयपछि धरान १६ र धरान २० विष्णुपादुका जोड्न्े सर्दु खोलामा झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
स्थानीय सम्फर तामाङको संयोजकत्वमा बनेको झोलुङे पुुल निर्माण समितिको सक्रितामा पुल निर्माण भएको हो । पुलको उद्घाटन शनिवार प्रदेश नं. १ का अर्थ तथा योजना मन्त्री इन्द्र आङवोले उद्घाटन गर्नुृभएको छ ।
उद्घाटन पश्चात बोल्दै मन्त्री आङ्वोले प्रदेश नं. १ को सम्बृद्धिका लागि बजेट तजुमा गरिसकेको बताउनुभयो । उहाले प्रदेश नं. १ को कृषि, भौतिक पूर्वाधार निर्माण, पर्यटनको विकासका लागि बजेट छुट्याइएको बताउदै १ बर्षभित्रमा यो प्रदेश ५ पर्यटक भित्र्याउने योजना रहेको बताउनुभयो । उहाले
गरिबी निवारणका लागि पनि प्रदेश
सरकार गम्भीर भएको बताउदै प्रदेश
न ं. १ का जनताको आय स्तरमा वृद्धि गराउने लक्ष्य समेत प्रदेश सरकारले लिएको स्पष्ट पार्नुभयो ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद उमिता बराइलीले सदियौदेखि सडक, पुल जस्ता अत्यावश्क कुराबाट सर्वसाधारण बञ्चित हुनुपरेको कुरा बताउदै अब प्रदेश सरकारले यस्ता कुरामा ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाले धरान ११ मंगलबारेदेखि
धरान २० विष्णुपादुकाको भन्ज्याङ्ग जोड्ने सडक कालोपत्रेका लागि प्रदेश
सरकारले योजनामा पारिसकेको स्पष्ट पार्दै चाडै त्यो सडक बन्ने
बताउनभयो ।
यता निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्फर तामाङले पुल निर्माणका समयमा स्थानीय सरकार मानिएको धरान उपमहानगरपालिकाले चासो नदिएको भन्दै गुनासो पोख्नुभयो । उहाले निर्माणका लागि पटक पटक धरान उपमहानगरपालिका धाउदा पनि धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले खासै चासो नदिएको दुखेसो पोख्नुभयो ।
५१ लाख २२ हजार ७ सय ३९ को लागतमा निर्माण सम्पन्न पुलको लम्बाई १ सय १० मिटर रहेको छ । जिल्ला समन्वय समितिले प्रदान
गरेको २९ लाख १५ हजार २ सय ३६ सहयोग बाहेक अन्य रकम कतैबाट नआएको झोलुंगे पुल निर्माण उपभोक्ता समितिले सो अवसरमा जानकारी
गराएको थियो ।

तपाईको प्रतिक्रिया