धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा सार्वजनिक सौचालय निर्माण

धरान÷ धरान १४ विजयपुर धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य स्थलको रुपमा मानिन्छ । धरान घुम्न आउने पर्यटक विजयपुर नपुगी नफर्किने गरेका छन् । बार्षिक रुपमा यहा लाखौ धार्मिक पर्यटक विजयपुरमा घुम्न आउने गरेका छन् । यस्तो गन्तव्य स्थलमा घुम्न आउनेका लागि विजयपुर चौकमा एउटा सार्वजनिक सौचालय समेत निर्माणमा धरान उपमहानगरपालिकाले कहिल्यै सोचेन । तर विजयपुरको वृहत विकासमा ०६९ सालदेखि सक्रिय विजयपुर अध्यात्मिक मञ्चको सक्रियतामा शनिवार निर्माण सम्पन्न भई उद्घाटन समेत
गरिएको छ । निर्माण सम्पन्न संगै विजयपुरमा आउने धार्मिक पर्यटकलाइ सहज हुने भएको छ ।
विजयपुर अध्यात्मिक मञ्चको सक्रियतामा धरान उपमहानगरपालिका, वडा नं. १४ विजयपुर र स्थानीयको सयोगमा विजयपुर चौकमा १६ लाखको लागतमा सम्पन्न भई सार्वजनिक सौचालयको शनिवार उद्घाटन समेत गरिएको छ । निर्माण सम्पन्नका लागि मञ्चका सचिव प्रभाव खतिवडाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो । यही समितिको सक्रियतामा बनेको सार्वजनिक सौचालयले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने धरान उपमहानगरपालिकाको गुरु योजना सार्थकता हुने निर्माण समितिका संयोजक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।
जन निर्वाचित भएर आएसंगै विजयपुरको विकासमा अहोरात्र खटिएको वडा समितिले समेत यसमा भरपुर सहयोग पु¥याएको छ । मञ्चले शिवरात्री साझ गरी सार्वजनिक सौचालय निर्माण गर्ने योजनालाई सार्थकता बनाउन वडा समितिले आफ्नो तर्फबाट पनि सहयोग उपलब्ध गराएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।
शौचालयका निर्माणका लागि स्थानीय झलकमान श्रेष्ठ र राजकुमार डंंगोलले जग्ग उपलब्ध गराएक थिए । निर्माण पश्चात यस्ता सौचालय
संरक्षणको अभावमा लथांलिङ्ग भएको कुरालाई कोट्याउदै जग्गादातामध्येका एक धरान १४का झलकमान श्रेष्ठले निर्माणपश्चात पनि अब यसको संरक्षण विजयपुरबासीले गर्नुपर्ने बताउनुभयो ।
विगतमा सौचालय नहुदा विजयपुर घुम्न आउन पर्यटकहरु सौचालयको अभावमा भौतारिनुपर्ने अवस्था थियो । निर्माण सम्पन्न पश्चात पर्यटकलाई सहज हुने विगतमा पर्यटनमा कलम चलाउने धरान १२ का अग्रज पत्रकार गोपाल देवानको बुझाई छ ।
धार्मिक पर्यटकी क्षेत्रको विकास गर्ने गुरु योजना बोकेर विकास गर्ने
धरान उपमहानरपालिकाले यसको विकासमा खासै ध्यान दिन नसकेको अवस्थामा यहाका सक्रिय युवाहरुको सक्रियतामा निर्माण सम्पन्न भएको छ । उनीहरु आफ्नो ठाउको विकासमा कसैकोे मुख ताक्नु नहुने तर्क समेत
राख्ने गरेका छन् । विजयपुरका युवा जस्तै अरुले पनि पाठ सिक्ने हो कि ?

तपाईको प्रतिक्रिया